Sunday, April 19सत्यम खबर
Shadow

कर्बला व्यवस्थापन समितिकाे बैठक सम्पन्न

नेपालगन्ज, ९ श्रावण – केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको नेपालगन्जमा बैठक शनिबार सम्पन्न भएको छ । उक्त बैठकमा मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन सम्बन्धि छलफल भएको समितिले जनाएको छ ।

कोरोना संक्रमणको महामारीका कारण लगातार दुई बर्षदेखि पर्व समेत खुलेर मनाउन नसकेको हुँदा वातावरण अनुकुल भए यस वर्ष भने धुमधामका साथ मनाउने छलफल भएको केन्द्रिय समितीका अध्यक्ष गुलाम हुसेन हल्वाईले बताए ।

केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिमा केन्द्रिय अध्यक्ष गुलाम हुसेन हल्वाई (फिरोज), वरिष्ठ उपाध्यक्ष इश्हाक सिद्दिकी (गुड्डू), उपाध्यक्ष जलील राई,, महासचिव शाबीर अली शेष, सचिव रिजवान मिर्जा, अब्दुल जलील मंसूरी सरपरस्त, अली हुसैन राई लगायत २४ जनाको समिती रहेको छ ।

केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय नेपालगन्ज बाँके फिरोज वरसीको अध्यक्षता बैठक बसे केद्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिमा अाबद्ध ५० मोहर्रम कमेटीको अध्यक्षहरूको उपस्तिथिमा बैठक बसी मोहर्रम पर्ब मनाउने सम्बन्धमा छलफल भएको साथै मोहर्रम पर्बमा राष्ट्रिय विदाको लागी जिल्ला प्रशासन कार्यालयमार्फत सामान्य प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत भएको अध्यक्ष हुसेनले बताए ।

समितिले उक्त निर्णय गरेको भए पनि अब कोरोना महामारीको जोखिमको वातावरण बारे सुझबुझ गरेर प्रशासनको अन्तिम निर्णय माथि निर्भर रहेको समितिका पदाधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *