गाई चोरीमा दुईजना पक्राउ
नेपालगन्ज, ५ श्रावण – विगत १५–२० दिन देखि छाडा रुपमा रहेको जनावरहरु मध्य खास गरी गाई, गोरु, बाछा, बाछीहरु चोरी हुने क्रम बढ्दै गएको छ ।सोमबार फुल्टेक्रा चौराहाबाट केही व्यक्तिहरुले चौकमा बसिरहेका गाईहरुलाई सामसुम पारी डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको, कहाँ लैजाने, कसले लैजाने भनी प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो ।
त्यसैगरी आज मंगलबार सेतु बिक चौकबाट कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खानलाई गाई चोरी गरिरहेकै अवस्थामा स्थानीयहरुले पक्राउ गरी वडा प्रहरी कार्यालयमा बुझाएका छन् ।वडा प्रहरी कार्यालयमा थुनिएका चोरद्वयलाई गाई किन चोरी गरेको प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्...









