सोनाको डेब्यु चलचित्र ‘चुरीफुरी’ शुक्रवारदेखि हलमा
काठमाण्डौ, ७ पौष – मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्यको डेब्यु चलचित्र ‘चुरीफुरी’ यही पुस ९ गते शुक्रवारदेखि अल नेपाल रिलिज हुँदैछ ।लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन् । बिभिन्न म्युजिक भिडियो तथा बिज्ञापन खेलेपछि मोडल सोना नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । कमेडी जनराको चलचित्र ‘चुरीफुरी’बाट सोना निकै उत्साहित छिन् ।
चुरीफुरी टिम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । यसअघि च्यारिटी शोबाट पनि राम्रो रेस्पोन्स पाएको सोनाले बताइन् । च्यारिटी शो बाट संकलित रकम बिभिन्न सामाजिक कार्यमा लगाएको पनि उनले जानकारी दिइन् । करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोना आफ्नो पहिलो कामबाट धेरै आशावादी छिन् । लभिङ गर्लको भुमिकामा ठुलो पर्दामा पहिलोपटक देखिन लागेकी सोनाले आफुले दर्शकबाट राम्रो प्रत...








