Friday, August 21सत्यम खबर
Shadow

अवधी

‘मधेशको समस्या जबसम्म देशको समस्या बन्दैन, तबसम्म यसको समाधान हुन सक्दैन’: पूर्वमन्त्री त्रिपाठी

‘मधेशको समस्या जबसम्म देशको समस्या बन्दैन, तबसम्म यसको समाधान हुन सक्दैन’: पूर्वमन्त्री त्रिपाठी

CoVid19, अवधी, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ९ भाद्र – मधेशको समस्या जबसम्म देशको समस्या बन्दैन तबसम्म यसको समस्या समाधान हुँदैन, उक्त कुरा मधेशी नेता तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदेश त्रिपाठीले भनेका छन् ।नेपालगन्जमा मंगलबार अवधी पत्रकार संघ नेपालको केन्द्रिय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मधेशी नेता त्रिपाठीले भने मेरो नेपालगन्जसँग आत्मीय सम्बन्ध छ, यसकारण पटक पटक म यहाँ आउने गरेको छु, म मन्त्री हुँदा यहाँ बन्न लागेको क्यान्सर अस्पताललाई सघाएको थिए । आज यस क्षेत्रमा नेपालगन्ज विश्व विद्यालय बन्नु पर्ने आवश्यकता रहेको बोध भईरहेको भने । नेपालगन्जमा विश्वविद्यालय निर्माणको लागि सबै नै लाग्नु प¥यो, आव्हान गर्दै उनले भने– देशको राजनीति अहिले लिकभन्दा बाहिर गएको छ । यसबाट संविधान र व्यवस्थालाई नकारात्मक प्रभाव पर्दै गएको छ । यसलाई म विधायिका माथि आक्राण भएको अनुभूति गरिरहेको छु । अहिले ...
फुल्टेक्रामा जारी शिवमहापुराण पाठ विधिवत समापन

फुल्टेक्रामा जारी शिवमहापुराण पाठ विधिवत समापन

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रामा रहेको श्री शिव पार्वती मन्दिरमा शिवमहापुराण पाठ प्रथम भाग एक महिनापछि बिधिवत रुपमा हवन गरी आज सोमवार समापन भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवरामवर्मा र निवृति शिक्षक युवराजवर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका श्री शिवपार्वती मन्दिरमा शिव महापुराण पाठको आयोजना गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ६ फुल्टेक्रा निवासी समजसेवी स्व. बाबुरामकुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित भएको सो श्री शिवपार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठक बिहान ९ बजेदेखि ११ बजेसम्म शिवमहापुराण पाठ बाचन गर्दै आउनु भएका थिए । पाठ वाच...
‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

‘पिच बाटो र ढक्कन निर्माण कार्य असोज–कार्तिकबाट शुरु हुने’– वडाअध्यक्ष सिंह

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – वर्षौदेखि जिर्ण रहेको नाला र बाटो निर्माणको योजना बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले अषाढ महिनामा ५ सय ७८ मिटर दुबै तर्फ नाला निर्माण कार्य सम्पन्न गरेको छ ।नाला निर्माण कार्य सम्पन्न भईसकेपछि सोही ५ सय ७८ मिटरमा दुबैतर्फ नालाको ढक्कन र पिच बाटो बनाउने भनी वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले पटक–पटक प्रतिबद्धता दोहोर्याएको वडाबासीको भनाई रहेको छ । तर यस पटकको वर्षायाम अषाढमा शुरु नभई श्रावणमा शुरु भएको हुँदा हाल निर्माण गरिएको दुर्बतर्फ नालाको अवस्था दयनीय रहेको स्थानीयहरु बताउँछन् ।स्थानीय छोटकु सोनखरका अनुसार करीब २ महिना बितिसक्दा समेत वडाले ढक्कन र पिच बाटो बनाउने प्रतिबद्धतातर्फ ध्यान नदिएको गुनासो पोख्छन् ।यसैगरी उक्त ५ सय ७८ मिटर दुबैतर्फ निर्माण गरिएको नालाको ढक्कन नहुँदा स्थानीयहरुलाई बाटोमा आवत–जावत गर्न समस्या हुनुका साथै नाला गन्हाउने ग...
फुल्टेक्रा परिवर्तन बारे एक चर्चा

फुल्टेक्रा परिवर्तन बारे एक चर्चा

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चन्द्रेश्वर राज त्रिपाठी नेपालगन्ज, ७ भाद्र – समय गतिशिल हुन्छ, सोही समय अनुसार प्रत्येक कणमा परिवर्तन हुने गर्दछ । सोही अनुसार फुल्टेक्रामा समेत परिवर्तन भएको प्रत्यक्ष देख्न सकिन्छ ।आजभन्दा ६०–७० वर्षअगाडी १०–२० घर भएको फुल्टेक्रामा हाल १३ देखि १५ सय घरधुरी रहेको तथ्यांकले देखाउँछन् । फुल्टेक्रामा धेरै नाम कमाउने व्यक्तिहरुको उत्पादन नभएको पक्कै होइन, डिआईजी, कर्नेलदेखि मन्त्रीसम्म भएका व्यक्तिहरुको बसोबास स्थान हाल फुल्टेक्रामा रहेको पाईन्छ । फुल्टेक्रा तालः जहाँ कमलको फुल गमक्क फुलेको पाईन्छफोटोः सत्यमखबर बेला–बेलामा यी यावत कुराहरुले गर्दा समेत फुल्टेक्रा चर्चामा आउने गरेको छ । फुल्टेक्रामा भएका सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने आवाज समेत बेला–बेलामा उठ्ने गरेको हुन्छ, समयानुसार त्यसको निकास दिन समेत फुल्टेक्राबासी आफैमा सक्षम रहेका छन् ।फुल्टेक्राको सम्पदाको क...
समाजसेवी बर्माकाे जन्मदिन साहू समाजद्वारा मनाईयाे

समाजसेवी बर्माकाे जन्मदिन साहू समाजद्वारा मनाईयाे

CoVid19, अवधी, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र - नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं–६ निवासी दानवीर तथा समाजसेवी माधवराम बर्माको जन्मदिनको अवसरमा साहू समाज जिल्ला कार्य समिति र युवा समितिले संयुक्त रुपमा केक काटेर जन्मदिन मनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं–५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा भाद्र ५ शनिवार एक कार्यक्रमका बीच समाजसेवी माधवराम बर्माको ५६ वर्ष पूरा भएर ५७ औं वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर जन्म दिन मनाएका छन् । साहू समाज समितिका सहसचिव प्रदीप शाहद्वारा सञ्चालित कार्यक्रममा साहू समाज समिति जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष राम किसुन साहु लगायतले साहू स्वजातीय बन्धुहरुले समाजसेवी माधवराम बर्मालाई केक खुवाउँदै जन्मदिनको शुभकामना दिएका थिए । यसरी कार्यक्रममा समाज उपाध्यक्ष बिमलकुमार साहू, अधिवक...
जानकी १ नं. वडा बालविवाह मुक्त घोषणा

जानकी १ नं. वडा बालविवाह मुक्त घोषणा

CoVid19, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ भाद्र - बाँकेको जानकी गाउँपालिका वडा नं १ बाल विवाहमुक्त घोषणा गरिएको छ । मंगलबार एक घोषणा समारोहको आयोजना गरी वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो । नेपालको कानून अनुसार अबदेखि वडामा कुनै पनि बालबालिकाहरुको बिवाह नहुने भन्दै स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाउँदै वडालाई बाल विवाहमुक्त घोषणा गरिएको छ । जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, वडा नं १ का वडा अध्यक्ष मोहम्मद रजा राई लगायत अन्य वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो । जानकी गाउँपालिकाको कार्यालय, वडा न १ को कार्यालयको समन्वय सहकार्यमा प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आयोजनामा घोषणा समारोह गरी वडालाई घोषणा गरिएको हो । बाल विवाहमुक्त वडा घोषणा गर्नका लागि स्याक नेपालले बाल विवाह रोकथाम परियोजनामार्फत बिभिन्न सचेतनामूलक कार्यक्रम, छलफल जस्ता गत...
फुल्टेक्राका युवाहरुको पहलमा भब्य रुपमा मनाईयो गुडिया र नागपञ्चमी पर्व

फुल्टेक्राका युवाहरुको पहलमा भब्य रुपमा मनाईयो गुडिया र नागपञ्चमी पर्व

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ६ फुल्टेक्रामा रहेको पर्यटकीय स्थल १००८ हडियाबाबा आश्रमको प्रा·णमा गत शनिबार गठन गरिएको युवा नागरिक समितिले पहल गरी विभिन्न सकारात्मक कार्यहरुलाई अग्रता दिएको छ ।युवा नागरिक समिति गठन भएदेखि स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा सरसफाई, रंगरोगनलगायत कार्य सम्पन्न गरिसकेको तथा शुक्रबार सोही आश्रम प्रा·णमा भब्यता साथ नागपञ्चमी पूजा समेत मनाएका छन् । नागपञ्चमी पूजा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा वातावरण मैत्री पुजा रहेको बताईन्छ । हिन्दू धर्मावलम्बीहरुले बिहान उठेर नाग मन्दिर वा नाग स्थानमा गई धार्मिक परम्परा अनुसार दुध चढाउने, फुल, अगरबत्ती, चन्दन, टिका लगायत पुजाका सामाग्री प्रयोग गरी हडियाबाबा आश्रममा रहेको नाग मन्दिरमा पुजा गरेका छन् । सोही अनुसार गुडिया पर्व समेत भब्य रुपमा मनाएका छन् । स्थानीय युवाहरुको पहल...
दाइजोको कारण महिलाको हत्या !, प्रहरी हत्यालाई आत्महत्या देखाउने प्रयासमा

दाइजोको कारण महिलाको हत्या !, प्रहरी हत्यालाई आत्महत्या देखाउने प्रयासमा

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
विद्रोहीनेपालगन्ज, २५ श्रावण – दाइजोको कारण एक महिलाको हत्या उनको पति र जेठाजु लगायतले मिलेर गरेको कुरा सार्वजनिक भएको छ ।बाँके जिल्ला जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँमा बस्ने नन्कुन्नी धोबीलाई उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतवारी धोबी लगायतले मिलेर हत्या गरेको आरोप रहेको छ ।दाइजोबाट पीडित नन्कुन्नी धोबीलाई उनका श्रीमान, जेठाजु लगायतले प्रताडित गर्न थालेपछि नन्कुन्नी धोबीका भाई माता प्रसाद धोबी, बुवा छोट्टन धोबीले जोगागाउँ प्रहरी चौकीमा उजुरी गरेका थिए । जसमा प्रहरीको पहलमा मिलापत्र गराई नन्कुन्नी धोबीलाई उनको पतिसँग बस्ने व्यवस्था मिलाइएको थियो । सोपछि नन्कुन्नी धोबीका पति लगायतले आफ्नो माइतीबाट मोटरसाइकल दाइजोमा लिएर आउ भनि दबाव दिँदै आएका थिए । विद्रोही नन्कुन्नी धोबीका भाई र बुवाले छोरीको बिहे हुँदा धेरै दाइजो क्षमता अनुसार दिएका थिए अहिले उनको ...
हडियाबाबा आश्रमको सरसफाईमा फुल्टेक्राका युवाहरुको अग्रसरता

हडियाबाबा आश्रमको सरसफाईमा फुल्टेक्राका युवाहरुको अग्रसरता

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राका युवाहरुको अग्रतामा स्थानीय पर्यटक स्थल हडियाबाबा आश्रममा सरसफाईमा तिब्रता दिईएको छ ।आज–भोलि फुल्टेक्राका युवाहरुको टीम बिहान मोर्रिङ्ग वाकको समयलाई सदुपयोग गर्दै स्थानीय हडियाबाबा आश्रममा एकजुट भई सरसफाईमा तिब्रता दिएको नव गठित समितिका अध्यक्ष मदनराज शर्माले जानकारी गराउनुभयो । पर्यटकीय स्थल हडियाबाबा आश्रममा सरसफाई गर्दै वडा नं. ६ का जनप्रतिनिधि दिपक श्रेष्ठ, महिला सदस्य सावित्री शर्मा अधिकारीफोटोः सत्यमखबर अनलाईन अध्यक्ष शर्माका अनुसार स्थानीय हडियाबाबा आश्रमबाट यो शुरुवात मात्र गरेका छौं, आउने दिनमा वडा नं. ६ भित्र रहेका मठमन्दिरहरुमा समेत के–के गर्नुपर्छ हामी तयारी गरिरहेको बताउनुभयो ।आज सोमबार सरसफाई कार्यक्रममा स्थानीय युवा मात्र सहभागि नभई वडा नं. ६ का जनप्रतिनिधिहरु समेत सहभागी भएका छन् । वडा सदस्य दिपक श्...
फुल्टेक्राको बृहत विकासका लागि युवाहरुको अगुवाईमा समिति गठन

फुल्टेक्राको बृहत विकासका लागि युवाहरुको अगुवाईमा समिति गठन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ श्रावण – फुल्टेक्राका युवाहरुको अगुवाईमा बृहत विकासका लागि पाईला चालिएको छ । आज शनिबार पर्यटकीय स्थल स्थानीय हडियाबाबा आश्रममा भएको भेलामार्फत फुल्टेक्राको चौतर्फी विकासका लागि समिति गठन गरिएको छ ।आज भएको भेलामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा, रामनगर, नयाँबस्ती लगायतको स्थानमा रहेका सम्पूर्ण सानो ठूलो मठमन्दिरको बृहत विकासको लागि कार्य थालनी गर्ने, स्थानीय हडियाबाबा आश्रमलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, मठमन्दिरहरुको सरसफाईदेखि भईपरी आउने समस्या समाधानको लागि पाईला चाल्ने विषयमा छलफल केन्द्रिय रहेको भेलामा सहभागी बृजेश त्रिपाठीले जानकारी गराउनुभयो । फुल्टेक्रामा रहेको आँखा अस्पताल, हडियाबाबा आश्रम, फुल्टेक्रा ताल, फुल्टेक्रा माध्यमिक विद्यालयलाई अन्य स्थानमा कसरी चिनाउन सकिन्छ त्यसको लागि सम्बन्धित पक्षहरुसँग छलफलको माध्यमबाट योजना बनाउने लगायत ...