Saturday, November 23सत्यम खबर
Shadow

नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको गंगापुर, जयकिसान माध्यमिक बिद्यालय, नरैनापुर चौक र मटेहियामा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी सम्बन्धी सडक नाटक सम्पन्न भएको छ ।

बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त सडक नाटकमा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा नाटक प्रदर्शन भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न नाटकमा दर्शाइएकोे थियो ।

उक्त सडक नाटकमा कार्यदल, बिपद ब्यवस्थापन समिति, स्वयं सेवकहरुको कत्र्तब्यबारे पनि दर्शाइएको थियो । कार्यदलहरुको कति महत्व हुन्छ भन्ने कुरा पनि नाटकबाट प्रष्ट देखिएको थियो । सूचना कहाँबाट कसरी प्रदान हुने र लिन सक्ने भन्ने बारे जानकारी गराउनुका साथै फरक क्षमता भएका ब्यक्तिहरुलाई सूचना कसरी प्रवाह गर्ने बारे पनि नाटको माध्यमबाट प्रष्ट भएको स्थानीयवासी बिरेन्द्र यादवले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *