Saturday, April 18सत्यम खबर
Shadow

चिनियाँ प्रतिबन्धको मार झेल्दै नेपाली किसानहरु

नेपालगन्ज, ९ पौष – नेपाली किसानहरु हरेक वर्ष विउ सहित रासायनिक मलको समस्याबाट पीडित हुँदै आएका छन् । केही समय अगाडी मात्र अत्याधिक मात्रामा वर्षाका कारण खेत मै हजारौं टन धान कुहिएको थियो । तर सरकारले दिन भनेको क्षतिपूर्ति समेत समयमा उपलब्ध नगराएको हुँदा मारमा रहेकै अवस्थामा पुनः मलले गर्दा समस्यामा परेका छन् ।


बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कपिलवस्तुलगायत जिल्लामा धान कुहिएको समस्याले त्राहीत्राही अवस्थामा पुगेका किसानहरु गहुँमा प्रयोग हुने मलको लागि समेत मारमा पर्ने निश्चित देखिएका छ ।
चिनिया सरकारले रणनीति अन्तर्गत नेपालमा एमसिसि पारित हुन्छ भनेर चीनले नेपालमा लेनमा ढल ढुवानीमा प्रतिबन्ध लगाए पछि यस प्रकार मलको समस्या उत्पन्न भएको जानकारीहरु बताउँछन् ।
चीनले आपूर्तिमा लगाएको प्रतिबन्धका कारण नेपालका किसानहरु समस्यामा परेका हुन् । परराष्ट्र मन्त्रालयले पनि चिनियाँ दूतावासलाई खबर गरेको भए पनि कुनै जवाफ नआएको जनाएको छ । चीनले उत्तरी सीमा नाका क्षेत्रमा अघोषित नाकाबन्दीका कारण नेपाली व्यापारीहरुको करोडौंको सामना अलपत्र परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *