Wednesday, May 6सत्यम खबर
Shadow

नेपालगन्ज – गुलरिया राजमार्ग पोखरी कि सडक ?

नेपालगन्ज, २२ भाद्र – केही दिनको अविरल बर्षाका कारण हुलाकी राजमार्गको सडक खण्ड अहिले पोखरीमा परिणत हुनुका साथै दैनिक आवत–जावत गर्ने यात्रुहरु दुर्घटना ग्रस्त हुने गरेका छन् ।
नेपालगन्ज – गुलरिया सडक खण्ड अन्तर्गत हुलाकी राजमार्गको मानपुर सडक खण्डमा पानी जमेर हिलम्मे हुँदा दैनिक रूपमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।
अविरल बर्षाका कारण पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेपछि सडकमा आवत–जावत गर्ने अधिकांशहरू पोखरी हो कि सडक भन्ने प्रश्न गर्ने गरेका छन् ।


जानकी गाउँपालिका अन्तर्गत पर्ने मानपुर सडक खण्डमा पानी जमेर समस्या बारे पटक–पटक जानकारी गराउँदा पनि सुनवाई नभएको स्थानीय नसिब खानले बताए । ‘धेरै पटक भनेपछि बल्ल तल्ल दुई ट्रक ग्राभेल झारिएको छ । बर्षका कारण अहिले करिब ३० मिटर दुरीको सडकमा पानी जमेको छ उनले भने ।’
नेपालगन्ज गुलारिया सडक खण्ड अन्तर्गत पर्ने मानपुर सडक एकदमै व्यस्त सडक अन्तर्गत पर्छ । उक्त सडक भएर दैनिक हजारौंको संख्यामा सवारी साधनहरू ओहोर–दोहोर गर्ने गर्दछन् । उक्त सडक खण्डमा पानी जमेर हिलम्मे भएपछि सवारी साधनहरू पानीमा चलाउनु पर्ने बाध्यता रहेको छ । जसले गर्दा दैनिकी दुर्घटना हुने गरेको पाईन्छ ।


बिगतदेखि नै उक्त ठाउँमा दुर्घटना हुँदै आएको छ । सडक फराकिलो बनाउँनका लागि मानपुर सडक खण्डमा पर्ने बर्षौ पुरानो घर भत्काईए पनि सडक फराकिलो नहुँदा सवारी दुर्घटनाको समस्या समाधन हुन सकेको छैन ।
नेपालगन्ज – गुलारिया सडक खण्डमा पानी जमेर हिलम्मे बनेपछि जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालसँग जानकारी लिँदा “तत्काल आवत–जावत सहज बनाउँनका लागि ग्रभेल हालेको र सडक बिभागसँग दुबै साइडमा पानी निकासका लागि सानो नाली बनाउने सहमति भएको बताईन ।”
कार्यबाहक अध्यक्ष धितालका अनुसार पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको छ, तत्कालका लागि ग्रभेल मात्रै हाल्ने तर नाली निकास नगर्ने स्थानीयको दबाव रहेको छ । जसले गर्दा अविरल बर्षाका कारण सडकमा पानी जम्ने समस्या समाधान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *