Wednesday, August 26सत्यम खबर
Shadow

अवधी

कष्ट निवारणका लागि शिव महापुराण पाठ आज ११ औं दिन

कष्ट निवारणका लागि शिव महापुराण पाठ आज ११ औं दिन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० श्रावण – बाँके जिल्लाको नेपालगन्जमा श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठ प्रथम भाग आज बुधबार ११ औं दिनसम्म निरन्तर बाचन भईरहेको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका लागि श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठको आयोजाना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी समाजसेवी स्व. बाबुराम कुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित श्री शिव पार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठकद्वारा बिहान ९ बजेदेखि ११ बजेसम्म शिव महापुराण पाठ वाचन गरिन्छ भने पाठ वाचन अवधीसम्म जजमानको रुपमा लक्षमण भारती र पाठ व...
पूर्वमंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

पूर्वमंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, १८ श्रावण - श्रावण महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ। श्रावण महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मंदिरमा पूर्व मंत्री इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मंदिरमा रुद्राभिषेक गरेका छन् । जस्मा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मंदिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरुले सपना देखेर त्यहाँ उत्खननको क्रममा शिव भगवानको मुर्ति भेटिएको थियो । त्यस पश्चात उक्त मंदिरको नाम प्रगटेश्वर महादेव मंदिर राखिएको थियो । उक्त शिव मंदिर सिद्ध मंदिरको रूपमा चिनिन्छ । उक्त शिव मंदिरमा उत्खनन गरेर कति बर्ष पुरानो मंदिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसंधान गर...
डुडुवामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन रणनीति निर्माण

डुडुवामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन रणनीति निर्माण

CoVid19, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १४ श्रावण – डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाको थप प्रभावकारिता तथा गुणस्तरियता बढाउनका लागि आगामी वर्षको कार्ययोजना तथा रणनीति निर्माण गरेको छ ।गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज विहीबार आयोजित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा उक्त स्वास्थ्य सेवाको स्तरबृद्धि लगायतका विषयमा सुधार गर्न आगामी कार्ययोजना निमार्ण गरिएको हो । गाउँपालिकामा ‘जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालनको कार्यक्रमलाई यस वर्षदेखि विशेष अभियानको रुपमा सञ्चालन गरिएको छ । गोष्ठीबाट विषेश गरि गाउँपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा अभियानका कार्यक्रमलाई थप निन्तरता दिंदै, आमा सुरक्षा, सुरक्षित मातृत्व, खोप, गाउँघर तथा खोप किल्निक सुधार तथा पुर्वाधार व्यवस्थापन लगायतका विषयमा आगामी वर्षका लागि रणनीति निर्माण गरिएकोे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबह...

दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि
महेश चौधरीडुडुवा, श्रावण ११–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.१ मा स्थानिय वासीहरुको भेला गरी दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जिल्ला सदस्य सत्य नारायण बर्माको प्रमुख आतित्थ्य र जिल्ला सदस्य मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा धु्रव कुमार चौधरी र खुल्बत दर्जी, सचिव भिखू बढही, सह–सचिव प्रदीप मौर्य, कोषाध्यक्ष मिठाई लाल हरिजन त्यसै गरी सदस्यमा झगरु लोनिया लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । उक्त भेलालाई सम्बोधन गर्दै सत्य नारायण बर्माले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । गा.बि.स.को बेलामा २० लाख बजेट आउने गथ्र्याे अनि लक्षित वर्गको लागि बजेट बिनियोजन भई उनीहरुको...
मुस्लिम समुदायको जायज असन्तुष्टि

मुस्लिम समुदायको जायज असन्तुष्टि

CoVid19, अपराध, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बिद्रोहीनेपालगन्ज, ११ श्रावण – नेपालगन्ज उपमहानगरपालिका ४ नं. वडाको राप्तीपथ सहाबामा मुस्लिम समुदायको कब्रिस्तान रहेको छ । यसै कब्रिस्तानमा मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने गरिएको छ ।दशकौं अघि यो कब्रिस्तानको चारैतर्फ होचो प्रकारको पर्खाल रहेको थियो पछि उत्तरतर्फको मुख्य बाटोको बगलमा विभिन्न पसलहरु निर्माण गर्ने कार्य शुरु भयो । यो पसलको कोठाहरु कब्र (चिहान) हरुमाथि निर्माण गरियो सो समय केहीहरुले कब्र (चिहान)माथि कोठा पसल निर्माण गर्नु हुँदैन पाप लाग्छ भन्ने कुरा भने तर उनीको सुनुवाई गरिएन भाडा अग्रिम रुपमा लिइने काम भयो । धमाधम कोठा पसलमा शटर लगाउने कार्य भयो । वर्तमान समयमा कब्रिस्तानको जग्गामा दर्जनौं पसलहरु सञ्चालित छ । फाईल फोटो कब्रिस्तानको जमिनमाथि पसल बनाउने उद्देश्य यो थियो कि यसबाट उठेको भाडा रकम गरीब, विपन्न, असहाय, विधुवा महिलालाई सहयोग पु¥याउने तर आजसम्म भाडा वापत ल...
फुल्टेक्रामा कष्ट निवारणका लागि शिव महापुराण पाठ शुभारम्भ

फुल्टेक्रामा कष्ट निवारणका लागि शिव महापुराण पाठ शुभारम्भ

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० श्रावण – बाँके जिल्लाको नेपालगन्जमा श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठ प्रथम भाग आज आईतबारदेखि एक महिनाको लागी शुभारम्भ गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका लागि श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठको आयेजाना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी समजसेवी स्व. बाबुराम कुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित भएको श्री शिव पार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठक बिहान ९ बजेदेखि ११ बजे सम्म शिव महापुराण पाठ वाचन गरी रहनु भएको छ भने पाठ वाचन अवधी भरी जजमानको रुपमा लक्षमण भारत...
बाँकेका प्रथम पत्रकार गुप्तको ९५ औं जन्म जयन्ती मनाईयो

बाँकेका प्रथम पत्रकार गुप्तको ९५ औं जन्म जयन्ती मनाईयो

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – बाँकेका प्रथम पत्रकार स्व. महावीर प्रसास गुप्तको ९५ औं जन्म जयन्ती आज शनिबार मनाईएको छ ।किरण साप्ताहिकद्वारा आयोजना गरिएको स्व. गुप्तको ९५ औं जन्म जयन्तीका अवसरमा स्व. गुप्तले बाँके जिल्लामा गरेका अतुलनीय योगदानको चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शुक्रऋषि चौलागाईले स्व. गुप्तले पत्रकारिता क्षेत्रमा मात्र नभई शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको योगदान अब आउने नवपिढीहरुका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।विशिष्ठ अतिथि तथा वरिष्ठ साहित्यकार सच्दिानन्द चौबेले आफू स्व. महावीर प्रसाद गुप्तसँग सामाजिक कार्यदेखि शैक्षिक विकास कार्यमा सहयात्री भई कार्य गरेको स्मरण गराउनुभयो । वरिष्ठ साहित्यकार चौबेले स्व. गुप्त कुस्ती समेत विभिन्न अखाडामा गई खेल्ने गरेको बताउनुभयो । विशिष्ठ अतिथी तथा प्राज्ञ प्रतिष्ठानका प...
“क्षेत्र नं–२ कार्यसमितिले पुर्णता पायो”- सभापति यादव

“क्षेत्र नं–२ कार्यसमितिले पुर्णता पायो”- सभापति यादव

CoVid19, अवधी, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २ श्रावण - जनता समाजवादी पार्टी नेपाल, बाँके क्षेत्र नं–२ को क्षेत्रीय कार्यसमितिले पुर्णता पाएको छ । शनिबार नेपालगन्जमा भेलाको आयोजना गरी पार्टीले क्षेत्रीय कार्यसमितिका अन्य पदाधिकारी मनोनित गर्दै समितिलाई पुर्णता दिएको हो । क्षेत्र नं–२ का क्षेत्रीय सभापति सूर्यलाल यादवको अध्यक्षतामा भएको भेलाले कार्यसमितिको उपाध्यक्षद्धयमा मतलुब राई (चुन्ना) महिलातर्फ मधु सोनकरलाई चयन गरेको छ । यस्तै सचिवमा भुपाल सिंह खड्का, सहसचिवमा कृष्ण श्रीवास्तव र कोषाध्यक्षमा सुनिता बर्मालाई चयन गरेको छ । बैठकले क्षेत्र नं–२ मा मीना शेषसहित ४५ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । यस्तै बैठकले बिद्यायक निर्वाचन क्षेत्र नं–२ को (क) मा लल्लन यादव र (ख) मा मोहम्मद इसाहक सिद्धिकी (गुड्डु) लाई अध्यक्षको जिम्मेवारीमा चयन गर्दै समिति निर्माण गरेको छ । क र ख को समितिका अन्य पदाधिकारी बिस्तारै चयन गर्दै सम...

अन्सारीको अध्यक्षता मुस्लिम इत्तेहाद संगठन कमिटी गठन !

CoVid19, अवधी, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरी डुडुवा, ३१ अषाढ-नेकपा एमाले डुडुवा गाउँपालिकाले पालिका स्तरीय नेपाल मुस्लिम इत्तेहाद संगठन कमिटी गठन गरेको छ । बनकट्टीमा आज भएको भेलाले जलील अन्सरीको अध्यक्ष १५ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा समीम शेष, सचिव रमजान शेष, सह-सचिव शरीफ शेष र कोषाध्यक्ष नसरुद्दीन खाँलाई चयन गरेको छ । करिब एक सय जनाको सहभागिता रहेको भेलाले सदस्यहरुमा तसलीम दर्जी, नजीर दर्जी, साकिर अलि सलमानी, जोखन सलमानी, लल्लन खाँ, साबिर अन्सारी, अलिम दर्जी, तालिम शेष, अब्दुल हासिम खाँ र आरिफ खाँ रहेका छन् । भेलामा गाउँपालिकामा बसोवास गर्ने मुस्लिम समुदायमा रहेको विद्यमान समस्या समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो । भेलामा जिल्ला सदस्य मोहम्मद सगीर खाँ, सत्यनारायण बर्मा र कैयुम खाँ लगा...
सिक्टाको पानी बेलभारमा नपुगेको किसानहरुको गुनासो, हाकिमले आफूलाई दुव्र्यवहार गरेको वडाअध्यक्ष गुप्ताको आरोप

सिक्टाको पानी बेलभारमा नपुगेको किसानहरुको गुनासो, हाकिमले आफूलाई दुव्र्यवहार गरेको वडाअध्यक्ष गुप्ताको आरोप

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ अषाढ – नेपालगन्ज, पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डारण गर्ने थलोको रुपमा मानिन्छ । जसमा बाँके र बर्दिया धान उत्पादनमा पहिलो प्राथमिकता राख्ने स्थान हो । उत्पादनमा बृद्धि गर्न सके देशभर यही जिल्लाको उत्पादनले अन्नको चापलाई थेग्न सक्ने किसानहरुको भनाई रहेको छ ।यस क्षेत्रलाई उत्पादनको हब बनाउने उद्देश्य लिएर केही वर्ष अगाडिदेखी राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाकोे रुपमा निर्माण कार्यको थालनी गरी अन्तिम चरणमा रहेको छ भने चैते धान उत्पादनका लागि सिक्टा सिंचाई आयोजनामार्फत नहरमा पानी छोडी परिक्षण समेत भईसकेको तथा उत्पादनमा बृद्धि समेत भएको अवस्था छ । तर जानकी गाउँपालिकामा पानी नपुग्दा किसानहरुको खेतमा लगाईएको धानको बियाड समेत सुक्न थालेपछि पानी पु¥याउन सिंक्टा पुगेका जानकी वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले आफूलाई सिंक्टा सिंचाईका हाकिमले ...