शान्ति समाज बाँकेकाे साधारण सभा सम्पन्न
नेपालगन्ज, १० पाैष - नेपाल मानव अधिकार तथा शान्ति समाज बाँके शाखा नेपालगन्जले “मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता” मूल नाराका साथ आज शनिवार आफ्नो वार्षिक साधारण सभा तथा गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा सवैको अधिकार विषयक अन्तर सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मानव अधिकार तथा शान्ति समाज बाँके शाखाका सभापति तथा वार्षिक साधारण सभा तथा गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा सवैको अधिकार विषयक अन्तर सम्वाद कार्यक्रमका सभाध्यक्ष प्रभाकर भट्टराईको अध्यक्षतामा, नेपालगन्ज उद्योग बाणिज्यसंघ नेपालगन्जका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य समाज बाँकेको अध्यक्ष नन्दलाल बैश्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष प्रेमकुमार शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शाखाका सचिव देवेन्द्रनाथ शुक्लाद्वारा सञ्चालित कार्यक्रममा गुणस...









