खजुरा स्थित बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सव सम्पन्न
नेपालगन्ज, २८ श्रावण – बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सव तथा रक्तदान कार्यक्रम आज बुधबार सम्पन्न भएको ।
उक्त अवसरमा १ सय ४ पटक रक्तदान गरी सक्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाललाई सम्मान गरिएको छ ।
सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा खजुरा गाउँपालिका वार्ड नं. ५ स्थित रहेको बाँके सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष अब्दुल कादीर शेष, कार्यकारी निर्देशक डा.मोहम्मद अनश शेष र हस्पिटलकी आमना शेषले संयुक्त रुपमा रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी र सन्दिप आचार्यलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा बाँके सिटी हस्पिटल प्रा.लि.का तसरीफ खान, फरमान शेष, मोहम्मद नकी खान, सिंह बुढाथोकी, बीर बहादुर थारु, रामसागर थारु, बिनोद चौधरी, सुदीप चौधरी, शमशेर चौधरी, यसरी स्वयंसेवी रक्तदाता...









