Wednesday, April 22सत्यम खबर
Shadow

कष्ट निवारणका लागि शिव महापुराण पाठ आज ११ औं दिन

नेपालगन्ज, २० श्रावण – बाँके जिल्लाको नेपालगन्जमा श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठ प्रथम भाग आज बुधबार ११ औं दिनसम्म निरन्तर बाचन भईरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, निवासी समाजसेवी स्व.बाबुराम कुर्मीका छोरी नातीद्वय समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) को व्यवस्थापनमा कोभिड–१९ को महामारीको समयमा दुःख कष्ट निवारणका लागि श्री शिव पार्वती मन्दिरमा शिव महापुराण पाठको आयोजाना गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी समाजसेवी स्व. बाबुराम कुर्मीद्वारा बि.सं. २०१८ सालमा निर्मित श्री शिव पार्वती मन्दिरमा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठकद्वारा बिहान ९ बजेदेखि ११ बजेसम्म शिव महापुराण पाठ वाचन गरिन्छ भने पाठ वाचन अवधीसम्म जजमानको रुपमा लक्षमण भारती र पाठ वाचन सहयोगीको रुपमा कमलप्रसाद पाठक रहनु भएको छ ।


आज श्रावण १० गतेदेखि शुरु भई भदौं महिनाको ७ गतेसम्म सञ्चालित शिव महापुराण पाठ प्रत्येक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म हुने भएकोले समाजसेवी माधवराम वर्मा र निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) ले सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा पाठ श्रवण गर्नका लागी अनुरोध समेत गर्नु भएको छ । शिव महापुराण पाठ श्रावण गर्न आउने भक्तजनहरुले सेनीटाइजर र मास्कको प्रयोग गर्नुका साथ साथ सामाजिक दूरी कायम बस्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *