Friday, March 14सत्यम खबर
Shadow

जमुनाहा क्षेत्रमा प्रहरीको अवैध असुली कार्य बढ्दै

विद्रोही
नेपालगन्ज, ९ भाद्र – नेपाल–भारतको सीमावर्ती क्षेत्र जमुनाहा क्षेत्रमा यतिबेला प्रहरीको अवैध असुली कार्य बढ्दै गएकोले यसबाट सर्वसाधारण त्राहिमाम बनेका छन् । जमुनाहामा प्रहरीले कोरोनाको डर त्रास देखाई त्यस क्षेत्रलाई अवैध असुली कार्यको अखडा जस्तो बनाएको छ ।
नेपाल–भारतको यो सीमा खुल्ला भएकोले आवत–जावत गर्ने कार्य निर्वाध ढंगले जारी छ । तर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ सवारी साधनहरु आउन जान दिएको छैन । यसरी दुबैतर्फ पैदल आवत–जावत गर्नुपर्ने बाध्यता छ । यस बीच जमुनाहा प्रहरी चौकी कार्यालय अगाडी तैनाथ प्रहरीले सानोबाटो थोरै खुल्ला राखी सर्वसाधारणको घुईचो लगाउने गरेको छ ।
लामो लाइन लगाएपछि आउन जान दिएको छ । अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र कोरोनाको डरत्रास छैन, सर्वसाधारण निर्धक्क रुपमा यहाँ हिडडुल गर्न पाएका छन् तर जमुनहा प्रहरी चौकी अगाडी कोरोनाको कृत्रिम डरत्रास बढाईएको छ । जसको कारण यहाँ अवैध असुली कार्य खुबै फस्टाएको छ । अहिले जमुनाहा प्रहरी चौकी नजिक कुनै प्रकारको रक्सी पसल होस् वा पान पसल, नास्ता पसल बढी रकम कमाउने उद्देश्यले प्रायः सबै पसलहरुले आफ्नो यहाँ साईकल, मोटरसाईकल स्टैण्ड स्थापना गरेका छन् ।


यस्ता स्टैण्डमा प्रति मोटरसाईकलको शुल्क २०।– र हेलमेटको अतिरिक्त शुल्क लिईने गरिएको छ । हेलमेटको शुल्क क्वालिटी अनुसार असुली गर्ने गरेको देखिएको छ ।
यस्तो अवैध असुली जमुनाहा प्रहरी चौकी अगाडी मात्र भईरहेको छैन । जमुनाहा प्रहरी चौकीको बाटोबाट सर्वसाधारणले १÷२ के.जी. खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ल्याउँदा प्रहरीलाई केही रकम दिनु पर्ने बाध्यता छ । यस्तै स्थिति जमुनाहा प्रहरी चौकी पछाडी रहेको बाटोमा पनि छ । जमुनाहा पछाडीको बाटोबाट पनि अधिकांश व्यक्ति आउने जाने गरेका छन् । यताबाट पनि थोरै सरसामान ल्याउँदा प्रहरीलाई रकम दिईने बाध्यता छ । प्रहरीलाई रकम नदिए कुनै प्रकारको दैनिक उपभोग्य सामग्री ल्याउन नसक्ने अवस्था त्यहाँ छ । जमुनाहा क्षेत्र नजिक रहेको विभिन्न पसलबाट जमुनाहा प्रहरी चौकी अगाडी तैनाथ नेपाल प्रहरीका एक जवान एस गिरी रकम असुली गर्न जाने गरेको समाचार प्राप्त भएको छ । अवैध असुली कार्यले गर्दा जमुनाहा क्षेत्र के पुरै भन्सार रोड नै बदनाम भई सकेको छ ।
नेपाल–भारत सीमाको गेट छिर्दै नै पहिले जमुनहा प्रहरी सर्वसाधारणसँग रकम असुली गर्छ, त्यसपछि नेपालगन्ज भन्सार कार्यालय गेट जैसपुर, सीमा प्रहरी चौकी, त्यसपछि चौलिक्कामा तैनाथ सशस्त्र प्रहरी विभिन्न निहँुमा रकम असुली गर्ने गर्छ । चौलिक्कामा १/२ के.जी. खाद्यान्न ल्याउँदा पनि १०० रुपैया तिर्नुपर्ने बाध्यता छ । जमुनहा क्षेत्रमा यति खेर कोरोनाको डरत्रास खुबै बढाईएको छ । जमुनाहा प्रहरी चौकीमा प्रहरी जवान प्रायः सबै पसलबाट रकम असुली गर्ने गर्छन ।

त्यसकारण उनी पसलको बिक्री बढाउने दायित्व पनि त्यसको छ । यसैकारणले जमुनाहा चौकी अगाडी नै सर्वसाधारण पुग्दा नै सबैलाई मुखमा मास्क लगाउन बाध्य पार्छ । निर्धारित पसलबाट मास्क किन्न जाऊ, अनि मात्र आउन जान दिनेछौं, प्रहरीले अधिकांश रुपमा सबैलाई कर लगाउने काम गर्दै आएको छ । जमुनाहा प्रहरी चौकी अगाडी कोरोनाको कुनै मापदण्ड निर्धारित गरिएको छैन । यहाँ प्रहरीले नै रकम असुली गर्ने, सर्वसाधारणको घुईचो लगाउने गरेको छ ।
भारतबाट आउने कुनै व्यक्तिको स्वास्थ्य जाँच गरिएको देखिदैन । यहाँ शरीरको तापक्रम दिईने साधारण जाँचसम्म भई रहेको छैन तर कोरोनाको डरत्रास सबैभन्दा बढी जमुनाहा प्रहरी चौकीबाट भएको देखिन्छ । जमुनाहा प्रहरीको अवैध असुली कार्य बढ्दै गएपछि यहाँको सर्वसाधारणमा आक्रोश बढ्दै गएको छ । अवैध असुली कार्य बढ्दै गएको तर त्यस्तो अवैध असुली कार्य गर्ने माथि छानबीन र कारवाही नगरिएकोले अगाडी केही दिन भित्रै जमुनाहा क्षेत्रमा प्रहरी विरुद्ध संघर्ष बढ्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *