Sunday, April 19सत्यम खबर
Shadow

फुल्टेक्रामा कष्ट निवारणका लागि शिव महापुराण पाठ शुभारम्भ

नेपालगन्ज, १० श्रावण – बाँके जिल्लाको नेपालगन्जमा श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठ प्रथम भाग आज आईतबारदेखि एक महिनाको लागी शुभारम्भ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका लागि श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठको आयेजाना गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी समजसेवी स्व. बाबुराम कुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित भएको श्री शिव पार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठक बिहान ९ बजेदेखि ११ बजे सम्म शिव महापुराण पाठ वाचन गरी रहनु भएको छ भने पाठ वाचन अवधी भरी जजमानको रुपमा लक्षमण भारती र पाठ वाचन सहयोगीको रुपमा कमलप्रसाद पाठक रहनु भएको छ ।


आज श्रावण १० गते देखि भादौं महिनाको ७ गतेसम्म सञ्चालित शिव महापुराण पाठ प्रत्येक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म हुने भएकोले समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) ले सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा पाठ श्रवण गर्नका लागी अनुरोध समेत गर्नु भएको छ । शिव महापुराण पाठ श्रावण गर्न आउने भक्तजनहरुले सेनीटाइजर र मास्कको प्रयोग गर्नुका साथ साथ सामाजिक दूरी कायम बस्ने गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी पुजारीका रुपमा करीब २४ वर्षदेखि हरिबहादुर क्षेत्रीले श्री शिव पार्वती मन्दिरमा दैनिकी पूजा पाठ गर्दै आई रहनु भएको समाजसेवी बर्माले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *