Wednesday, January 14सत्यम खबर
Shadow

दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन !

महेश चौधरी
डुडुवा, श्रावण ११–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.१ मा स्थानिय वासीहरुको भेला गरी दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।

जिल्ला सदस्य सत्य नारायण बर्माको प्रमुख आतित्थ्य र जिल्ला सदस्य मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा धु्रव कुमार चौधरी र खुल्बत दर्जी, सचिव भिखू बढही, सह–सचिव प्रदीप मौर्य, कोषाध्यक्ष मिठाई लाल हरिजन त्यसै गरी सदस्यमा झगरु लोनिया लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

उक्त भेलालाई सम्बोधन गर्दै सत्य नारायण बर्माले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । गा.बि.स.को बेलामा २० लाख बजेट आउने गथ्र्याे अनि लक्षित वर्गको लागि बजेट बिनियोजन भई उनीहरुको सहभागितामा उनीहरुकै बिकासका लागि खर्चिन्थ्यो हाल २० करोड आउन्दा खोई लक्षित वर्गको लागि बजेट ? खोई उनीहरुको बिकास भएको, हाल मात्र हनुमानहरुको बिकास भई रहेको सबैले देख्न पाउंछन, समुदायको समस्या बुझेर बजेट बिनियोजन हुनु पर्नेमा आफ्नो मन परी ढंगले मात्र जन्ती घर निर्माण भई रहेको देखिन्छ त्यसैले वडा कमिटीको दायित्व भई रहको भ्रष्टाचार बिरुद्ध लाग्ने हो भनी मो.सगीर खाँले भनेका थिए । यसै गरी समाजको रुपान्त्रण, परिवर्तन गर्न, भ्रष्टाचार बिरुद्ध कसिएर आवाज उठाई भ्रष्टाचार निर्मूल पार्न हामीहरुको दायित्व हो, त्यसैले हामीहरुलाई आ–आफ्नो ठाउबाट यस बिरुद्ध लाग्न अनेरास्वबियूका महेश बर्माले आग्रह गर्नु भएको ।

डुडुवा गाऊँ पालिकामा भईरहेको भ्रष्टाचार निर्मूल पार्न एउटा मन्दिर मस्जिद बनाउन करोडौ खर्च गर्ने स्थानिय सरकारलाई सामाज बिकासको मूलधारमा ल्याउन, समुन्नत समाज निर्माण गर्नलाई भएको उक्त भेलामा लगभग जना २०० जना बढी स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *