पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका
नेपालगञ्ज, १३ असोज । नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाउने काम शुरु भएकोछ। नेपालगञ्ज उप महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको जनाएको छ ।
पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कव्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथबाट अतिक्रमण हटाउने अभियान शुरु गरेको हो ।
ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान,बोर्ड,मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरुपता बढदै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेतरोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो ।
प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल, वडा नम्बर ४ का अध्यक्ष मो.सफीक वेहना,२ नम्बर वडा अध्यक्ष सुनिलसिंह हमाल, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनोजीया, नगर प्रहरी सहितको टोलीले नेपालगञ्ज मेडिकल ...


