

आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित बिपद अग्रिम कार्य बिषयमा स्थानिय सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र बाँकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम गाऊँ पालिका प्रमुख इश्तियाक अहमद शाहको अध्यक्षता र डि.ई.ओ.सी.का फोकल प्रशन रुपन ज्ञवालीको प्रमुख आतिथ्यमा भएको हो । अतिथीहरुमा वडा अध्यक्ष, रेडक्रासका प्रतिनिधी सालिक राम साहू, पत्रकार बिनय प्रकाश दीक्षित, इलाका प्रहरी कार्यलय भगवानपुरका ईचार्ज बसन्त गौतम बि.ओ.पी.नरैनापुरका नरेश सुवाल, एल.ई.ओ.सी.नरैनापुरका लक्ष्मीकान्त मिश्र लगायत ५० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा कार्यक्रम संयोजक विनय राज त्रिपाठीले कार्यक्रम संचालन गर्दै प्रयोजना बारे जानकारीका साथै हाल सम्म गरिएको क्रियाकलापहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । यसै गरी डि.ई.ओ.सी.का फोकल प्रशन रुपन ज्ञवालीले डि.ई.ओ.सी. र एल.ई.ओ.सी.को सम्बन्ध र भूमिका बारे जानकारी दिंदै एस.ओ.पी.बारे प्रष्ट पार्नु भएको थियो ।

यसै गरी छलफलका क्रममा नरैनापुर प्रमुखले यो कार्यक्रम हाम्रो गाऊँ पालिकाको लागि अति आवश्यक रहेको बताउंदै, कम्तीमा ५ हजार घर धुरीलाई यस कार्यक्रममा समावेश गर्न मांग गर्नु भएको थियो । हाल नरैनापुरको २ वटा वडाका मात्र १५५३ घर धुरीलाई समावेश गरिएको जानकारी दिनु भएको थियो । बिपद पश्चात राहत बितरण हुने गर्छ तर बिपदबाट यस कार्यक्रमले सचेत गराई बिपद अगावै सुरक्षित स्थानमा गई आवश्यकतानुसार दैनिक उपभोग गर्ने सामग्री किन्न सहयोग गरी धन जनको क्षति न्यून गर्नमा कार्यक्रमको महत्वपूर्ण भूमिका देखिएको जानकारी दिएका हुन ।

यसै गरी प्रमुख अतिथी ज्ञवाली लगायत सबैले यस कार्यक्रम बारे आ–आफ्नो प्रतिकृया दिनु भएको थियो र बाढीबाट धन जनको क्षति रोक्न यस कार्यक्रमको बिकल्प नभएको सहभागीहरुले बताएका थिए । साथै कार्यक्रमको कार्यक्षेत्र बढाउनका लागी सरोकारवालाहरु संग अनुरोध गरेका थिए ।
