Friday, March 14सत्यम खबर
Shadow

बाल आश्रमलाई सहयोग

नेपालगन्ज, २७ भाद्र – सभ्यताको घर नामक बाल आश्रमलाई बास केन्द्रीय कार्यालयले खाद्यान्न राहत सहयोग गरेको छ ।

बास स्वयंसेवक समूहको आयोजनामा आईतबार बास केन्द्रीय कार्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा खाद्यान्न सहयोग गरिएको हो । बैजनाथ गाउँपालिका वडा न ३ मा रहेको बाल आश्रमलाई १ क्विन्टल चामल, ४ किलो दाल, १५ किलो पिठो र ५ लिटर तेल सहयोग गरिएको हो ।

बासका निबर्तमान अध्यक्ष मन भण्डारी, महासचिव शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहले सभ्यता बाल आश्रमका अध्यक्ष गणेश बिष्टलाई सहयोग प्रदान गरेका
थिए ।

बास स्वयंसेवक समूहका संयोजक तपेन्द्रबहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा सभ्यता बाल आश्रमका अध्यक्ष गणेश बिष्टले सहयोग गरेकोमा बासलाई धन्यवाद ज्ञापन गरेका थिए । सहयोग गरिएको खाद्यान्न बासका महासचिव शिबकुमार बर्मा, कार्यबाहक कोषाध्यक्ष दिला शाहलगायतले सहयोग गरेका थिए । बाल आश्रममा पाँच जना बालबालिकाहरु आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *