
नेपालगन्ज, ९ श्रावण – बाँकेका प्रथम पत्रकार स्व. महावीर प्रसास गुप्तको ९५ औं जन्म जयन्ती आज शनिबार मनाईएको छ ।
किरण साप्ताहिकद्वारा आयोजना गरिएको स्व. गुप्तको ९५ औं जन्म जयन्तीका अवसरमा स्व. गुप्तले बाँके जिल्लामा गरेका अतुलनीय योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषि चौलागाईले स्व. गुप्तले पत्रकारिता क्षेत्रमा मात्र नभई शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदान अब आउने नवपिढीहरुका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।
विशिष्ठ अतिथि तथा वरिष्ठ साहित्यकार सच्दिानन्द चौबेले आफू स्व. महावीर प्रसाद गुप्तसँग सामाजिक कार्यदेखि शैक्षिक विकास कार्यमा सहयात्री भई कार्य गरेको स्मरण गराउनुभयो । वरिष्ठ साहित्यकार चौबेले स्व. गुप्त कुस्ती समेत विभिन्न अखाडामा गई खेल्ने गरेको बताउनुभयो ।

विशिष्ठ अतिथी तथा प्राज्ञ प्रतिष्ठानका पूर्व सदस्य सचिव सतन रेग्मीले स्व. महावीर प्रसाद गुप्त आयुर्वेदमा समेत ज्ञाता रहेको तथा मेरो बुवामार्फत सांस्कृत भाषाको सिकेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी, अवधी पत्रकार संघ बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, अवधी पत्रकार समाजका विष्णुलाल कुमाल, जसपा जिल्ला अध्यक्ष लक्ष्मीनारायण बर्मालगायत बाँकेका प्रथम पत्रकार स्व. महावीर प्रसाद गुप्तले आफ्नो जीवनमा गरेका अतुलनीय योगदान बारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको संचालन राकेशकुमार सोनीले गरेका थिए भने स्व. महावीर प्रसाद गुप्त हिन्दी साहित्य पुरस्कार समितिका अध्यक्ष विजयकुमार गुप्तले सभापत्विको आशनबाट अतिथिहरुको स्वागत गरेका थिए ।
कार्यक्रममा अन्नपुर्ण पोष्टका शंकरप्रसाद खनाल लगायत २ दर्जन बढीको सहभागिता रहेको थियो ।
