दोस्रो योगिनीगोल्ड कप : राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी
खजुरा, २४ चैत – राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रोयोगिनीगोल्ड कप फुटबल प्रतियोगिता सोमबार जित हासिल गरेका छन् ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोलभएको थियो ।
२७ स्टारका निशान्त मगरले खेलको २६औं मिनेटमा आप्mनै पोस्टमा गोल गर्नु भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई जेष्ठ नागरिक सोकबहादुर खत्री र स्थानीय समाज सेवी तुलसी पुनले पुरस्कार प्रदान गर्नु भएको थियो ।
यसैगरी सोमबारको दोस्रो खेलमा सीतापुर युनाईटेडले मोर्डन एफसीलाई २–० ले पराजित गरेको छ । सीतापुर युनाईटेडको तर्फबाट पहिलो गोल खेलको २५औं मिनेटमा सुजन शाही ठकुरीले गर्नु भएको थियो भने दोस्रो गोल अरुण चल...









