बाँके जिल्ला वन्यजन्तुको ओसारपसार तथा व्यापारको मुख्य केन्द्र
नेपालगन्ज, ४ असोज – वन्यजन्तु संरक्षणमा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (सिबिएपियु) को भूमिका विषय अन्तक्र्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ ।जिल्ला वन कार्यालय बाँकेद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले जिल्ला भित्र हुने वन्यजन्तु चोरी शिकारीमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले नियन्त्रणतर्फ उनलाई अगाडी ल्याउनु पर्ने बताएका थिए ।
वन्यजन्तु व्यवस्थापनको प्रमुख चुनौतिको रुपमा बासस्थानको विनास, खण्डीकरण, वन बिनास र चोरी शिकारी तथा अवैध व्यापार रहेको छ । विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने वन्यजन्तुको आखेटोपहार बिक्री संसारको चौथो ठ्रूलो अवैध व्यापारको रुपमा स्थापित भएको छ । यो सबै संरक्षणकर्मीको गम्भिर चिन्ताको विषय भएको जानकारी गराउँदै पछिल्लो समय नेपाल सरकार, नेपाली जनता अनि विभिन्न संघसंस्थाले वन्यजन्तु संरक्षणमा गरेको लगानीले विश्वमै...








