‘आफू बचौं, अरुलाई बचाऔं’ सचेतनामूलक र्याली
नेपालगन्ज, १४ श्रावण – बाँके जिल्ला विगतमा कोभिड–१९ कोरोना भाईरसको महामारीबाट आक्रान्त भई भयावाह अवस्थाबाट गुज्रिएको अवस्थालाई ध्यानमा राखी पुनः त्यस्तो अवस्थाको सृंजना नहोस् भनी सचेतनाको लागि कशौंधन वैश्य समाजले अगुवाई गरेको छ ।नेपालगन्जको मुटु त्रिभुवन चौकबाट आज विहिबार कशौधन वैश्य समाज, कशौधन वैश्य समाज युवा मञ्च, कशौंधन वैश्य समाज महिला मञ्च, जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा सचेतना मूलक र्याली निकालिएको छ ।
नेपालगन्जको त्रिभुवन चौकबाट शुरु गरिएको ¥याली सदरलाईन, त्रिवेणी मोड, बागेश्वरी टोल, घरवारीटोल हुँदै धम्बोझी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।जिल्ला प्रहरी बाँके प्रमुख श्यामकृष्ण अधिकारीले बाँके जिल्लाका नागरिक सचेतना अपनाउन सहकार्य गर्नुपर्ने आशा रहेको बताउँदै आउने दिनमा अरुको लागि नभई आफ्नै लागि भएपनि कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्टबाट सुरक्षित रहन सम्पूर...








