Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको अनियमिततापूर्ण कार्य

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको अनियमिततापूर्ण कार्य

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
विद्रोहीनेपालगन्ज, ९ भाद्र – जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको अनियमिततापूर्ण कार्यबाट सर्वसाधारण अनाहक रुपमा दुःख पाउने गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका ८ नं. वडा रानी तलाउ तरकारी मण्डी बस्ने जाबिर शेष शनिबार बर्दियामा लसुन खरीद गर्न भाडामा आफ्नो गाडी त्यहाँ लगेका थिए । आईतबार नेपालगन्जबाट भाडाको गाडी लैजाने क्रममा नजानेर गाडीको अगाडी सीटमा ३ जना व्यक्ति बसि दिए । बर्दियाको भादा पुलमा गाडी पुग्दा त्यहाँ तैनाथ ट्राफिक प्रहरी कार्यालयले गाडी चालकसँग ५००।– रु. जरिवाना र पकेट खर्च १००।– रु असुली गरेको कुरा जानकारीमा आएको छ । भे. १८ २०७६ नं. को जिपसँग अतिरिक्त १०० रुपैया असुली ट्राफिक प्रहरीले गरेको तर सो दिन मंगलबार रहेपनि मिति ६ गते आईतबार काटिएको जरिवाना रसीदमा देखिएको छ ।ट्राफिक प्रहरी कार्यालय बर्दियाले ३ जना व्यक्ति गाडीको सिट अगाडी बसेकोमा जरिवाना ५ सय लिनु वैद्य छ तर अ...
कब्रिस्तानमा स्थानीयको बिरोध, हिसाब सार्वजनिक गर्न माग

कब्रिस्तानमा स्थानीयको बिरोध, हिसाब सार्वजनिक गर्न माग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको कब्रस्तान सञ्चालक समितिको मनोमानी विरुद्ध स्थानीय बिरोधमा उत्रिएका छन् । कब्रिस्तान सञ्चालक समितिले कब्रिस्तानको जग्गामा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न थालेपछि स्थानीयले बिरोध गरेका हुन् । जसका कारण सटर निर्माणको काम रोकिएको छ ।जामा मस्जिदका महासचिव मोहम्मद इरफान सिद्दिकीले कब्रिस्तानलाई जग्गाकै अभाव भइरहको सटर निर्माण गर्नु गलत भएको बताए । ‘यहाँ सटरको आवश्यकता नै छैन्’ उनले भने– ‘भएका सटरहरुलाई नै सञ्चालक समितिले व्यवस्थित गर्न सकेको छैन् किन सटर चाहियो भनी प्रश्न गरे ।’उनले कब्रिस्तान सञ्चालक समितिले सटरवाफतको भाडाको रकम समेत पारदर्शी तरिकाले खर्च नगरेको बताए । ‘सटर भाडाबाट आउने रकम कहाँ जान्छ उनले भने– ‘अव हामीलाई यसको हिसाव चाहिन्छ ।’लगभग कब्रिस्तानका ६२ वटा सटर छन् । एउटा सटर १२ सयदेखि १५ सय रुपैयाँसम्म भाडामा दिइए...
फुल्टेक्रा माविमा भएको अनियमितताको छानबीन हुनुपर्ने

फुल्टेक्रा माविमा भएको अनियमितताको छानबीन हुनुपर्ने

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
विद्रोहीनेपालगन्ज, ७ भाद्र – नेगउमनपा ६ नं. वडामा रहेको फुल्टेक्रा मावि प्रस्तावित बाबुराम लौघर महतो माविको नयाँ विद्यालय भवन तथा शौचालय निर्माण कार्यमा भारी अनियमितता भएको खबरले वडा नं. ६ का स्थानीय वडावासीहरुले यो अनियमिततापूर्ण कार्यको छानबीन हुनुपर्ने माग गर्न शुरु गरेका छन् । बाँकेका स्थानीय व्यक्ति माधवराम बर्मा एवं फुल्टेक्रा मावि वि.व्य.स. सदस्य ओमप्रकाश श्रीवास्तवबीच केही शर्त सहित करिब ७ करोड मूल्य बराबरको ०–१४–१५ जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएपछि त्यहाँ १७ कोठाको नयाँ भवन शौचालय खाल्डो जमिनलाई माटोले पुर्न पूर्वतर्फ बाउण्ड्री वाल लगाउने कार्यको तयारी गरिएको थियो । फाईल फोटो सो भवन निर्माणका लागि रु. ३६ लाख प्रति शौचालय ७ लाखका दरले बजेट संघीय सरकारबाट स्वीकृत गरिएको थियो । प्रस्तावित बजेट अनुसार भवन नं. १ तर्फबाट ३६ लाख, जनसहभागितातर्फ २९८७३२.९७ गरी जम्म...
‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – वर्षौदेखि जिर्ण रहेको नाला र बाटो निर्माणको योजना बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले अषाढ महिनामा ५ सय ७८ मिटर दुबै तर्फ नाला निर्माण कार्य सम्पन्न गरेको छ ।नाला निर्माण कार्य सम्पन्न भईसकेपछि सोही ५ सय ७८ मिटरमा दुबैतर्फ नालाको ढक्कन र पिच बाटो बनाउने भनी वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले पटक–पटक प्रतिबद्धता दोहोर्याएको वडाबासीको भनाई रहेको छ । तर यस पटकको वर्षायाम अषाढमा शुरु नभई श्रावणमा शुरु भएको हुँदा हाल निर्माण गरिएको दुर्बतर्फ नालाको अवस्था दयनीय रहेको स्थानीयहरु बताउँछन् ।स्थानीय छोटकु सोनखरका अनुसार करीब २ महिना बितिसक्दा समेत वडाले ढक्कन र पिच बाटो बनाउने प्रतिबद्धतातर्फ ध्यान नदिएको गुनासो पोख्छन् ।यसैगरी उक्त ५ सय ७८ मिटर दुबैतर्फ निर्माण गरिएको नालाको ढक्कन नहुँदा स्थानीयहरुलाई बाटोमा आवत–जावत गर्न समस्या हुनुका साथै नाला गन्हाउने ग...
आजदेखि खजुरा मार्ट सञ्चालनमा

आजदेखि खजुरा मार्ट सञ्चालनमा

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र - बाँकेको खजुरामा पहिलो मार्ट खुलेको छ । ५० लाख बढी लागतमा सञ्चालनमा आएको खजुरा मार्टको शनिबार घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर भण्डारी र लायन्स क्लव अफ खजुराका अध्यक्ष विज्ञान कक्षपतिले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् । खजुरा मार्टमा दैनिक उपभोग्य र घरायसी प्रयोगका सामान सुपथ मूल्यमा उपलब्ध गराइने सञ्चालकहरुले जानकारी दिएका छन् । लक्ष्मी गौतम, राजु पौडेल, विष्णु पौडेल, अरुण सुवेदी सञ्चालक रहेको उक्त मार्टले खजुरा क्षेत्रका ग्राहकको सुविधालाई मध्येनजर गर्दै खजुरामा पहिलो मार्ट सञ्चालनमा ल्याएको जनाएका छन् । एकै ठाउँमा धेरै किसिमका बस्तुहरुको उपलब्ध गराउनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा बस्तुको आफ्नै ठाउँमा उपलब्ध गराएर सुविधा प्रदान गर्ने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक राजु पौडेलले जानकारी दिए । खजुरा क्षेत...
अवैध रुपमा भित्र्याईएको कुखुरा चल्लासहित मानिस नियन्त्रणमा

अवैध रुपमा भित्र्याईएको कुखुरा चल्लासहित मानिस नियन्त्रणमा

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, १ श्रावण – बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको कुखुराको चल्लासहित मानिस नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार पठाएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंगलबार बिहान ८ बजे नेपालगन्ज– १३ मा अबैधबाटो हुँदै चोरी पैठारी गरी ल्याएको कुखुराको चल्ला ५५०० वटा, मानिस ७ जना र ७ वटा साईकल समेत नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका ७ जना मानिस बरामद चल्ला, साईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ । भारतमा बर्डफ्लुको संक्रमण देखिएपछि भारतबाट पन्छि वा पन्छिजन्य बस्तु आयातमा प्रतिबन्ध छ ।...
गैससहरुको समिक्षा बैठक सम्पन्न

गैससहरुको समिक्षा बैठक सम्पन्न

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण – नेपालगन्ज उपमहानगर क्षेत्र भित्र कार्यरत गैससहरुको समिक्षा बैठक सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा सो बैठक सम्पन्न भएको हो ।नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको गैसस समन्वय समितिको आयोजनामा श्रावण ३२ गते सम्पन्न बैठकमा नेपालगन्ज उपमहानगर क्षेत्रमा कार्यरत ४० बढि गैससका प्रतिनिधिहरुले गत आ.ब.को प्रगति समिक्षा तथा चालु आ.ब.को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । उपमहानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख महिला बिकास अधिकृत शोभा शाहले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रम सञ्चालन सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले गरेका थिए ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, युवा, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाको उपस्थिती रहेको थियो । कार्यक्रममा गैसस महासंघ नेपाल बा...
१७ नं. वडाध्यक्षले गरे शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा राजनीति !

१७ नं. वडाध्यक्षले गरे शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा राजनीति !

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, ३२ श्रावण – नेगउमनपा वडा नं. १७ मा अवस्थित रहेको शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा वडाध्यक्ष अजय पाठकले राजनीति गराएको कुरा सार्वजनिक भएको छ ।१७ नं. वडा परसपुरमा रहेको शहादत मस्जिद इदगाह र कर्बला निर्माणको लागि जमिन दशकौंअघि शहादत दर्जीका छोरा गुलाम दर्जी, मन्सुर दर्जी, हातिम दर्जी, दिलदार दर्जीले दानमा दिएका थिए ।उक्त जमिन दान दिने समयमा शहादत दर्जीको छोरा गुलाम हजरत दर्जी आफै मालपोत कार्यालयमा पुगी मस्जिदलाई जमिन दान दिएको कुरा मालपोतको श्रेस्ताबाट देखिन्छ । उनी शहादत दर्जीको वंशज मध्येका निजामुद्दीन दर्जी हालसम्म शहादत मस्जिद लगायतको देखरेख गर्दै आएका थिए । तर यसै समय उक्त शहादत मस्जिदमाथि आँखा प¥यो वडा नं. १७ का वडाध्यक्ष अजयकुमार पाठकको । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट स्थानीय निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार भए र सो निर्वाचनमा विजय...
अनियमितताको ढाकछोप गर्न फुल्टेक्रा माविबाट प्रेस नोट जारी !

अनियमितताको ढाकछोप गर्न फुल्टेक्रा माविबाट प्रेस नोट जारी !

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ३२ श्रावण – फुल्टेक्रा माविले अनियमितताको ढाकछोप गर्न प्रेस नोट जारी गरेको छ । नेपालगन्ज वडा नं. ६ मा रहेको फुल्टेक्रा माध्यमिक विद्यालय प्रस्तावित नाम बाबुराम लौघर महतो माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन तथा शौचालय निर्माण कार्य हुँदा निर्माण कार्यमा भारी अनियमितता भई रहेको कुरा चर्चामा आउन थालेपछि वडा नं. ६ बस्ने सुष्मा शुक्लाले निर्माण भई रहेको विद्यालयको विवरण तथ्यांकबारे २०७८÷४÷१७ गते सूचना तथा विवरणको प्रतिलिपि पाउन नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना माग गरेपछि विद्यालयमा खैलाबैला मच्चेको थियो । सूचना माग अनुसार १५ दिनभित्र सम्पूर्ण जानकारी सूचना माग गर्नेलाई उपलब्ध गराउने प्रावधान छ तर विद्यालयलाई निर्माण कार्यमा कति रकम खर्च भयो यसबारे यथेष्ट जानकारी नरहेकोले उनी १३ दिनसम्म सूचना दिने काम...
गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक समिति गठनप्रति नेपाल मुस्लिम ईत्तेहाद संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह राखेर नयाँकार्य समिति गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । ‘सहादत मस्जिद गुठीको नाममा दर्ता रहेको जग्गा सन्दर्भमा निजामुद्दीन इद्रीसीका पूर्खाले दान दिएको कुरा ध्रुव सत्य नै हो तर समाजमा लडाई झगडा गराउने राजनैतिक तवरले भोट बैंकको फोहरी खेल खेल्ने मनसायले गरिएको यस्तो कार्य पक्कै राम्रो होइन र निजामुद्दीन इद्रीसीले सो गुठी निजीकरण गरेको कुनै प्रमाण समेत पनि छैन तसर्थ समाजमा यस्ता अशान्ति फैलाउन झै झगडा गराउ...