समालोचना संग्र्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम सम्पन्न
नेपालगन्ज, १८ श्रावण – बाँकेको नेपालग्जमा रहेको भेरी साहित्य समाज केन्द्रीय समिति भाषा तथा समालोचना विभागद्वारा एक समालोचना संग्र्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम श्रावण १७ गते नेपालगन्जमा सम्पन्न भएको छ ।
वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समालोचक मीना बरालको दृष्टिविम्ब समालोचना सङ्ग्रहको विमोचन तथा परिचर्चा र डा.राजकुमार थारूको थारूसाहित्य र अन्य समालोचना लेक प्रसाद प्याकुरेलको सम्यक दर्शन समालोचना कृतिको क्रमशः लेक प्रसाद प्याकुरेल, ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’ र डा. पुष्कर नाथ रिजालले गरेका थिए ।
कार्यक्रममा कवि इन्दिरा गौतमको इन्दु कविता सङ्ग्रहको परिचर्चा समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । ई कृतिहरू बाँकेको साहित्य समालोचनामा ऐतिहासिक महत्व राख्ने छन् । प्रमुख अतिथि सनत रेग्मी, विशिष्ट अतिथि नरेन्...









