Monday, December 8सत्यम खबर
Shadow

शुभविहानी मर्निङ्ग वाक समुहद्वारा सामाजिक गतिविधि” गुप्ता र घर्तीमगर सम्मानित

नेपालगन्ज १७ श्रावण – १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशीपमा स्वर्ण पदक विजेतालाई सम्मान गरिएकोछ । बाँकेको नेपालगन्जबाट प्रतिनिधित्व गर्दै थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशीपमा स्वर्ण पदक विजेता नेपालगन्जका मोहित गुप्तालाई सम्मान गरिएको हो ।

शुभ विहानी मर्निङ्ग वाक समुहले शनिबार विहान मंगल प्रसाद उच्च माविमा एउटा कार्यक्रम गरि सम्मान गरिएको हो ।

आफ्नै ब्यक्तिगत खर्चमा प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्दै नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर–७ निवासी खेलाडी गुप्ता सहभागिता जनाएका थिए ।

थाइल्याण्डको पटायामा भएको उक्त प्रतियोगितामा नेपालगन्जका मोहित गुप्ताले एक गोल्ड र एक ब्रोन्जि स्ट्रेन्थ प्राप्त गरेका थिए ।

शुभ विहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको सम्मानमा देशको नाम अन्तर्राष्ट्रिय जगतमा उचो राख्ने कार्य गरेको भन्दै गुप्तालाई सम्मान गरिएको हो ।

सोक्रममा बोल्दै संयोजक श्रेष्ठले राज्यले खेलाडीलाई सामान्य सम्मान समेत दिन नसक्नु विडम्बना भएको टिप्पणी गरे । उनले भने–अन्तराष्ट्रिय स्तरमा नेपालगन्ज र सिंगो देशलाई नै चिनाउन सफल गुप्तालाई स्थानीय सरकारले सम्मान गर्न सकेन ।

तीन तहको सरकार भएतापनि खेल, खेलाडीका लागि उचित बजेट तथा कार्यक्रम नहुँदा यसक्षेत्रमा आर्कषण घट्दै गएकोले यसप्रति जिम्मेवार हुन आग्रह गरे ।

यस्तै शुभ विहानी मर्निङ्ग वाक समुहका सचिव लोकबहादुर शाहले खेल क्षेत्रमार्फत आफु र आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउदै अन्य युवाहरुलाई खेलकुद क्षेत्रमा आर्कषित गराउने कार्य गुप्ताले गरेको बताए ।

उनले भने–‘राज्यको तर्फबाट गुप्ता पुरस्कृत र सम्मानित हुनुपर्ने थियो तर, त्यसो हुन सकेन । यो समुहले उनले पाएको सम्मानलाई उच्च कदर गर्दै सम्मान प्रदान गरेका हो ।

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपमा सहभागी गोल्ड मेडेल विजेता मोहित गुप्ताले आफ्नै ब्यक्तिगत खर्चमा सहभागि भइ देश र खेलक्षेत्रको नाम उचो राख्दासमेत स्थानीय सरकारको उदासिनता सोधपुछ समेत नगरेको दुखोसो पोखे ।

उनले भने–‘देशका लागि खेलक्षेत्रबाट केही गर्छु भनेर कम्मर कसेर अघि बढेको हुँ, यसअघिको काजिस्तानमा भएको प्रतियोगितामा समेत आफ्नै खर्चमा पुगेर एक सिल्भर र एक ब्रोन्जि जितेँ ।’

खेल र खेलाडी क्षेत्रको विकासका लागि स्थानीय तहले आवश्यक बजेट तथा कार्यक्रम गरिनुपर्ने उनको

भनाईछ ।

सोहीक्रममा शुभविहानी मर्निङ्ग वाक समुहले ४८ घण्टा निराहार पैदल हिँडेर तीर्थ घुमी फर्केका नेपालगन्ज वडा नम्बर–७ कै घनश्याम घर्तीमगरलाई सम्मान गरेकोछ । घनश्यामले भारत विहारको सुल्तानगन्जदेखि झारखण्डस्थित बाबाधाम देवघरसम्म नाङ्गो खुट्टाले यात्रा पुरा गरि बोलबम जाँदा धार्मिक क्षेत्रमा आर्कषण बढाएको भन्दै सम्मान गरिएको हो ।

सोक्रममा सम्मानित हुने स्वर्ण पदक विजेता मोहित गुप्ता र धार्मिक यात्रा पुरा गर्ने घनश्याम घर्तीमगरलाई शुभविहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठ, सचिव लोकबहादुर शाहले खादा ओढाएर सम्मान गरेका थिए ।

शुभविहानी मर्निङ्ग वाक समुहका उत्तम श्रेष्ठले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा समुहका सदस्य विश्वजित तिवारी, विजयरत्न श्रेष्ठ, ‘नेपाल प्रेस युनियन बाँके- केन्द्रीय पार्षद कुन्तलराज शर्मा, निवर्तमान जिल्ला सचिव विजय मल्ल’, समुहका सदस्य तथा स्थानीयबासी लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *