डुडुवा ३ मा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न !
CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र १८–आज नेकपा एमाले डुडुवा गाऊँ पालिका वडा नं.३ को वडा कमिटीमा भेटघाट तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष बुधई यादवको अध्यक्षता र नेकपा एमाले प्रदेश सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा अतिथी नेकाप एमाले जिल्ला सचिवालय सदस्य सोभाखर अधिकारी र अनिता पौडेल, जिल्ला सदस्य तथा डुडुवा ३ का इंचार्ज मोहम्मद सगीर खाँ, किसान संगठनका सदस्य राम सागर मुराउ, मंगते हरिजन, राम फेरन यादव, डुडुवा गाऊँ पालिका सदस्य शिव कुमार बर्मा, ननका गोडिया लगायत रहनु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी सगीर खाँले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । नेकपा एमाले ले जितेको स्थानिय...






