Monday, April 13सत्यम खबर
Shadow

१० जना निर्दाेष अफगानी नागरिकको हत्या गरेकोमा अमेरिकाले माफी माग्यो

विद्रोही
नेपालगन्ज, ३ असोज – १० जना अफगानी नागरिकको हत्या गरेकोमा शैतान अमेरिकाले सो घटना गल्तीको कारण भएको भन्दै माफी मागेको छ ।
केही हप्ताअघि अमेरिकाले राजधानी काबुलमा ड्रोन आक्रमणबाट बम विष्फोट गराएको थियो । यस समय अमेरिकाले काबुल विमानस्थलमा आइएस खुरासानले बम विष्फोट गराउँदा अमेरिकी मेरीन कमाण्डोका १३ जना जवान, त्यस्तै ब्रिटेन र अफगानी दर्जनौं व्यक्तिको मृत्यु भएको थियो ।


आइएस खुरासानसँग बदला लिन मैले ड्रोनबाट आइएसखुरासानका आतंकवादीलाई मार्न सफल भएको दावी अमेरिकाले गरेको थियो । तर अहिले सो घटनाको छानबीन हुँदा सो ड्रोन आक्रमणमा परी मृत्यु हुने व्यक्ति आतंकवादी थिएनन् बरु निर्दाेष अफगान नागरिक थिए ।
यो कुरा सार्वजनिक भएको छ । अमेरिकाले ड्रोनबाट एक कारमाथि आक्रमण गर्दा १० जना निर्दाेष नागरिकको मृत्यु भएको थियो । मर्नेहरुमा महिला बच्चा र पुरुष थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *