
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड
अयोध्या, २८ पुस – अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त रुपमा आयोजित अन्तर्राष्ट्रिय अवधी सम्मेलनमा प्राचिनकालदेखिको इतिहास बोकेको अवधी भाषाको विकास संरक्षण तथा सम्बद्र्धनका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताइएको थियो ।
कार्यक्रमका सहभागी दुई देशका पत्रकारले अवधी भाषा, कला संस्कृतिको जर्गेनाका लागि अवधी भाषामा विद्यावारिधी तहसम्म विश्वविद्यालयमा पढाईको कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल र भारतका विश्वविद्यालयमा अवधी भाषाको उच्च शिक्षाको पढाईको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । भारतको उत्तर प्रदेश र नेपालको पश्चिम क्षेत्रमा बोलिने अवधी भाषाको छुट्टै पहिचान रहेकाले यो क्षेत्र अवधको रुपमा पहिचान बनाएकाले अवधीको विरासतल...