Tuesday, April 28सत्यम खबर
Shadow

सिक्टाको पानी बेलभारमा नपुगेको किसानहरुको गुनासो, हाकिमले आफूलाई दुव्र्यवहार गरेको वडाअध्यक्ष गुप्ताको आरोप

नेपालगन्ज, ३१ अषाढ – नेपालगन्ज, पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डारण गर्ने थलोको रुपमा मानिन्छ । जसमा बाँके र बर्दिया धान उत्पादनमा पहिलो प्राथमिकता राख्ने स्थान हो । उत्पादनमा बृद्धि गर्न सके देशभर यही जिल्लाको उत्पादनले अन्नको चापलाई थेग्न सक्ने किसानहरुको भनाई रहेको छ ।
यस क्षेत्रलाई उत्पादनको हब बनाउने उद्देश्य लिएर केही वर्ष अगाडिदेखी राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाकोे रुपमा निर्माण कार्यको थालनी गरी अन्तिम चरणमा रहेको छ भने चैते धान उत्पादनका लागि सिक्टा सिंचाई आयोजनामार्फत नहरमा पानी छोडी परिक्षण समेत भईसकेको तथा उत्पादनमा बृद्धि समेत भएको अवस्था छ ।


तर जानकी गाउँपालिकामा पानी नपुग्दा किसानहरुको खेतमा लगाईएको धानको बियाड समेत सुक्न थालेपछि पानी पु¥याउन सिंक्टा पुगेका जानकी वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले आफूलाई सिंक्टा सिंचाईका हाकिमले दुब्यर्वहार गरेको बताउनुभयो ।
पानी पाउनु सबैको अधिकार हो, नहर बनाईएको छ तर पनि हाम्रो वडामा पानी नपुगेको गुनासो वडाबासी किसानहरुले गरेपछि आफू सिंक्टा सिंचाई कार्यालय गएर हाकिमलाई पानी पु¥याउन पहल गर्न भनेपछि दुब्यर्वहार गरेको बताउनुभयो ।
वडाअध्यक्ष गुप्ताका अनुसार यस वडा नं. १, २ र ३ सम्म नहर भएपनि सिंक्टा सिंचाई आयोजनाको पानी नपुगेको हुँदा सिक्टा सिंचाईका हाकिमलाई पानी पु¥याउन अनुरोध गर्दा उनले उल्टै पानी दिंदैन, जे गर्नुछ गर्नुस लगायन नानाथरी जस्तो अपशब्द प्रयोग गरेको बताउनुभयो ।


गहुँ उत्पादन क्रममा परिक्षणकाल भएको हुँदा गहुँ पाकी सकेको अवस्थामा नहरमा पानी छोडिएको हुँदा नोक्सानी भयो तर हाल वर्षातको बेलामा समेत नहरमा पानी नरहेको गुनासो जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष गुप्ताले गरे ।
वडा नं. २ का किसान अर्जुन पटहरको भनाई अनुसार हामी प्राकृतिक पानीको भरमा रहेको अवस्था रहन्छ तर हाल मौसम बन्छ तर पानी नपर्दा खेतमा लगाईएको धान समेत सुक्न शुरु भईसक्यो । धान सुक्यो भने फसल जुन गतिमा उत्पादन हुनुपर्ने हो सो नभई नोक्सानी हुने बताउनुभयो ।


किसान पटहरका अनुसार हाल सिंक्टा सिंचाई आयोजनामार्फत विभिन्न नहरबाट अन्य स्थानमा पानी पु¥याए जस्तै जानकी गाउँपालिका वडा नं. २ मा नेवाजी गाउँ, बेलभार, वनकट्वा, साईगाउँ, पच्पोखरा, पच्पोखरीलगायत स्थानमा पानी पु¥याउन सके किसानहरुको हुने नोक्सानीबाट जोगिनुका साथै उत्पादनमा समेत बृद्धि हुने बताउनुभयो ।
सोही अनुसार थप उत्पादनमा बृद्धि होस् भनी सिंक्टा सिंचाई आयोजनामार्फत विभिन्न गाउँपालिकामा नहरको विस्तार गरी पानी पु¥याउन सहज हुने प्रावधान अनुसार नहरमा बाह्रै महिना पानी आउन शुरु गरिएको सिक्टा सिंचाई आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले जानकारी गराउनुभयो ।
प्रमुख नेपालका अनुसार हामीले सिंक्टा सिंचाई आयोजनामार्फत कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन तर बीच बाटोमा किसानहरुले पानी रोकेपछि सम्बन्धित पक्षले समन्वयन गर्न सके समस्या समाधान भएर जाने बताउनुभयो ।


यसबारे सिंक्टा सिंचाईका सवईन्जिनियर विकास बिष्टले भने– सिंक्टा सिंचाई आयोजनामार्फत सबै स्थानमा नहर पु¥याईएको छ र सोही नहरबाट पानी पु¥याउने कार्य जारी रहेको छ तर बनिया गाउँका किसानहरुले टिनको पात लगाएर पानी रोकेपछि नेवाजी गाउँ, बेलभार, वनकट्वा, साईगाउँ, पच्पोखरालगायतको गाउँसम्म पानी नपुगेको बताउनुभयो ।
सवईन्जिनियर बिष्टका अनुसार हामी २४ सैं घण्टा बस्न नसक्ने भएको हुँदा यसबारे सम्बन्धित पक्षले समस्या उत्पन्न भएको स्थानका किसानहरु बीच समन्वयकारी भूमिका निर्वाह गर्न सके खेतमा सिंचाईको समस्या समाधान भएर जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *