Tuesday, April 21सत्यम खबर
Shadow

रङ्ग बिराङ्गी पतंग उडाऔं

मिति २०७८ श्रावण १६ गते
शिवराज साहु
आज पनि जब आकाशमा उडीरहेको पतंग हेर्दछु तब लाग्छ की बालापन जिंदा भैरहेको छ । जीवनको प्रति उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन महशुस गर्नु हुन्छ भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भरना सक्नुहुन्छ ।


“बालापनलाई बालापनको जस्तो नै जिउन दिनुहोस् । बालापनमा बच्चाहरु माथि धेरै जिम्मेवारीहरु न थोप्नुहोस्”
बालापनमा मलाई पतंग उडाउन अति नै प्रिय थियो अर्थात शौक थियो । हाम्रो बेलामा बालापन र पतंगको एक आपसमा गहिरो सम्बन्ध रहने गर्दथ्यो । आज पनि अब म आकाशमा पतंगलाई उडेको देख्छु, त मेरो मन पुरोनो आफ्नो बालापनको त्यो अवस्थालाई सोच्दै उत्साहले भरी हाल्छ । आज वर्तमान समयमा पतंग आवश्य उडाउन सक्दैन तर घरको छतमा बसेर रङ्ग बिराङ्गी पतंगलाई उडेको हेरेर आफ्नो पुरानो बालापनको यादहरुमा जरुर हराई हाल्छु ।


आँखा बन्द गरेर केहि समयको लागि आफ्नो बाल स्वरुपलाई सम्झिने गर्दछु ।
एक बालकलाई एउटा कटेको पतंगहरुको पछाडी दौडेको हेर्छु । साथीहरुसँग कागजको पतंग बनाउने गरेको हेर्छु । मांझ्झालाई धारिलो बनाउन बिग्रेको बत्तिको बल्ब वा राडलाई सानो–सानो मसिनो गरी पिसी सादा धागोमा भात एवं पिठोबाट बनेको ल्येय (पिठोबाट बनेको एक प्रकार गम) ले एक ठाउँबाट अर्को ठाउँमा बाँधेर मजबुत र बलियो बनाउने प्रयास गरेको देख्छु किन की कसैले पनि पतंग काट्न नसकोस् ।


मानिसको भविष्य र पतंगको कथाको एउटै रुप
मानिसको भविष्यको फल र पतंगको कथाको एउटै रुप अर्थात कुनै–कुनै पतंग शीर्ष (माथि) सम्म जान्छ र घण्टौं आकाशमा उड्न सफल हुन्छ । केही पतंगहरु एक आपस पेंच लडाउँछन् र कटेर धेरै टाढा गैहाल्छन् । यो कटेको पतंग मानिसको भविष्य फल र वर्तमानमा चलिरहने घट्ने घटनाहरुको फललाई दर्शाउँदछ । अर्थात हामीहरु उडेपछि पतंग सरी कट्न पनि पर्दछ । आकाशमा उड्दै गरेको पतंगलाई हरेक त्यो दोश्रो उड्दै गरेको पतंग सँग पेंच लडाउनलाई तयार रहना पनि अतिआवश्यक हुन्छ । यस्तो स्थितीमा पतंग कट्न पनि सक्छ र पतंग काट्न पनि सक्छ । म चाहान्छु कि मेरो व्यस्त रहने साथीले पनि समय मिलेमा पतंग उडाउन, तर उसलाई पतंगबाजी (पतंग उडाउने) चाहाना कहिले पनि रहेन । एक पटक मैले धेरै जिद गर्दा उसले एकलैनी बजारबाट केही पतंग किनेर ल्याओ साथै चरखी, धागो र मांझ्झा पनि किनेर ल्याओं, तर के गर्ने उसले कहिले पनि पतंग उडाको थिएन । उसले राम्रो सँग पतंग किन्न (पतंगलाई बाध्ने धागो) पनि बाध्न सकेन तर केहि बेरको प्रयासले ऊ सफल भयो । केहि बेरको प्रयासले पतंग उड्यो र दोश्रो पतंग सँग पेंच पनि लड्यो । तर उसको पतंग केही बेर पछि कट्यो । त्यसपछि पंतग उडाउन कें पतंगलाई वाहियात समय खेर गयो भनेर भन्न थाल्यो । मलाई पतंग उडाउन सुडाउन आउँदैन ।


आकाशमा उड्दै गरेको पतंगलाई हेरेपछि
आज पनि जब आकाशमा उडिरहेको पतंग हेर्दछु तब लाग्छ की बालापन जिंदा हुँदैछ । जीवनकोप्रति उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन महशुस गर्नु हुन्छ भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भरना त सक्नुहुन्छ । आजको संक्रमित अवस्थामा पतंग हामीलाई उडना पनि सिखाउँछ । जबकी एक तिर यसले सत्यसँग पनि हाम्रो सामना गराउँदछ कि जीवनको यसै प्रकारको नै गति हुनुपर्छ । पतंगको जस्तो उडौं र कटेर कतै दूर गैेहाल्छौं अथवा जस्को पतंग कटिहाल्छ त्यो मान्छे धेरै समय सम्म उदास रहँदैन र अर्को पतंग उडाउँछन र सामुने उद्दै गरेको पतंगसँग पेंच पनि लडाउँदछन् । यो मानिसको जिउँने इच्छालाई इशारा गर्दछ । कुनै व्यक्तिको जबसम्म जिउँने इच्छा बाँकी छ । तबसम्म वास्तवमा उसको जीवन बचेको छ । यसकारण मानिसलाई खासेर फेरी उठने र हिँड्ने अर्थात पतंगहरुको भाषामा भन्नु पर्दा उड्नको लागि तयार हुनुपर्दछ । वा सफलता नपाए पनि सफलता पाउने गुण सिखन सकिन्छ । त्यसैकारण अब म पतंगलाई राम्रोसँग उडाउन सक्दैन वा समय मिल्दैन, रङ्ग बिराङ्गगी पतंगलाई आकाशमा उडेको देखेर नै खुस हुने गर्दछु । यसलाई जीवनको बितेका यादहरुसँग पनि जोडेर हेर्ने गर्दछु र आफ्नो मन भित्र रहेको बच्चालाई जीवित राख्ने गर्दछु ।


मलाई लाग्छ कि
हामी उमेरमा जती ठुलो भए पनि कही कतै हामी भित्रको बच्चाले हामीलाई जिउने आधार दिराख्ने गर्दछ । अर्थात हामी भित्रको बालापन बुढो भयो भने जिन्दगी रसहीन र अर्थहीन भैहाल्छ । त्यसैकारण जति समस्या आए पनि आफू भित्रको बालापनलाई बुढो हुन दिनु हुन्न ।
आफ्नो बच्चाहरुलाई पनि पतंगबाजी (पतंग उडाउने) खेल सँग जोड्नुहोस् ।
तपाईको आफ्नो बच्चाहरुलाई पतंगबाजी (पतंग उडाउने) जस्तो रोमांचकारी खेलहरु सँग जोड्नुहोस् । मेरो विचारले मानिसहरुले मेरो यो कुरालाई मनन गर्छन कि जब जब हामीले पतंग उडाउँछौं, त हामी कति उत्साहित भै हाल्छौं । आनन्दले भरिहाल्छौं । जब हाम्रो पतंग आकाशको उचाईलाई छुने गर्दछ तब हाम्रो मनमा बेग्लै किसिमको प्रसन्नता आउने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *