Saturday, November 23सत्यम खबर
Shadow

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ ।

बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR का प्रतिनिधी, लगायतको उस्थिती रहेको थियो ।

उदघाटन शत्रमा प्रमुख अतिथी शाहले नरैनापुर गाऊँ पालिका प्रकोप प्रभावित रहेकोले सबै प्रशिक्षार्थीहरुलाई सक्रिय सहभागिता जनाई आफूले सिकेका कुराहरुलाई ब्यवहारमा लागू गर्न अनुरोध गरेका थिए । यसै गरी CSDR का प्रतिनिधीले तालीमको बिषय माथि प्रकाश पार्नु भएको थियो भने वडा अध्यक्ष ठाकुरले सहभागीहरुलाई आफू जिज्ञासू भई तालीम लिन अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

उक्त तालीममा बिपद ब्यवस्थापन, बिपद ब्यवस्थापनको चार वटा पिलर, बिपद ब्यवस्थापन चक्र, मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व तयारी, पूर्व तयारीका लागि प्राप्त सहयोगको सदुपयोग, सुरक्षित स्थान र बाटो, बिभिन्न कार्यदल र कार्यदलको काम, बाढीको सूचना लिन सक्ने ठाउँ आदि बिषयमा दुई दिन सम्म छलफल भएको जानकारी प्राप्त भएको हो ।

उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.५ र वडा नं.६ को समुदाय स्तरिय बिपद ब्यवस्थापन समितिका ३२ जनाको सहभागिता रहेको थियो । तालीममा प्रशिक्षकको रुपमा CSDR का प्रतिनिधीले पशिक्षण दिनु भएको जानकारी प्राप्त भएको छ । बाँकेको दुई वटा गाऊँ पालिका नरैनापुर र डुडुवामा यो कार्यक्रम सञ्चालन भई रहेको कुरा सामाजिक परिचालक हरि बहादुर चौधरीले जानकारी दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *