दैलेखी समाज बाँकेले आयोजना गरेको रक्तदानमा ६५ जनाले रक्तदान गरे
नेपालगन्ज, १२ श्रावण – “रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पुरा गरौ” भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिक उत्सवका अवसरमा आज नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
दैलेखी समाज बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ । ६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गर्नुभयो । उहाँले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताउनुभयो । पछिल्नो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उहाँले विश्वास समेत ब्यक्त गर्नुभयो ।
प्रादेशिक रक्तसंचार केन्द्र बाँ...









