
इन्चार्ज बिष्णु गिरीको नेतृत्वमा फेरियो सीमानाकाको मुहार
नेपालगन्ज, २१ असोज – नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाका चौकीमा यति बेला ठेलमलेठ वा भिडभाड देख्न पाइएको छैन । जमुनाहा चौकी पूर्ण रुपमा सुनसान नै देखिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी तथा तिहार आउनै लाग्दा समेत भारतबाट आउने नेपालीको संख्या न्यून रहेको पाईन्छ ।
बरु भारतीयहरु नेपालमा रोजगारी तथा आफ्न्त भेट्न सीमा चौकीबाट आउनेहरुको संख्या बढी नै देखिन्छ । कोभिड–१९, कोरोना भाइरस संक्रमणका कारण लकडाउन अवधिमा रोजगारीका शिलशिलामा रहेका नेपालीहरु धमाधम नेपाल यस अगावै नै आईसकेका रहेका छन् भने अब छिटपुट मात्र आउने क्रम जारी छ ।रोजगारका शिलशिलामा भारत पुगेका नेपालीहरु लकडाउनका कारण ५÷६ महिना अगावै घर फर्कि सकेका छन् । जसका कारण विजयादशमीको मुखमा समेत भारतबाट नेपालीहरु आउने क्रम न्यून भएको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । ‘यस बेला दैनिक चार पाँच हजार मानिसहरु...