Friday, May 15सत्यम खबर
Shadow

बिचार

डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी

डेमोक्रेसी भर्सेज ब्युरोक्रेसी

बिचार, राजनीति, समाज
मनिषराज रेग्मी०४६ सालमा जनमानसले एतिहासिक जनआन्दोलनबाट नेपाल समृद्ध बन्छ, अब जनताको छोराहरुले जनचाहना अनुसार शासन चलाउने छन् भनेर ठुलो आशा र भरोसा राखेका थिए, ३० बर्षे निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य सँगसँगै परिवर्तनकारी शक्तिहरुले छोटो समयमा बिश्व कै उत्कृष्ट संविधान भन्दै २०४७ सालमा जारी गरे र त्यसको नेतृत्व गर्ने पार्टीलाई अर्थात नेपाली काँग्रेसलाई ५ बर्ष शासन गर्ने म्याण्डेट दिए, २०४९ सालमा स्थानीय निर्वाचन भयो, जनप्रतिनिधिमुलक शासन प्रारम्भ भयो तर सत्ता परिवर्तनको असर ब्यवस्थामा परेन, कर्मचारीको भरमा कार्य सम्पादन हुँदै गयो, ३० बर्षभन्दा बढी संघर्ष गरेका नेताहरु कर्मचारीलाई पैसा कमाउने जरियाको रुपमा प्रयोग गर्दै गए, पुराना कर्मचारीको ठाउँमा राजनीतिक दलका कार्यकर्तालाई भर्ना गर्न थालियो, बामपंथी र प्रजातान्त्रिक धारका कर्मचारी संगठनहरु भातृ शुभेच्छुक संस्थामा परिणत भए, न्यायपालिका, ...
कोरोना महामारी र स्थानीय स्वास्थ्य सेवा

कोरोना महामारी र स्थानीय स्वास्थ्य सेवा

प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
भुपेन्द्र शाहीविश्व नै कोरोनाले आक्रान्त छ। बच्चादेखि वृद्धसम्म सबैको मनमा त्रासले डेरा जमाएको छ। यो त्राससँग स्वास्थ्यकर्मीहरु एकल लडाईं लडिरहेका छन्।जब ठूला निजी अस्पताल र ठूला चिकित्सकहरुले कोरोनाका नाममा बिरामीको सामान्य उपचार बन्द गरे, त्यतिबेला ग्रामीण भेकमा बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य तथा पिसिआर परीक्षण गर्ने र संक्रमित मानिसहरुलाई आइसोलेसनमा राख्ने काम स्थानीय सरकार र स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुको काँधमा थियो। सीमित साधनस्रोतका बाबजुद पनि स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले अहोरात्र खटिएर जोखिमपूर्ण कार्य सम्पादन गरेका थिए।आइसोलेसन र क्वारेन्टाइनमा रहेका सेवाग्राहीहरुले स्वास्थ्यसँग असम्बन्धित माग पूरा नहुँदा समेत सेवाग्राहीहरुद्वारा स्वास्थ्यकर्मी कुटिनु परेको थियो। समुदायमा कोरोना सर्छ भनेर डेराबाट निकालिनु परेको थियो। सरकारले जोखिम भत्त...
एउटाको रगत झिकेर अर्कोमा, गर्ला त यसले कोरोनामा काम ?

एउटाको रगत झिकेर अर्कोमा, गर्ला त यसले कोरोनामा काम ?

प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
– छत्र कार्की जर्मनीको एक अस्पतालमा कोरोना बिरामीको उपचार निम्ति रगत र प्लाज्मा संकलन गरिँदै । तस्बिरः रोयटर्सजर्मनीको एक अस्पतालमा कोरोना बिरामीको उपचार निम्ति रगत र प्लाज्मा संकलन गरिँदै ।कोभिड–१९ ले दिनहुँजसो दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीको ज्यान लिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० अप्रिल १५ यता कोभिड–१९ का कारण विश्वभर दैनिक औसतमा ७ हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भइरहेकोे छ । कोरोनाविरुद्ध भ्याक्सिन सर्वसुलभ नभएसम्म सामाजिक कहर र मनोवैज्ञानिक त्रास कम हुने सम्भावना देखिँदैन ।अस्पताल भर्ना गरिएका अतिजटिल अवस्थाका कोरोना पोजेटिभ बिरामीलाई गरिने उपचारात्मक पद्धतिमध्ये ‘प्लाज्मा थेरापी’ प्रमुख रहेको छ । विकसित अमेरिका, युरोपदेखि विकासशील भारत, नेपालसम्म आइसियु वा भेन्टिलेटरमा राखिएका यस्ता बिरामीलाई यो थेरापी दिइँदै आएको छ ।कोरोना बिरामीलाई ...
महामारी र लकडाउनबारे बुझ्नुपर्ने दुईवटा पाटा

महामारी र लकडाउनबारे बुझ्नुपर्ने दुईवटा पाटा

बिचार, समाज
– वीरेन्द्रबहादुर बस्नेत कोभिड–१९ महामारीबारे हामी सबैले बुझ्नुपर्ने दुईवटा पाटा छन् ःपहिलो, यो महामारी केही वर्षसम्म रहिरहने छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले पनि थप दुई वर्ष लाग्ने बताएका छन् । यसको भ्याक्सिन निस्के पनि सम्पूर्ण देशवासीले लगाइसक्न निकै समय लाग्ने देखिन्छ । दोस्रो, यो महामारीको समाधान निषेधाज्ञा र लकडाउन मात्र होइन । सम्पूर्ण देशवासीले भ्याक्सिन नलगाएसम्म पूर्ण उन्मूलन भयो भनेर भन्नै सकिन्न ।हामीकहाँ संक्रमण बढ्नेबित्तिकै लकडाउन गरिन्छ, जुन पछिल्लो पाँच महिनादेखि हामीले भोगिरहेका छौं । लकडाउन भनेको रोकथामका उपाय अपनाउने, अस्पताल, चिकित्सकको थप व्यवस्थापन, आइसोलेसन सेन्टर, जनजागरण कार्यक्रम आदिका लागि हो । अहिलेसम्म १२ अर्ब रूपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर परिणाम खासै देखिएको छैन ।यसको मार हाम्रो अर्थतन्त्रले खेप्नुपर्नेछ । हाम्रा पछिल्ला आर्थिक सूचकांकहरू हेर्दा...
‘डोजरे विकास’ को अर्थ राजनीति

‘डोजरे विकास’ को अर्थ राजनीति

प्रदेश ५, बिचार
यो लेख एउटा ‘फास्ट फर्वाड’ कथाबाट सुरू गरौं । कथाको प्लट यस्तो छ–कुनै अमुक गाउँपालिकामा जेठको अन्तिम साता सडकको ट्रयाक खोल्ने कामका लागि गाउँपालिका र उपभोक्ता समितिबीच सम्झौता– असार १५ सम्म निर्माण सम्पन्न– असार २० सम्म नापजाँच तथा अनुगमन– असार २५ मा रकम भुक्तानी– योजना सम्पन्न !गाउँमा डोजर आयो, बाटो आयो भने खुसीयाली– असार २८, २९ तिर एक झर राम्रै बर्खे पानीको आगमन– भर्खर बनेको सडकको अधिकांश भाग समाप्त ।सडक यहाँ थियो कि ? भन्नु पर्ने अवस्था । अर्थात् खोइ गाई, खोलाले बगायो ? खोइ, खोलो सुक्यो‘! – महेश पराजुली कथा समाप्त ।यो हाम्रा धेरै गाउँघरको साझा कथा हो । बिना वातावरणीय अध्ययन, बिना प्राविधिक तयारी हतार–हतार ‘डोजर’ प्रयोग गरी रातारात खनिएका अधिकांश बाटा यति कमजोर हुन्छन्, सानो बर्खे झरी पनि यिनले थाम्न सक्दैनन् । कसैले जिम्मेवारी लिनु नपर्ने यो खालको विकास धेरै स्थानीय तहको यथार्थ हो...
साताको एक दिन ब्रत बसौं

साताको एक दिन ब्रत बसौं

बिचार, शिक्षा/स्वास्थ्य, समाज
– डा अरुणा उप्रेती ‘यसपालिको तीजमा नो ब्रत प्लिज’ गीतले धेरै बहस उत्पन्न गरायो । आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।यो गीतमा धेरैले आ–आफ्नै राय दिए । तीजको ब्रतबारे बेग्लै बहस होला ।म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला–पुरुष दुवैलाई भन्छु– हरेक साता ब्रत बसौं प्लिज ।यो लेख गाउँका आधा पेट खाने वा एक छाक मात्र खाएर सुत्ने व्यक्तिहरूका लागि होइन । गाउँमा खेतमा काम गर्ने किसान, बन्दाबन्दीका बेलामा पनि मजदुरी गरेर घर चलाउने मजदुर परिवारका लागि पनि होइन । न गरिबीका कारण ‘स्वत’ ब्रत बस्नु पर्ने बाध्यता भएकालाई हो ।यो तपाईं–हामी जस्तो पत्रिका पढ्ने, बन्दाबन्दी बेलामा फिल्म हेरेर समय बिताउने, सहरिया जीवनशैली भएकाहरूका लागि हो ।विभिन्न धर्ममा ब्रतले स्थान पाएको छ । यस्ता ब्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन । हरेक जात र विश्वासअनुसार कसैले ल...
कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुट नै हो !

कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुट नै हो !

आर्थिक, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
पूर्ण प्रसाद ढकालअधिवक्ता नेपालगन्ज, २७ श्रावण– नेपालगन्जमा एक से एक राम्रो होटलहरु छन ! प्रतिस्पर्धात्मक मुल्यमा होटलमा कोरोनाका बिरामी राख्दा गुणस्तरीय र सस्तो मूल्य पर्ने गरी राख्न सकिँदैन ? एउटा स्टाण्डर्ड कोठालाई हिजो सबथोक सहज भएका बेलामा समेत तारे होटेलले १५०० मा सबै सुविधा दिएर राखे कै थिए !आज सोल्टी होटलले समेत वरिपरिका खेतमा लागेका हरिया धान हेरेर बस्नु परेको बेला एक रात सुतेर, दुई छाक खाएको अन्य होटलले यो बेला ४०००÷५००० लिन मिल्छ ? कोरोना पोजेटिभ भएका बेला मानिस बिरामी भएर आफैमा चिन्तित हुन्छ, परिवार त्रसित हुन्छ, त्यो माथी होटलमा तिर्नु पर्ने यो दैनिक मुल्यले बिरामीको चिन्ता के बढाउँदैन होला ?हो, होटलमा ब्यवस्थापन गर्नु निकै राम्रो हो, सुबिधा हो, गर्नु पर्ने र हुनु पर्ने कुरा भए कै छ, तर त्यसको नाममा यति चक्रो मूल्य वास्तविक हो भने कुरा नघुमाई भन्न चाहन्छु यो ब्रमलुट नै हो !...
योग्यहरूको असक्षम सेवा !

योग्यहरूको असक्षम सेवा !

बिचार, शिक्षा/स्वास्थ्य
– शंकरप्रसाद अधिकारी नेपालको निजामती सेवालाई ’योग्यहरूको असक्षम सेवा’ भनेर चिनिन्छ। कर्मचारी योग्य छन्, तर कार्य सम्पादन सन्तोषजनक छैन । अर्थात, व्यक्तिगत क्षमता संस्थागत कुशलतामा रूपान्तरण हुन पाउँदैन । तर समस्या संस्थागत क्षमताको मात्र होइन, व्यक्तिगत दक्षताको पनि हो । सेवाको विशिष्टीकरण नहुनु पनि अदक्षताको एउटा प्रमुख कारण हो । यो लेख प्रशासन सेवा अन्तर्गतका राजस्व र लेखा समूहको विशिष्टीकरणका मुद्दाहरूको सम्बन्धमा केन्द्रित छ । निजामती सेवा ऐन, २०४९ ले कार्य प्रकृतिका आधारमा दस वटा सेवाहरू गठन गरेको छ । यीमध्ये संगठन र कर्मचारी संख्याका आधारमा सबभन्दा ठूलो आकार प्रशासन सेवाको छ । विशिष्ट प्रकृतिको काममा विशिष्ट योग्यता र अनुभव चाहिने सन्दर्भमा सेवाभित्र पनि समूह गठन गरिएको हुन्छ । इञ्जिनियरिङ लगायत अन्य कतिपय सेवामा त उपसमूह पनि छन् । प्रशासन सेवा अन्तर्गत हाल सामान्य प्रशासन, राजस्व र ...