Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

बाल आश्रमलाई सहयोग

बाल आश्रमलाई सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र - सभ्यताको घर नामक बाल आश्रमलाई बास केन्द्रीय कार्यालयले खाद्यान्न राहत सहयोग गरेको छ । बास स्वयंसेवक समूहको आयोजनामा आईतबार बास केन्द्रीय कार्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा खाद्यान्न सहयोग गरिएको हो । बैजनाथ गाउँपालिका वडा न ३ मा रहेको बाल आश्रमलाई १ क्विन्टल चामल, ४ किलो दाल, १५ किलो पिठो र ५ लिटर तेल सहयोग गरिएको हो । बासका निबर्तमान अध्यक्ष मन भण्डारी, महासचिव शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहले सभ्यता बाल आश्रमका अध्यक्ष गणेश बिष्टलाई सहयोग प्रदान गरेकाथिए । बास स्वयंसेवक समूहका संयोजक तपेन्द्रबहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा सभ्यता बाल आश्रमका अध्यक्ष गणेश बिष्टले सहयोग गरेकोमा बासलाई धन्यवाद ज्ञापन गरेका थिए । सहयोग गरिएको खाद्यान्न बासका महासचिव शिबकुमार बर्मा, कार्यबाहक कोषाध्यक्ष दिला शाहलगायतले सहयोग गरेका थिए । बाल ...
शाहीले गरे जन्म दिनको अवसरमा क्यान्सर पीडितलाई सहयोग

शाहीले गरे जन्म दिनको अवसरमा क्यान्सर पीडितलाई सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ भाद्र - आजभोलि अधिकांशले जन्म दिनलाई तडकभडक ढंगबाट मनाउने गरेका छन् । तर, नेपालगन्ज १२ का आरोस शाहीको जन्म दिन क्यान्सर पीडितलाई सहयोग गरि मनाइएको छ । आरोसका बुवा अर्जुन शाहीले छोराको तेस्रो वर्ष पूरा भएर चौथो वर्ष प्रवेश गरेको अवसरमा आईतबार गुलरिया नगरपालिका २ घर भइ हाल नेपालगन्ज १२ बस्दै आएकी ब्लड क्यान्सर पीडित बालिका सभ्यता नगरकोटीलाई आर्थिक सहयोग गरेका हुन । पीडित बालिकाको घरमै पुगेर बुवा बसन्त नगरकोटीलाई १० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको शाही जानकारी दिए । अर्जुन शाहीका अनुसार आरोसले ५ हजार पचास र खजुरा २ का उनका मामा सुशान्तसिंह ठकुरीले पनि तीन दिन अगाडि पर्न गएको जन्म दिनको अवसरमा आजै ५ हजार पचास गरि १० हजार १ सय उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो । गत वर्ष पनि आरोसको जन्म दिनको अवसरमा तिनै बालिकालाई ५ हजार सहयोग गरेको उनले बताए । आफ...
प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र २६–सहयोगी युवाहरुको संजालको सहयोगमा डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत रहेको खडैचा इलाका प्रहरी कार्यालयको आयोजनामा सर–सफाई कार्यक्रम सम्पन्न भएको छ । डुडुवा १ का वडा अध्यक्ष पटेश्वरी प्रसाद बर्माको सभापतित्व र सशस्त्र प्रहरी निरिक्षक हिमाल के.सी.को प्रमुख आतिथ्यमा शुरु भएको सर–सफाई कार्यक्रममा अतिथीहरु वडा सदस्य राम सागर लोनिय, शान्ति पुर्नस्थापना गृहकी अंजली शर्मा, बुद्धिजीवि कृष्ण गोपाल यादव, समाज सेवी बृजलाल यादव, वारिस शेष, कनिक तारा पासी, शुष्मा यादव, बृजु बर्मा लगायतको उपस्थितीमा इलाका प्रहरी कार्यालय खडैचा देखी शुरु भएको सर–सफाई कार्यक्रम पिपरहवा गाऊँ, पिपरहवा चौक, खडैचा गाऊँ, कधैपुर्वा हुंदै १ नं.वडा कार्यालयको परिसरको सर–सफाई गरी कार्यक्रम समापन भएको हो । इलाका प्रहरी कार्यालय खडैचाका इंचार्ज खिम बहादुर डांगीले अतिथीहरुको स्वागत गर्दै सबैला...
खजुरा गा.पा.द्वारा अति विपन्न गुरूङलाई घर हस्तान्तरण

खजुरा गा.पा.द्वारा अति विपन्न गुरूङलाई घर हस्तान्तरण

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
खजुरा, २६ भाद्र - खजुरा गाउँपालिकाले जनतासंग स्थानीय सरकार अन्तर्गत निर्मित एक घर शनिबार हस्तान्तरण गरिएको छ । अति विपन्न खजुरा ३ निवासी नेत्रबहादुर गुरुङलाई तीन कोठे भवन खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना प्रमुख दिलबहादुर पौडेलले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन । ४ लाख ३६ हजार ८८१ रुपैयाँ ४७ पैसामा २ कोठा एक भान्सा कोठा र एउटा शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको हो । घर पाएपछि खुशीले गदगद हुँदै गुरुङले आफ्नो पीडा स्थानीय सरकारले बुझेर सम्बोधन गरेको बताए । खजुरा गाउँपालिका प्रमुख कक्षपतिले जनतासंग स्थानीय सरकार कार्यक्रम अन्तर्गत गत वर्ष खजुरा गाउँपालिकाका ८ वडाका १ हजार ५ सय बढी जेष्ठ नागरिकको निशुल्का आँखा जाँच र १ सय जनाको अप्रेसन गरिएको जानकारी दिए । उपाध्यक्ष एकमाया विकले गरीब, अतिविपन्न नागरिकलाई...
नेपालगन्ज – गुलरिया राजमार्ग पोखरी कि सडक ?

नेपालगन्ज – गुलरिया राजमार्ग पोखरी कि सडक ?

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – केही दिनको अविरल बर्षाका कारण हुलाकी राजमार्गको सडक खण्ड अहिले पोखरीमा परिणत हुनुका साथै दैनिक आवत–जावत गर्ने यात्रुहरु दुर्घटना ग्रस्त हुने गरेका छन् ।नेपालगन्ज – गुलरिया सडक खण्ड अन्तर्गत हुलाकी राजमार्गको मानपुर सडक खण्डमा पानी जमेर हिलम्मे हुँदा दैनिक रूपमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।अविरल बर्षाका कारण पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेपछि सडकमा आवत–जावत गर्ने अधिकांशहरू पोखरी हो कि सडक भन्ने प्रश्न गर्ने गरेका छन् । जानकी गाउँपालिका अन्तर्गत पर्ने मानपुर सडक खण्डमा पानी जमेर समस्या बारे पटक–पटक जानकारी गराउँदा पनि सुनवाई नभएको स्थानीय नसिब खानले बताए । ‘धेरै पटक भनेपछि बल्ल तल्ल दुई ट्रक ग्राभेल झारिएको छ । बर्षका कारण अहिले करिब ३० मिटर दुरीको सडकमा पानी जमेको छ उनले भने ।’नेपालगन्ज गुलारिया सडक खण्ड अन्तर्गत पर्ने मानपुर सडक एकदमै व्यस्त...

डुडुवा ३ मा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र १८–आज नेकपा एमाले डुडुवा गाऊँ पालिका वडा नं.३ को वडा कमिटीमा भेटघाट तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष बुधई यादवको अध्यक्षता र नेकपा एमाले प्रदेश सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा अतिथी नेकाप एमाले जिल्ला सचिवालय सदस्य सोभाखर अधिकारी र अनिता पौडेल, जिल्ला सदस्य तथा डुडुवा ३ का इंचार्ज मोहम्मद सगीर खाँ, किसान संगठनका सदस्य राम सागर मुराउ, मंगते हरिजन, राम फेरन यादव, डुडुवा गाऊँ पालिका सदस्य शिव कुमार बर्मा, ननका गोडिया लगायत रहनु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी सगीर खाँले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । नेकपा एमाले ले जितेको स्थानिय...
महेन्द्र माविको जमिन भू–माफियाहरुबाट कब्जा भई अवैध बाटो निर्माण !

महेन्द्र माविको जमिन भू–माफियाहरुबाट कब्जा भई अवैध बाटो निर्माण !

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
– विद्रोहीनेपालगन्ज, १४ भाद्र – नेपालगन्ज उमनपा वडा नं. ७ मा रहेको महेन्द्र माविको जमिनमा भूमाफियाहरुले कब्जा गरी त्यहाँ अवैध रुपले बाटो निर्माण गरेका छन् । नेपालगन्ज उमनपामा वडा नं. ७ मा रहेको महेन्द्र माविको नाममा यस जिल्लाको विभिन्न ठाउँमा जमिन रहेको छ त्यस मध्ये विगतको खासकारखाँदो ७ नं. वडा हालको १८ नं. वडा लग्दहवा गाउँको उत्तर र सिक्टा सिंचाई आयोजनाको पछाडि करीब ३ बिघा जमिनको प्लट रहेको छ उक्त जग्गा केही भूमाफिया समूहले अवैध रुपले कब्जा गरी बाटो निर्माण गरेको देखिन्छ । अहिले बाटो ग्रेभिल हाली तयार गरिएको छ ।सो जमिन भूमाफियाबाट कब्जा गरिएपछि विद्यालयका सम्बन्धितहरु त्यहाँ २०७१ साल र २०७४ सालमा पुगी बाटो भत्काई जमिन मुक्त गराए थिए । तर केही दिनमा त्यहाँ पुनः बाटो निर्माण गरिँदै आएको छ । आफ्नो विद्यालयको जमिन कब्जा भूमाफियाहरुबाट गरिएपछि विद्यालयले २०७५ असार २० मा बाँके जिल्ला प्रशासन का...
कृषि तथा आधुनिक उपकरण

कृषि तथा आधुनिक उपकरण

CoVid19, आर्थिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति २०७८ भाद्र १४कृष्ण दर्शनविगत ५ वर्षदेखि निरन्तर कृषि अध्ययन, कृषि सम्बन्धि विभिन्न कार्ययोजना बनाएर लागि रहेका कृषि प्राविधिक कृष्ण दर्शन यस्तो भन्छन् – केही दशक अघिसम्म बर्षामा धान खेति गरेपछि अरु बेला बाँझो पल्टिने जमिनमा आजकल प्लाष्टिकका आधुनिक टनेल देखिन थालेका छन् । कुटो, कोदालो, बाउसे, हलो, जुवा र गोरुको भरमा खनजोत हुने खेतबारीमा आजकल हाते ट्याक्टर र ठुलो ट्याक्टर दर्गुन थालेका छन् ।कृषि कर्ममा रम्दै खाद्यान्न उत्पादनमा जुट्ने किसानहरुलाई आधुनिक उपकरणले परम्परागत औजारले भन्दा धेरै सुविधा र उत्पादन समेत बढाएको छ । खोल्सा र पहराबाट चौबिसै घण्टा बगिरहने कंचन पानीमा अनेक जातिका माछाहरु पालिन थालेका छन् । ठाउँ ठाउँमा भैसी, बाख्राको गोठदेखि आधुनिक ढंगका कुखुराका खोरहरु पनि बनेका छन् । परदेशमा पसिना बगाएर थाकेको ज्यानलाई स्वदेशमै कृषि कर्म गरेर आफु, परिवारको उज्यालो भविष्य खोज्द...

अबिरल बर्षाले घरहरु भस्किंदै !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ । वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ । यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु ...
जमुनाहा क्षेत्रमा प्रहरीको अवैध असुली कार्य बढ्दै

जमुनाहा क्षेत्रमा प्रहरीको अवैध असुली कार्य बढ्दै

CoVid19, आर्थिक, प्रदेश ५, समाचार, समाज
विद्रोहीनेपालगन्ज, ९ भाद्र – नेपाल–भारतको सीमावर्ती क्षेत्र जमुनाहा क्षेत्रमा यतिबेला प्रहरीको अवैध असुली कार्य बढ्दै गएकोले यसबाट सर्वसाधारण त्राहिमाम बनेका छन् । जमुनाहामा प्रहरीले कोरोनाको डर त्रास देखाई त्यस क्षेत्रलाई अवैध असुली कार्यको अखडा जस्तो बनाएको छ ।नेपाल–भारतको यो सीमा खुल्ला भएकोले आवत–जावत गर्ने कार्य निर्वाध ढंगले जारी छ । तर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ सवारी साधनहरु आउन जान दिएको छैन । यसरी दुबैतर्फ पैदल आवत–जावत गर्नुपर्ने बाध्यता छ । यस बीच जमुनाहा प्रहरी चौकी कार्यालय अगाडी तैनाथ प्रहरीले सानोबाटो थोरै खुल्ला राखी सर्वसाधारणको घुईचो लगाउने गरेको छ ।लामो लाइन लगाएपछि आउन जान दिएको छ । अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोनाको डरत्रास छैन, सर्वसाधारण निर्धक्क रुपमा यहाँ हिडडुल गर्न पाएका छन् तर जमुनहा प्रहरी चौकी अगाडी कोरोनाको कृत्रिम डरत्रास बढाईएको छ । ज...