
नेपालगन्ज, ९ पाैष – शुक्रबार सम्पन्न नेकपा एमाले बाँकेको १९ औ पुर्णपौष २३ गते हुने नेकपा एमाले बाँकेको अधिवेशन भएको छ । नेकपा एमालेका नेता कार्यकर्ताले जनतालाइ चित्त दुखाउने काम गर्न नहुने नेकपा एमाले लुम्बिनी प्रदेश सह–इन्चार्ज लक्ष्मण ज्ञवालीले बताउनु भयो ।
उहाँले राजनीतिक पार्टीहरुलाइ नैतिक आचरणवान बनाउनु पर्ने भन्दै यदि कतै कमिकमजोरी भएमा आलोचना, आत्म आलोचना सहित पार्टी सुदृढिकरण गर्दै अगाडि लग्नु पर्नेमा जोड दिनु भयो । बाँके जिल्ला सुगम भए पनि राजनीतिक रुपमा दुर्गम भएको भन्दै पौष २३ गते हुने अधिवेशन समावेशी र सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्न आग्रह गर्दै बाँके जिल्लालाइ राजनीतिक रुपमा अब्बल बनाउन जरुरी रहेको बताउनु भयो ।
यसैगरी नेकपा एमाले बाँकेको १९औ पुर्ण बैठकलाई सम्वोधन गर्दै नेकपा एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले कसैलाइ अन्याय नहुने गरी भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । इन्चर्ज ढकालले बाँके जिल्लाको राजनीतिक इतिहास कोट्याउदै अबको आवश्यकता भनेको समाजिक परिवर्तन रहेको उद्घोष गर्नुभयो ।
इन्चार्ज ढकालले पौष १७ गते बाँकेका ८१वटै वडामा प्रतिनिधि छनौट गर्ने, पौष २३गते बाँके लगायत ७७ वटै जिल्लामा एकै दिन अधिवेशन गर्ने, पौष १४ र १५, गते जनवर्गीय संगठनको वैठक बस्ने र माघ ८गते प्रदेशको अधिवेशन बाँके जिल्लामा सम्पन्न गर्ने त्यसको निम्ति माघ २८ गते नै प्रतिनिधि छनौट गर्ने जस्ता प्रदेश कमिटिका निर्णय जानकारी गराउनु भयो ।
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गरुङको अध्यक्षतामा बसेको बैठकमा धन्यवाद तथा सर्कुलर अध्ययन, राष्ट्रिय महाधिवेशनको समिक्षा, जिल्ला अधिवेशन सम्बन्धमा, प्रतिनिधि मापदण्ड सम्वन्धमा, लेखा परिक्षक सम्वन्धमा, जनसंगठनको वैठक सम्बन्धमा लगायतका निर्णय गरेको छ ।
बैठकमा नेकपा एमाले उपाध्यक्ष किस्मत कुमार कक्षपति, केन्द्रिय सदस्यहरु शान्ति ढकाल, मो.हारुन, दिपा शर्मा, पशुपति दयाल मिश्र, केन्द्रिय लेखा आयोगका सदस्य विजया धिताल लगायतले पौष २३ गतेको अधिवेशन सर्वसम्मत र सौहार्दपुर्ण रुपमा सम्पन्न गर्न आग्रह गर्दैै कार्यसमितिमा महिला, दलित, जनजाति, मधेशी मुस्लिम अन्य लगायतका कलस्टमा छुट्याएर समावेशी बनाउनु पर्नेमा जोड दिएका थिए ।
बैठकमा ८ वटै गाउपालिकाका अध्यक्ष वा प्रतिनिधिले गाउँपालिकामा भएका पार्टीका गतिविधिका बारेमा रीपोटिङ गरेका थिए । साथै १२०जनाको जिल्ला कमिटि र ७५ जनाको प्रदेश कमिटि रहने बैठकमा जानकारी गराइएको थियो ।
यसैगरी पौष २३ गते हुने अधिवेशनको निम्ति आर्थिक समिति, प्रचार प्रसार समिति, मन्च व्यवस्थापन समिति, खाद्य समिति, अथिति सत्कार समिति लगायतका विभिन्न उपसमिति गठन गरीएको छ । प्रतिनिधि छनौट गर्दा अन्य २०दजना बरावर १ जना, महिला, दलित, मुस्लिम, मधेशी १० वरावर १ जना, अल्पसंखयक ७ बरावर १ जना, १९ वटा जनसंगठनबाट १ जना महिला सहित ३जना छनौट गर्नु पर्ने जनाइएको छ ।
