
नेपालगन्ज, १४ भाद्र – महिला अधिकार मञ्चद्वारा आज एक विज्ञप्ती प्रकाशित गरी जिल्ला प्रहरी कार्यालय बाँके प्रमुखले बिधुवा महिला निर्मला कुर्मीको कर्तव्य ज्यानको मुद्दामा मुख्य दोषी बादशाह कुर्मीलाई पक्राउ नै नगरि थुनामा राखेको झुठ्ठा कागज सरकारी वकील कार्यालयमा पेश गरि बयान गराईएको जनाईएको छ ।
विज्ञप्तीमा बिगत ९ नौ महिनादेखि बिधुवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भैरहेको बाँके जिल्ला प्रहरी कार्यालयद्वारा महिला अधिकार मञ्चलाई जानकारी गराईएको थियो । तर करीब यहि भदौ ०१ वा ०२ गतेको यस केसमा पक्राउ आदेश लिई जाहेरीमा लेखिएका मुख्य दोषी बादशाह कुर्मीलाई पक्राउ नै नगरी थुनामा नै नराखी कागजमा मात्र पक्राउ गरेको कागज तयार पारिएको छ । उक्त कागजलाई बाँके सरकारी वकील कार्यालयमा पेश गरि बादशाह कुर्मीको ब्यान समेत गराईएको छ । प्रहरीले यसरी झुठ्ठा कागज तयार गरी बादशाह कुर्मीलाई पक्राउ गरि थुनामा राखिएको देखाई सरकारी वकील कार्यालयमा ब्यान गराई प्रहरीले छोडेको कुरा खुल्न आएको छ, उल्लेख गरिएको छ ।

बाँके जिल्लाका एस.पि श्यामकृष्ण अधिकारीले यसरी लुकाई छिपाई पिडक÷दोषीहरुको वकालत गर्ने कानुनलाई पन्छयाई पिडक÷दोषीहरुलाई थप बल दिने कानुनको ठाडो उल्लंघन गरि कानुनको धज्जी उडाउने । स्वयम् जिल्ला प्रहरी प्रमुखबाट सामाजिक बिश्वास र न्यायको आशा नै मार्ने गरि कार्य गर्ने । जिल्ला प्रहरी प्रमुखको कार्य गर्ने शैली, पिडितप्रतिको दृष्टिकोण, पिडितमुखी दृष्टिकोण कस्तो होला सहजै बुभ्mन सकिन्छ । कानुनी प्रक्रियागत रुपमा दोषीलाई समाती म्याद थप गराई सरकारी वकील कार्यालयमा बयान गराई सकेपछि अदालतमा पेश गर्नु पर्ने सम्मानित अदालतको मर्यादा रहने गरि कानुनी प्रक्रियागत रुपमा दोषीलाई पक्राउ गरि कानुनी प्रक्रिया अनुसार अदालतमा पेश नगरेकोमा यस महिला अधिकार मञ्चको घोर आपत्ति छ । बिधुवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानको मुद्दामा बाँके प्रहरी तथा प्रहरी प्रमुखद्धारा सम्वेदनशिल भई कानुन बमोजिम प्रक्रियागत रुपमा दोषीहरुलाई तुरुन्त पक्राउ गरि कानुन बमोजिमको प्रक्रिया अनुसार अदालतमा पेश गर्न अनुरोध गर्दछौ । यदि कानुन बमोजिमको कार्यबाही भएन भने महिला अधिकार मञ्चले थप कडा आन्दोलन गर्ने चेतावनीका साथ जानकारीको लागी अनुरोध गर्दछौ भनी महिला अधिकार मञ्चकी सकिना तेली र रुबि खानद्वारा जारी विज्ञप्तीमार्फत जानकारी गराईएको छ ।

यसबारे जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीसित प्रश्न गर्दा उनले होइन हामी कानुनभन्दा माथि कदापि हुन नसक्ने बताउनु भएको छ । प्रहरी प्रमुख अधिकारीका अनुसार हामीले कानुन अनुसार पक्राउ गरी सरकारी वकिल कहाँ उपस्थिति गराईसकेको अवस्थामा सरकारी वकिलले कर्तव्य ज्यान मुद्दामा लाश व श्वाँस नभेटिएसम्म पक्राउ गर्न नमिल्ने भएको हुँदा सरकारी वकिल कार्यालयबाछ नै छोडिएको बताउनुभयो ।
