
बिद्रोही
नेपालगन्ज, ११ श्रावण – नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडाको राप्तीपथ सहाबामा मुस्लिम समुदायको कब्रिस्तान रहेको छ । यसै कब्रिस्तानमा मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने गरिएको छ ।
दशकौं अघि यो कब्रिस्तानको चारैतर्फ होचो प्रकारको पर्खाल रहेको थियो पछि उत्तरतर्फको मुख्य बाटोको बगलमा विभिन्न पसलहरु निर्माण गर्ने कार्य शुरु भयो । यो पसलको कोठाहरु कब्र (चिहान) हरुमाथि निर्माण गरियो सो समय केहीहरुले कब्र (चिहान)माथि कोठा पसल निर्माण गर्नु हुँदैन पाप लाग्छ भन्ने कुरा भने तर उनीको सुनुवाई गरिएन भाडा अग्रिम रुपमा लिइने काम भयो । धमाधम कोठा पसलमा शटर लगाउने कार्य भयो । वर्तमान समयमा कब्रिस्तानको जग्गामा दर्जनौं पसलहरु सञ्चालित छ ।
कब्रिस्तानको जमिनमाथि पसल बनाउने उद्देश्य यो थियो कि यसबाट उठेको भाडा रकम गरीब, विपन्न, असहाय, विधुवा महिलालाई सहयोग पु¥याउने तर आजसम्म भाडा वापत लाखौं लाख रकम उठी सकेको छ यो भाडाको रकम कहाँ जम्मा छ ? कसको पासमा जम्मा छ ? स्वयं मुस्लिम समुदायलाई पनि थाह छैन । केही बुद्धिमान व्यक्तिहरु विगतदेखि वर्तमानसम्म कब्रिस्तानको देखरेख अवैधानिक ढंगले गर्दै आएका छन् । नामको कब्रिस्तान सञ्चालक समिति छ तर वैधानिक रुपले छैन । वर्षाैंदेखि कब्रिस्तानको हरहिसाब सार्वजनिक नगरिएको जागरुक मुस्लिम समुदायको गुनासो रहेको छ ।
यसबारे जानकारी लिँदा पाइन्छ कि कब्रिस्तान सञ्चालक समिति मनोमानी ढंगले चली रहेको छ । दशौं वर्षदेखि कुनै प्रकारको भेला, छलफल, साधारण सभा लगायत गरिएको छैन । समितिको दर्ता म्याद नाघी सकेपनि नवीकरण गर्ने कार्य गरिएको छैन । यो कार्य यस कारण गरिएको छैन कि कब्रिस्तान सञ्चालक समितिका केहीहरु आफ्नो पकड त्यहाँबाट छाड्न चाही रहेका छैनन् ।
कब्रिस्तानबाट आर्थिक लाभ धेरै छ समितिलाई वैधानिकता दिइने प्रयास गरे विगतदेखि वर्तमान सम्मको हरहिसाब बुझाउनु पर्नेछ । यस कारण जबसम्म चलोस् चलाउने र समुदाय विरोधमा उत्रे समिति छाडी दिइने उनीको मन्सुबा छ ।
कब्रिस्तान सञ्चालक समितिको अवैधानिक कार्यको कारण समितिका तमाम पदाधिकारी पनि असन्तुष्ट छन् तर विरोधको स्वर समुदायबाट तिव्र रुपले नउठेकोले उनी असन्तुष्टहरु पनि मौन भई बसेका छन् ।
केही महिना अघि कब्रिस्तानको पर्खाल भत्काई त्यहाँ अग्लो पर्खाल खडा गरिएपछि विस्तारै मुस्लिम समुदाय विरोधमा उत्रिन थालेका छन् । कब्रिस्तानको ३ मीटर जमिन प्लटिंग गर्ने समूहसँग मिलेमतो गरी बेपत्ते बनाइएकोले जागरुक मुस्लिम समुदाय यसलाई शंका उपशंकाले हेरी रहेका छन् ।
यो शंका उपशंका अवैधानिक मुस्लिम कब्रिस्तान सञ्चालक समितिको समयमा समाप्त नपारे अन्तमा विद्रोह सडकसम्म पुग्ने अनुमान अहिले देखिनै गर्न थालिएको छ ।


