Thursday, March 12सत्यम खबर
Shadow

संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

नेपालगन्ज, १८ श्रावण – बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघद्वारा “१२औं वल्र्ड स्टे«न्थलिफ्टि· एण्ड इनक्लाईन बेन्च प्रेस च्यामपियनशिल २०२५” थाईल्याण्डमा सम्पन्न खेलमा नेपालबाट सहभागी खेलाडीहरुले देशको नाम उच्च गर्न सफल भएकोले स्वागत तथा सम्पन्न गरेको छ ।

संघका अध्यक्ष बेनी टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट केही कारणबस सहभागी नभएपनि खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष टण्डनले देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई भब्य स्वागत तथा सम्मान गर्दै अगामी दिनमा समेत यसैगरी बधाई तथा शुभकामना व्यक्त गर्न पाउने आशा रहेको बताउनुभयो ।

आज नेपालगन्जमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका सचिव शेखरकाजी थापाले गरेका थिए । सचिव थापाले मेडल बिजेता खेलाडीले बाँकेको नाम अग्रस्थानमा राख्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

थाईल्याण्डमा सम्पन्न खेलमा नेपालबाट ९ जनाले खेलाडीहरूले सहभागिता जनाएका थिए । १७ देशका खेलाडीहरु सहभागी भएका थिए । जसमध्ये १४ वटा मेडल प्राप्त गरि तेस्रो स्थान प्राप्त गरि देशको नाम उच्च बनाउन सफल भएका थिए भने बाँकेबाट सहभागी ३ जना खेलाडीहरू सन्तोष काजी शाक्य, मोहित गुप्ता, करन बाडियाले गोल्ड मेडलसहित ५ मेडल पाउन सफल भएका थिए ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *