Tuesday, November 4सत्यम खबर
Shadow

भारतीय प्रहरीको निगरानीमा रहेका जिहादी मौलाना नेपालको नरैनापुरमा खुलेआम मदरसा सञ्चालन गर्दै

नेपालगन्ज, १३ श्रावण – नेपाल भारत सीमाको भारतीय क्षेत्रमा धार्मिक शिक्षाको नाममा आतंककारी संगठनको सहयोगमा अवैध, राष्ट्र बिरोधी, अपराधिक गतिविधिमा संलग्न मदरसाहरुलाई भारत सरकारले ध्वस्त गरी सकेपछि यी मदरसाका मौलानाहरुले नेपालमा अवैध रुपमा मदरसा सञ्चालन गरी अपराधिक गतिविधि गरिरहेको खुलासा भएको छ ।

प्राप्त जानकारी अनुसार भारतको श्रावस्ती जिल्ला भरथा रोशनगढ ग्रामसभा गाउँ रोशनपुर्वा बस्ने मौलाना इजहारुल हकले भारत नेपाल सीमामा भारतीय क्षेत्रमा रहेको रोशनपुर्वा गाउँमा आतंककारी गतिविधि गरी अवैध रुपमा सञ्चालन गरेको मदरसालाई भारत सरकारले महिना दिन अगाडी भत्काएपछि उनै भारतीय नागरिक मौलाना इजहारुल हक खाँले नरैनापुर गाउँपालिका वडा नं. २ रोशनपुर्वा गाउँमा करामत खाँको छोरा जाकिर हुसेन खाँको घरमा अवैध रुपमा विगत ६ महिनादेखि मदरसा सञ्चालन गर्दै आए छन् ।

धार्मिक शिक्षाको नाममा इजहारुल हक खाँले अवैध रुपमा भारतमा सञ्चालन गरेको मदरसामा बालबालिकालाई जिहादी र आतंककारी शिक्षा दिएको आरोपमा केही समय अगाडी भारत सरकारले उक्त मदरसा भत्काएको थियो । बालबालिलाई जिहादी आतंकवादी बनाउने उद्देश्यले अवैध रुपमा भारतीय नागरिक मौलाना इजहारुल हक खाँले नेपाली भूमिमा सञ्चालन गरेको मदरसामा भारत र नेपालका गरी १०० भन्दा बढी बालबालिकाहरु अध्ययनरत रहेको जानकारी प्राप्त भएको छ ।

अवैध गतिविधिमा संलग्न जिहादी मानसिकताका मौलाना इजहारुल हक खाँले भारतमा अवैध रुपमा सञ्चालन गरेको मदरसाको सम्बन्धमा केही अगाडी भारतीय मिडियाले समेत समाचार सम्प्रेषण गरेको थियो ।

भारतीय प्रहरीको निगरानीमा रहेका मौलाना इजहारुल हक खाँ नेपाली भूमिमा खुलेआम अवैध रुपले मदरसा सञ्चालन गरी नेपाली र भारतीय बालबालिकालाई जिहादी बनाई रहेतापनि नेपाली पुलिस प्रशासनमा मौनता छाएको छ । दर्ता बिना कुनै पनि विद्यालय सञ्चालन गर्न नसकिने कानूनी व्यवस्था शिक्षा ऐन र नियमावलीले गरेको छ । अवैध रुपमा सञ्चालित उक्त मदरसालाई दुरुपयोग गरी आतंकवादी गतिविधिमा संलग्न पक्राउ गरी कानून बमोजिम कार्वाही गर्न र उक्त मदरसालाई तत्काल बन्द गर्न स्थानिय बासिन्दाहरुको माग रहेको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुर थाना प्रमुखलाई यसबारे प्रश्न गर्दा उहाँ आफै अनजान रहेको तथा यसबारे आफूलाई जानकारी नभएको हुँदा मदरसा अवैध व वैध के हो सो सम्बन्धमा जानकारी लिएर मात्र बताउने जानकारी गराउनु भयो ।

यसबारे नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले भने– करीब १ महिना अगाडी भारत सरकारले कार्वाही गरेको समाचार सुन्नमा आएको थियो । तर उनी हाल हाम्रो पालिका भित्र रहेको बारे अनभिज्ञता प्रकट गरेका छन् ।

महिनामा हप्ता दश दिन मात्र कार्यालयमा उपस्थिति रहने नरैनापुर गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुलाई फोन गर्दा फोन समेत उठाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *