
– रमेश चन्द्र कुमाल
नेपालगन्ज, ११ श्रावण – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्मको विरोधमा अभिव्यक्ति दिएपछि देशभरिका हिन्दु जनताले उनीको विरोधमा उत्रेका छन् ।
देशका हिन्दु जनता अहिले उनीलाई बहुलाएको भन्दै पागलखानामा पु¥याउने भन्न शुरु गरेका छन् । जसपा नेता डा. बाबुराम भट्टराईको अहिले मानसिक स्थिति बिग्रिँदै बहुलाएको देखिन्छ ।
उनीले भर्खरै उत्तरप्रदेश गोरखनाथ मन्दिरका पीठाधीश्वर तथा त्यहाँका हिन्दु हृदय सम्राट मानिएका उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका आदित्यनाथ योगीले १ वर्षअघि गंगा नदीमा दूध अर्पण गर्दा क्षणको स्मरण गर्दै डा. भट्टराईले भनेका छन् कि, विश्वास एकदमै घातक हुन्छ यसले दूध फाल्न र पिसाब खानसम्म बताउँछ आफ्नो ट्वीटरबाट ट्वीट गरेपछि नेपाली हिन्दु जनता उनीमाथि खनिँदै देशभरि उनीको पुतला जलाउन शुरु गरेका छन् । नेपाली हिन्दु जनताको अतिरिक्त राप्रपाका अध्यक्ष कमल थापा उनीको विरोधमा उत्रिँदै आगोसँग नखेल्न सम्म आग्रह गरेका छन् ।
राप्रपा नेपाल अध्यक्ष कमल थापाले जसपा नेताको भनाईप्रति प्रतिप्रश्न गर्दै भनेका छन् कि, आफूले खोलामा मान्छेको लास बगाएको बिर्सनु भयो कि बाबुराम पाष्टर जुनकि योगीले नदीमा दूध अर्पण गर्दा तपाईलाई दुःख लाग्यो ? विश्वासलाई धर्मसँग बराबरी नगर अन्यथा यसको परिणाम घातक हुन्छ । जसपा नेताको हिन्दु धर्मप्रति आएको यस्तो नकारात्मक अभिव्यक्तिले देशमा आगो झैं लागेको छ । यो आगोबाट जसपा नै अब जल्न थालेको छ । जसपाका ११ जना कार्यकर्ताले आक्रोश व्यक्त गर्दै आफ्नो पार्टीबाट सामुहिक रुपमा राजीनामा गरेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा जनता समाजवादी पार्टीका युवा नेताहरु तथा पार्टी निकट समाजवादी विद्यार्थी युनियन पर्सामा वरिष्ठ उपाध्यक्ष कृष्ण चौरसिया उनीसँगै जिल्ला सचिव राज गिरी, कोषाध्यक्ष सुशील यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रितम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी र दिलखुश देवान लगायतले राजीनामा दिएका छन् । जसपाबाट अझै थुप्रै जना राजीनामा दिने तयारीमा रहेका कुरा जानकारीमा आएको छ । सप्तरीमा त डा. बाबुराम भट्टराईको विरोधमा जसपा र हिन्दुवादी संघ–संस्थाले जुलुस प्रदर्शन र उनीको पुतला दहन गरेका छन् ।
त्यस्तै बारा, जनकपुर, पोखरा, कास्की लगायत करिब २८ वटा जिल्लामा अहिलेसम्म बाबुराम भट्टराईको पुतला दहन भइसकेको छ । यस्तै प्रकारको आक्रोश डा. बाबुराम भट्टराईप्रति नेपालगन्जमा पनि बढेको छ । नेपाल शिवसेना के. कार्य समितिले यस अभिव्यक्तिप्रति कडा विरोधको कार्यक्रम आयोजित गर्दै आईतवारका दिन बागेश्वरी मन्दिर पछाडिको पार्कमा विरोधको कार्यक्रम आयोजित गरेको छ ।
नेपाल शिवसेनाका के. अध्यक्ष राजकुमार रौनियारले डा. बाबुराम भट्टराईको अभिव्यक्ति सम्बन्धमा कुराकानी गर्दा उनीले भने, डा. भट्टराई क्रिश्चियन पाष्टर हुन् उनीले हिन्दु धर्म छाडेर क्रिश्चियन धर्म अँगालेका छन् । यसै कारण उनी अहिले वैदिक सनातन हिन्दु धर्मको विरोध गर्ने र क्रिश्चियन धर्मपक्षमा बोल्दै आएका छन् । उनी हिन्दु धर्म विरोधी धर्म बेचुवा, क्रिश्चियनको डलर खाने भ्रष्ट व्यक्ति हुन् । यस्ता व्यक्तिको देशभरी नै विरोध भई रहेको छ । देशका हिन्दु जनताले उनीलाई पाखा लगाउने छन् । नेपाल शिवसेना धर्म विरोधी यस्ता व्यक्तिको अभिव्यक्तिको कडा शब्दमा विरोध र आपत्ति जनाउँछ । उनीको यस्तो अभिव्यक्तिको विरोधमा कडा विरोधको कार्यक्रम अझ कडा ढंगबाट ल्याइने भने ।
त्यस्तै आर्य समाज नेपालगन्जका कोषाध्यक्ष श्यामकाजी शाक्यसँग कुराकानी गर्दा उनले भने, डा. बाबुराम भट्टराई सनातन धर्म विरोधी हुन् । यसै कारण सधैं उनी हिन्दु धर्मको विरोधमा बोली रहन्छन्, उनीको हिम्मत छ भने अरुको धर्मको बारेमा यस्तै बोल्ने साहस गरुन् भने ।
डा. बाबुराम भट्टराईले यो ट्वीट मार्फत हिन्दु धर्मको अपमान मात्र गरेका छैनन् यस्तै ट्वीट मार्फत उनीले आस्थाको कारण पिसाब खानेसम्म भनेका छन् । उनीको यस्तो भनाई द्विअर्थी रहेको भन्न सकिन्छ । किनकी हिन्दु धर्ममा गाईलाई माता मानी उनको पिसाब खाने आस्था छ, गाईको पिसाब सेवन गरे क्यान्सर जस्तो घातकरोग पनि हट्ने मान्यता छ, अर्काेतर्फ केही धर्मावलम्बीहरु विभिन्न रोग हटाउन ऊँट जस्तो जनावरको पिसाब खान्छन् । यसरी उनीले एक पटकमा २ वटा संस्कृतिमाथि कडा टिप्पणी गरेका छन् । अर्काेतर्फ उनीले यसै पिसाब खाने कुरा उठाई नि. प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कठोर प्रहार गर्नसम्म चुकेका छैनन् । विगतमा द. कोरियाकी क्रिश्चियनको आमा मून नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्न आउँदा एक कार्यक्रमबीच नि.प्रधानमन्त्री ओलीले होली वाईन समेत खाएका थिए । होली वाईन क्रिश्चियन धर्म गुरु मूनको पिसाबबाट बनेको थियो । यो होली वाईन सो कार्यक्रममा सहभागी सबै जनाले पिउँदा यस्तो कार्यको देशभरी नै विरोध भएको थियो ।
अहिले जसपा नेता डा. बाबुराम भट्टराईले पिसाब खाने कुरा त उठाएका छन् तर त्यो पिसाब कसको हो ? गाई वा ऊँटको वा क्रिश्चियन धर्म गुरु मूनको । यो कुराको रहस्योद्घाटन गरेका छैनन । तर उनीले विश्वास एकदमै घातक हुन्छ । यसले दूध नदीमा फाल्न र पिसाब खानसम्म लगाउँछ यस्तो अभिव्यक्ति राखी नयाँ बहस छेड्ने प्रयास गरेका छन् । उनीको यस्तो अभिव्यक्ति विश्वास भन्दा धेरै खतरनाक साबित भई रहेको छ । यसबाट डा. बाबुराम भट्टराई क्रिश्चियनको प्यारो त बन्छन् तर देशमा उनीको छवि अझ बिग्रिनेछ । जसबाट जसपालाई आगामी समय ठूलो घाटा बेहोर्नु पर्नेछ । यसै कारणले हो कि अहिले जसपाका कार्यकर्ताहरु उनीलाई पार्टीबाट निकाल्नुपर्ने माग राख्दै आन्दोलित भएका छन् ।


