Saturday, April 18सत्यम खबर
Shadow

उइगर मुस्लिमका मुद्दामा चीन – अमेरिका सम्बन्ध चिसिंदै

बेइजिङ, ९ पौष – चीन सरकारले चार अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । चीनको सिन्जियाङ प्रान्तका उइगरको मुद्दा देखाउँदै प्रतिशोध स्वरुप सरकारले ती अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।
संयुक्त राज्य अमेरिका सरकारका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगकी अध्यक्ष नादिन मेइनजा, सचिव नुरी टर्केल, अनुरिमा भार्गेभा र जेम्स कारविरुद्ध सरकारले प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सो जानकारी दिएका हुन् ।


चीनले मंगलबार प्रतिशोध स्वरुप अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो । चीनको सो प्रतिबन्धपछि करिब १ लाखभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक मुस्लिम समुदाय उइगरको बासस्थान रहेको सिन्जियाङ प्रान्तमा तनाव छाएको बताइएको छ ।
यसअघि अमेरिकाले उइगरको मुद्दालाई लिएर चीनको राजधानी बेइजिङमा आयोजित सितकालीन ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *