
मितिः २०७८ भाद्र ७ गते
विद्रोही
अफगानिस्तानको द्वापर युगदेखि नै अस्तित्व छ । महाराजा धृतराष्ट्रकी पत्नी गान्धारी कान्धारकी नै थिइन् । शकुनी कान्धारको कूटनीतिज्ञ थियो पछि त्यो गान्धारीसँगै महाराज धृतराष्ट्रको यहाँ पुग्यो र त्यसको छलकपटले महाभारत युद्ध भयो । यसरी अफगानिस्तानमा शताब्दियौं अघि वैदिक सनातन धर्मावलम्बीहरुको प्रभुत्व थियो । अफगानिस्तानबाट वैदिक सनातन धर्मको लोप भएपछि त्यहाँ बौद्धिष्टहरुको प्रभुत्व स्थापित भयो । अफगानिस्तानमा मुस्लिम राज्यको स्थापना धेरैपछि भएको पाइन्छ । यहाँ मो. गजनवी जस्ता आततायी आक्रमणकारी पैदा भएपछि यहाँ कट्टर इस्लामको उत्पत्ति भएको हो । अफगानिस्तानमा सम्राट अशोकले बौद्धिष्ट धर्मलाई फैलाउँदै त्यहाँ भगवान बुद्धको बामियानमा पहाड काटेर एउटै ढुंगाबाट प्रतिमा निर्माण गराएका थिए । यो बुद्ध प्रतिमा विश्वमा नै विख्यात थियो ।

विद्रोही
करीब २० वर्षअघि पाकिस्तानले १९९४ मा तालिबानको स्थापना एक मदरसामा मुल्ला उमरबाट गराएको थियो यसबीच तालिबानी आतंकवादीहरुले सो बामियानको बुद्ध प्रतिमा ध्वस्त पारेका थिए । अफगानिस्तान विगतदेखि नै आतंकवादबाट पीडित छ । तालिबानी आतंकवादीहरुले विगतमा राष्ट्रपति नजिबुल्लाहलाई फाँसीमा लटकाएर सम्पूर्ण विश्वमा आफ्नो क्रूरता प्रदर्शित गरेका थिए । अफगानिस्तान पठानहरुको देश हो यहाँ अफगानी पठानहरुको धेरैजसो क्षेत्र छ जहाँ आजसम्म तालिबान पुग्न सकेको छैन । विगतमा यी क्षेत्रहरु अंग्रेजहरुले खोसी लिएका थिए । तर अफगानीहरुले कहिलेपनि ति अंग्रेजको दासता स्वीकारेनन् हिन्दुस्तानलाई अंग्रेजहरुले दास बनाएको समय अंग्रेजहरुले यसमाथि कैयन पटक आक्रमण गरेर केही क्षेत्रमाथि कब्जा गरेका थिए ।
यस क्षेत्रलाई ड्युरेड लाइन पनि भनिन्छ । बाजोड, कल्लात, स्वात, अम्ब, देर, चितराम आदि कैयन पठानी राज्यहरु छन् । यहाँ शताब्दियौं अघि मो. गजनवी जस्ता आततायी आक्रमणकारी पैदा भएपछि यहाँ कट्टर इस्लामको उत्पत्ति भएको हो । र हिन्दुस्तानबीचको पठानी भूमिमा कबाइलीहरुको इलाका थियो जसलाई वजिरिस्तान भनिन्थ्यो जुन स्वतन्त्र थियो । बलुचिस्तानमा डा. खान अब्दुल्ल गफ्फार खाँ (सिमान्त गाँधी) हिन्दुस्तानको स्वतन्त्रता संग्रामका नेता थिए । यसको अतिरिक्त यहाँ खान अब्दुल समद खान, बलुची गाँधी पनि रहने गर्थे । हिन्दुस्तान स्वतन्त्र भएपछि यो इलाका सीमा प्रान्तमा डा. खान मुख्यमन्त्री थिए । पाकिस्तान सरकारले यिनीहरुलाई हटाई बन्दी बनायो । बलुचिस्तानको एउटा प्रान्त चितराम र अम्बमाथि पाकिस्तानले कब्जा जमायो । यसबाट पुरै इलाकामा स्वतन्त्रताको लागि संघर्ष चक्र्याे पठानहरुले वजिरिस्तानमा स्वतन्त्र पठानिस्तान सरकारको स्थापना गरे । अफगान सरकारले यसलाई मान्यता दियो । अफगानिस्तानका दूतले राष्ट्रसंघमा कैयन पटक भन्यो कि अफगानिस्तान सरकार चाहन्छ कि सबै पठानी इलाकाहरु मिलाएर पठानिस्तानको अस्तित्व स्वीकार गरियोस् तर पाकिस्तान सरकार यसलाई मान्न तयाार भएन ।
१९४७ मा अफगान सम्राट जहिर शाहले काबुल रेडियोबाट शाही सम्बोधन गर्दै भनेका थिए, अफगान सरकारको यो भनाइ थियो कि उसको वर्तमान सीमादेखि सिन्धु नदीसम्म र चितराल प्रदेशदेखि बलुचिस्तानसम्मका सबै इलाकाहरु वास्तविक रुपमा अफगानको भूमि हो र यि भूमि अंग्रेजहरुले हामीसँग बलजफती गरी लिएका थिए । यस कारण अंग्रेजहरु फिर्ता भइसकेपछि यो सबै इलाकाहरु अफगानिस्तानलाई सुम्पियोस् अथवा यहाँका नागरिकहरुसँग सोधियोस् कि यिनी पाकिस्तानमा सम्मिलित हुन चाहन्छन् कि अफगानमा । १९८३ को युद्धपछि १३ नोभेम्बरमा अफगानिस्तान र अंग्रेज सरकारबीच सन्धि भयो यसलाई ड्युरेड सन्धि पनि भनिन्छ । अमिर अब्दुल रहमान त्यस समय यहाँका शासक थिए उनले पछि भनेका थिए कि अंग्रेजहरुले दबाव दिएर यस्तो सन्धि गराएकोले हामी यस सन्धिलाई मान्यता दिँदैनौं । सन्धि अनुसार अंग्रेजहरुले अफगानको धेरै भूभागहरु खोसी लिएका थिए ।
यस कारण अफगान पाकिस्तानबीचको इलाका विगतदेखि नै स्वतन्त्र छ । यस कारण पाकिस्तानको अधिकारलाई मान्यता दिन सकिएन । १९५४ मा एक पठान सरदार मल्लिक हसन खाँले सीमा पार गरी मस्जिद नजीक आक्रमण गरी पाकिस्तानका गाडीहरुका एउटा सैनिक टुकडीमाथि कान्धार र बाजोडको बीच आक्रमण ग¥यो । जसमा ३ विमानचालक मारिएका थिए यिनीहरुले घोषणा गरे कि पाकिस्तानका विमानहरुले २ वर्षअघि हाम्रो घरहरुमाथि बम वर्षा गरेकोले हामीहरुले यसको अहिले बदला लिएका छौं । १९६०–६२ मा बाजोडमा युद्ध भयो । पाकिस्तानले बाजोडमाथि विजय प्राप्त गरी राज्यको नायबलाई गद्दीबाट हटाएर नजरबन्द ग¥यो । २८ मार्च १९५५ मा काबुल, कन्धार र जलालाबादमा पाकिस्तान विरुद्ध कैयन ठूला ठूला प्रदर्शन हुन शुरु भए । यहाँ पाकिस्तानी राजदूतमाथि आक्रमण गरेर त्यसको झण्डा जलाइएको थियो । मे. १९५५ मा अफगान सरकारले सैनिक लामबन्दीको घोषणा गरी अफगानसँग राजनयिक सम्बन्ध बिच्देछ ग¥यो । १९५७ मा बाजोडका पठानहरुले विद्रोह गरी आक्रमण गर्दा पाकिस्तान लडाकु विमानबाट बम वर्षा ग¥यो ।
१९६८ मा अफगानिस्तानको स्वतन्त्रताको माग गर्दै पठानहरुले स्वतन्त्रताको लागि जति रगत बगेपनि यस इलाकालाई स्वतन्त्र गराएर नै छाड्ने यसका लागि पाकिस्तानमा बस्ने पठानहरु आजसम्म पनि पाकिस्तानका पठानहरुको स्वतन्त्रताको लागि संघर्ष गर्दै आएका छन् । उनीहरुको अनुसार पाकिस्तान सरकार इस्लामको नारा त दिन्छ तर इस्लाम धर्म मान्नेहरुको हितमा कहिले पनि कार्य गर्दैन हामी पनि त मुसलमान हौं तर हामी पाकिस्तानको दासता र अधिनता कहिल्यैपनि स्वीकार्दैनौं औरंगजेब पनि मुस्लिम थिए तर हामी पठानहरुले उनको विरुद्धमा पनि आफ्नो स्वतन्त्रताको लागि युद्ध लड्यौं सम्राट जहीर शाहले १९६८ मा शाही सम्बोधन गर्दै सो समय भनेका थिए कि, हामी पाकिस्तानको स्थापना दिनदेखि नै यो प्रयास गरी रहेका छौं कि पाकिस्तानले पठानिस्तानको समस्यालाई समाधान गरोस् । १९६४ को प्रस्ताव अनुसार हामीलाई यो अधिकार छ कि यस समस्यालाई समाधान गर्ने कार्य जारी राखियोस् यो समस्या अंग्रेजी सरकारको साम्राज्य शाहीको अन्तिम चिन्ह हो काबुलमा पठानिस्तान चोकपनि छ यसमाथि स्वतन्त्र पठानिस्तानको झण्डा फहराउने गरिन्थ्यो ।
वजिरिस्तानको धेरै वटा इलाकाहरुमा आजसम्म पाकिस्तानले आफ्नो सत्ता पठानहरुलाई स्वीकार गराउन सकेको छैन । यहाँ गोखेक्त नामको स्थानमा स्वतन्त्र पठानिस्तान सरकारको प्रधान कार्यालय पनि स्थापित गरिएको थियो । पठानहरुले ५ हजार वर्गमील क्षेत्रलाई स्वतन्त्र गराउन सफल भएका थिए । हिन्दुस्तानको विभाजन भन्दा पहिले नै हिन्दुस्तानका पठानहरुलाई स्वतन्त्र गर्नु जरुरी थियो । सेप्टेम्बर १९४७ मा पाकिस्तानलाई राष्टूसंघको सदस्य बनाउने प्रस्ताव पेश हुँदा अफगान सरकारका प्रतिनिधिले यसमा विरोध जनाए । यिनीले भनेकि, यस भन्दा पहिले पाकिस्तानमा बस्ने पठानहरुको समस्या र त्यसको समाधान निकालियोस् तर पाकिस्तानले यो कुरा नमान्दा सन् १९५० देखि १९५४ सम्म पठानहरुले आफ्नो स्वतन्त्रताको लागि पाकिस्तानको कैयन सैनिक चौकीमाथि आक्रमण गरे ।
१९५४ मा पठानहरुले पाकिस्तानको कैयन वायुसेनाका विमानहरुमाथि अन्धाधुन्ध रुपमा बम वर्षा गरेका थिए यसबाट पाकिस्तान सरकारले पठानहरुको कैयन राज्यमाथि आक्रमण गरी पश्चिमी पाकिस्तानमा विजय प्राप्त ग¥यो । पाकिस्तानले कल्लातको नवाब र यिनीको राजकुमारलाई बन्दी बनाई बाजोड र देरमाथि ठूलो बमबारी गरी हजारौं–हजार पठानहरुको नरसंहार गरेको थियो । यसबाट अफगानिस्तानमा पाकिस्तानको ठूलो विरोध हुन शुरु भयो । १८ मार्च १९५५ मा काबुल र जलालाबादमा पाकिस्तानी राजदूतावासमाथि पठानहरुले आक्रमण गरी पाकिस्तानको राष्टिूय झण्डा च्याती फाली दिएका थिए । त्यसपछि पाकिस्तानले अफगानको बाटो बन्द गरी राजनैतिक सम्बन्ध समाप्त पारेको थियो । पाकिस्तानको भनाइ थियो कि अमानुल्ला खाँले अंग्रेज सरकारबाट सन्धि गरि ड्युरेड लाइनको पारी यसतर्फ अनेकौं इलाकामाथि अंग्रेज सरकारको सत्ता स्वीकार गरेका थिए यस कारण पाकिस्तान बनेपछि यस इलाकामाथि पाकिस्तानको अधिकार छ । अंग्रेज सरकार पनि भनि रहेको छ कि १९४० मा सीमा प्रान्तका जनताहरु पाकिस्तानमा सम्मिलित हुने फैसला गरेका थिए ।
अफगान सरकारको भनाइ छ कि अमीर अब्दुल रहमानमाथि दबाव हाली अंग्रेजहरुले बलजफती सन्धि गरेका थिए तर अमीरले कुनै नक्शामाथि कुनै प्रकारको हस्ताक्षर गरेका थिएनन् र शाह अमानुल्ला खाँले जुन सन्धि अंग्रेजी सरकारसँग गरेका थिए त्यसमा ड्युरेड लाइन पारीको क्षेत्रमा कुनै हस्तक्षेप हुने छैन भनि लेखिएको थियो यो क्षेत्र स्वतन्त्र थियो जसमाथि पाकिस्तानले बलपूर्वक अधिकार गरेको छ । यस सन्धिमा पनि यो कुरा उल्लेख छ २ नोभेम्बर १९११ देखि यो सम्झौता ३ वर्षको लागि मात्र लागु रहनेछ र यदि हस्ताक्षर गर्ने देश ३ वर्षको अवधीसमाप्त हुने देखि १ वर्ष पहिले सन्धि समाप्त गर्ने सूचना नदिएपछि सन्धिको अवधी १ वर्ष अझ बढ्ने छ । अफगान सरकारको भनाइ थियो कि यो सन्धि सरकारसँग गरिएको थियो यसको अवधी भने समाप्त भई सकेको छ । तर पाकिस्तान सरकारसँग कुनै सन्धि भएको छैन यस कारण अफगानिस्तानको त्यो इलाका हामीलाई फिर्ता मिल्नुपर्छ । पाकिस्तान अफगानी भूमि आफ्नो कब्जाबाट फुत्किन नपाअोस् यस कारण केही अफगानी युवालाई ललाई फकाई आफ्नो यहाँ तालिबान नामको शैतान समूह गठन गरायो र त्यहाँ इस्लामी मदरसा स्थापना ग¥यो । र यि विद्यार्थीहरुको नाम पछि तालिबानी दिइयो र अफगान भूमिमा फिर्ता पठाई सत्ता पलटको खेल विगत दिनदेखि खेल्दै आएको छ । दशकौंअघि यि तालिबानीहरु स्वतन्त्र पठानिस्तान र आफ्नो भूमि स्वतन्त्र गराउन पठानहरुलाई धपाई मुल्ला मोहम्मद उमरलाई शासकको रुपमा स्थापित गरेको थियो । कन्धारको एउटा संग्रहालयमा हजरत मोहम्मद साहेबको पोशाक राखिएको छ जसलाई जामा मुबारक भनिन्छ । मुल्ला उमर जामा मुबारकबाट नै तालिबानी लडाकुहरुको धार्मिक उन्माद बढाउने गथ्र्याे ।
त्यही स्वतन्त्र पठानिस्तान र पाकिस्तान विरोधी पठानहरु दशकौंअघि नर्दन एलायन्सको स्थापना गरी पाकिस्तान समर्थक तालिबानीसँग युद्ध गर्दै आएका थिए । नर्दन एलायन्सले सो समय भनेको थियो कि पाकिस्तान ओसामा बिन लादेनलाई आफ्नो साथमा राखेर सम्पूर्ण विश्वमा किंगमेकर बन्ने प्रयासमा छ त्यो यो प्रयास नगरोस् हामी तालिबानी र ओसामा बिन लादेनलाई समाप्त पार्न युद्ध लडी रहेका छौं तर पश्चिमी राष्टूहरुले शाह जहीर शाहलाई आउँदो शासकको रुपमा स्थापित गर्न चाही रहेका छन् भन्ने शाहले स्पष्ट पारुन् कि उनी कहिँ पाकिस्तानको पिठ्ठु त बन्दैनन् ? जसरी पहिले नै उल्लेख गरी सकिएको छ कि अफगानिस्तानको इतिहास संस्कृति र सभ्यता धेरै नै प्राचीन छ ५ हजार वर्ष अघि यसको प्राचीन नाम आर्यन रहेको थियो । यहाँ ९९ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् । यस मध्ये केही व्यक्ति ताजेक र उजबेक पनि छन् । अधिकांशहरुको भाषा पस्तो र पख्तो छ । यो भाषा अफगानिस्तानको मातृ भाषा हो । तर कहिँ कहिँ फारसी भाषा बोल्ने पनि प्रचलनमा छ पृथ्वीमा प्रलयको समयमा महात्मा मनुले अफगानिस्तान
(कान्धार)की गन्धर्व कन्या श्रद्धासँग बिहे गरेर मानव वंश अघि बढाएका थिए । महाभारतकालमा शकुनीकी बैनी गान्धारीको बिहे महाराज धृतराष्टूसँग भएको थियो । यही संसारको २ वटा प्रसिद्ध जाति ब्राम्हण र पारसीको उत्पत्ति भयो । सम्राट अशोकले बामियानमा विशाल बुद्ध प्रतिमा निर्माण गराएर सम्पूर्ण विश्वलाई चकित पारेका थिए कुनै समयमा आर्थिक रुपले समृद्धशाली राष्टू रहेको यो राष्टू व्यापारमा धेरै नै अग्रणी थियो । विदेशीको लागि यो आकर्षणको केन्द्र रहेकोले यहाँ पर्यटन क्षेत्र खुबै फस्टाएको थियो राजधानी काबुलको प्राचीन सौन्दर्यको आफ्नो छुट्टै पहिचान छ । काबुल शहर चारदेह, बगराम घाटीको बीचमा काबुल नामको नदी दुई तर्फ रुपमा बग्ने गर्छ । यसलाई लुडा दरिया भनिन्छ । शहरको बाहिर एउटा पहाडमाथि बालाहसार नामको महलतर्फ एउटा ठूलो किल्ला पनि छ पहिले यहाँ अफगान सम्राटको निवास हुने गथ्र्याे । वर्तमान समय यहाँ सैनिक एकेडेमी छ । यसको नजीक पहाडी छ यहाँ स्व. नादिर शाहको मकबरा र यसको बीचमा एउटा मस्जिद छ । जसको प्रयोग उत्सव आदिमा गरिन्छ । अश्क–ए–शाही सम्राटको दरबारको नाम हो । काबुल शहरदेखि ४ मील दक्षिण पूर्वमा महल सल्नु नामको विशाल भव्य भवन छ । वर्तमान काबुलदेखि २५ मीलको दूरीमा छ । स्व. शाह अमानुल्ला खाँले यसको निर्माण गराएका थिए । अफगानिस्तानमा ८ वटा ठूलो र ६ वटा सानो प्रान्त छ । ठूलो प्रान्तमा काबुल, कान्धार, हेरात, नरिस्थान, मजारे शरीफ, कटागंना, निंगरदार र पाटिका अथवा पकतिया रहेको छ भने सानो प्रान्त नेमनाह, फाराह, बदख्शा, ग्रेशाक, हरवान र गजनी हुन् । काबुलमा शिख समुदायको कैयन गुरुद्वाराहरु छन् । काबुलको अजायबघर संग्रहालय सम्पूर्ण एशियामा प्रसिद्ध छ । काबुल कोहदामन तथा कान्धारको अनार र अंगुर खेतीमा प्रसिद्ध छ । काबुल शहरमा धेरै हिउँ पर्ने गर्छ । हजाराजातमा त हिउँका ठूला ठूला डल्ला नै खस्ने गर्छ । काबुल जिल्लामा समय–समयमा भुइँचालो जाने गर्छ यस कारण घरहरु हानी नोक्सानी नहुने खालको निर्माण गर्ने गरिन्छ । बामियानका शहरे गलगलालाई विरान नगर भनिन्छ । १३औ शताब्दीमा चंगेज खानका नाती मोतांगनले यहाँका शासक जलालुद्दीनमथि आक्रमण गरी नागरिक र पशुहरुको निर्ममताले हत्या गरि शहरलाई बिरानो पारेका थिए । यस कारण यस शहरलाई मावबालग अर्थात मनहुस शहर भन्ने गरिन्छ । कान्धार अफगानिस्तानको सबै भन्दा ठूलो राज्य हो यहाँ ऊनी कपडाको ठूलो ठूलो उद्योगहरु छन् । यहाँ अंगुर सुकाएर मुनक्का बनाइन्छ यहाँ अखरोट र खुवानीको उत्पादन बढी हुन्छ । हेरातमा गहुँ खेती बढी हुन्छ । यहाँका कालीन कुर्क र रेशमी ऊनी कपडा, फल, सुर्ती, छाला र जडीबुटी विदेशमा निर्यात गरिन्छ । टाढा–टाढाका व्यक्ति मजारे शरीफ, हजरत मुहम्मद स.का ज्वाई खलीफा अलीको मजारमा दर्शन गर्न पुग्छन् । यहाँका घोडा विश्व विख्यात छन् ।
अन्य पर्यटकीय स्थान कटागंना, निरदार, पटिका अथवा पकतियाका व्यक्ति धेरै बहादुर हुन्छन् । यिनीहरु उड्दै गरेको चरा वा उड्दै गरेको विमानसम्मलाई खसाउने क्षमता राख्छन् । पगमान काबुलदेखि १९ किमि टाढा छ एउटा बारुदी सुरंग २६०० किमि लामो छ र चौडाई ११०० फुट अग्लो रहेको छ । यसको अतिरिक्त पुल–ए–खुमारी सुर्ख कोल्ल, लश्कर गाह वोस्त, बन्दे अमीर, बगराम, कान्धार, सुल्तानपुर, फैजाबाद नामको ठाउँहरु छ । अफगानिस्तानको झील बडो सुन्दर र आकर्षक किसिमका छन् । केही झीलहरुको पानी नुनिलो छ हामेरी हलमा अथवा गर्दी जीराह नामको यो झीलको पानी संसारदेखि सबै भन्दा बढी नुनिलो छ । गजनीको १० मील दक्षिणमा आब–ए–एस्तादा र सादीकलशेरा नामक ठूला ठूला झीलहरु पनि छन् । बगमानको नजीक गुलियो पानीको पहाडमाथि एउटा झील छ यसलाई हौज खास भनिन्छ । २१ मे.लाई राष्ट्रिय पर्वको पहिलो दिन मानिन्छ जसलाई गैरोज भनिन्छ ।अगस्तको अन्तिम हप्तामा स्वतन्त्रता दिवस जश्न ए आजादी मनाइन्छ । हिन्दु, सिखहरु काबुल, जलालाबाद र कान्धारमा मात्र बस्छन् । यहाँ क्रिश्चियन भने निवास गर्दैनन् । जुन पठान कबीला पुराना छन् आज पनि खानाबदोसको रुपमा छन् उनीहरु घाँटीलगायतमा पुराना ढंगका चाँदीका आभूषण लगाउँछन् । आर्याना एयरवेजमा अफगान केटीहरु एयरहोस्टेसको रुपमा अहिलेसम्म कार्य गर्दै आएकी थिइन् । साधारण प्रकारका पठान चप्पल अथवा जुत्ता सलवार कमीज कमरबन्ध र पगरी लगाउँछन् ।
यहाँ फुटबल भलिबल खेल प्रसिद्ध छ खानाबदोस पठानहरुकोसंख्या २४ लाख भन्दा बढी छ यिनीहरु निशानेबाज र शिकारी हुन्छन् पहाड चढ्नमा धेरै निपूर्ण हुन्छन् । अफगानिस्तानमा खुला क्षेत्रको धेरै विकास भएको थियो फिरदौसी, खुशहालखान, रब्बिया अबुसीना, रुमी, अमीर खुसरो, जामेई रहमान बाबा यहाँका प्रसिद्ध कवि थिए । अफगानिस्तानका ज्योतिषी भेडाको खप्पर हेरी भविष्यवाणी गर्छन् । काबुलबाट अनीस र अल इसलाई नामको २ वटा समाचार पत्र प्रकाशित हुन्छ यस मध्येको एक मासिक पत्रिका आर्याना महिलाहरुको लागि मात्र प्रकाशित हुन्छ । अहिले यस राष्ट्रमाथि पाकिस्तानको कुदृष्टि परेको छ । जसको कारण त्यसले तालिबानी नामको शैतानलाई जागृत गरी निर्वाचित सरकारलाई धपाई पुरै अफगानिस्तानमाथि कब्जा गरेको छ । तालिबानलाई पाकिस्तान र चीनले सैन्य सहयोग दिई त्यहाँ कब्जा
गराएको छ । यो कार्य चीन, पाकिस्तानको आक्रमण जस्तो हो यसलाई बचाउन नर्दन एलायन्स पुनः संगठित बन्न थालेको छ । राष्ट्रपति अशरफ घानी युद्ध नै नलडी देश छाडेपछि अफगानी नागरिक अहिले बिचल्लीमा परेका छन् तर अफगानका उपराष्ट्रपति मकरुल्ला सालेहले यसबीच तालिबानसँग युद्ध लड्ने भनेकोले आगामीसमय अफगानिस्तान आतंकवादीबाट मुक्त हुने सम्भावना बढेको छ । अहिलेसम्म नर्दन एलान्सले तालिबानसँग ५ वटा प्रान्त खोसी सकेको छ । उपराष्ट्रपति सालेहले तम्शीराबाट आफ्नो योद्धा संकलन गर्ने कार्यमा लागेका छन् ।



