Friday, March 14सत्यम खबर
Shadow

सिआईबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याउने रोकाय पक्राउ

कोहलपुर, २० भाद्र – बाँकेको कोहलपुरमा नेपाल प्रहरीको सिआईबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान जिल्लाको दार्माकोट गाउँपालिका वडा नं. २ का ३२ वर्षिय दिपेन्द्र रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क एरिएमा रहेको होटल तथा पसलहरुमा आफुलाई नेपाल प्रहरीको सिआईबीको इन्सपेक्टर हुँ भन्दै डर, त्रस देखई धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिई रहेको अवस्थामा रोकायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रोकाय माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *