ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग
राैताहट, १ असाेज - पिडित पत्रकार रामपुकार राउतलाई रु ५०,२६६ को बिशेष आर्थीक सहयोग गरियो छ । रौतहट जिल्लाको परोहा नगरपालिका - ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्यका छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउतलाई आर्थिक सहयोग गरिएको छ ।
विभिन्न सामाजिक सञ्जालबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाजसेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफ्ना साथीहरु र दाजु प्रमोद पटेलको मद्दतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन् ।
आर्यान सुरज राउतले आफ्नो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब ...







