Wednesday, June 24सत्यम खबर
Shadow

आस्था

गढवा बजारको अनुगमन

गढवा बजारको अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दाङ, १३ पाैष - घरेलु तथा साना उद्धोग कार्यालयले गढवा बजारको अनुगमन गरेको छ । सोमबार घरेलु तथा साना उद्धोग कार्यालय घोराहिको निमित्त प्रमुख अधिकृत उमबहादुर वलिको नेतृत्वमा स्थानिय सरकार, संघ संस्था र सन्चार गृहको सहभागितामा बजार अनुगमन गरिएको हो । टोलिले गढवा बजारमा बाणिज्य तर्फ २० र उद्धोग तर्फ ५ वटा वटा ब्यबसायको अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए न भएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिल को अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदिको लगाएतको बारेमा बुझिएको घरेलु तथा साना उद्धोग कार्यालयका प्रमुख वलिले बताउनु भयो । वलिले प्याकिङ मिति नभएका र उपभोग गर्ने म्याद गुज्रेको खाद्य बस्तु बिक्रि बितरण नगर्ने सल्लाह दिनु भएको छ ।अनुगमनका क्रममा दर्ता र नबिकरण न भए...
पौष २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने

पौष २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १२ पाैष - तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा सो प्रतियोगिता पौष १२ गते हुने भएको छ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले क्यिध द्यष्पभ ऋयmउभतष्तष्यल गर्न थालिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुजसो दूर्घटनाका घट्ना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण विश्वास लिईएको छ । नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत ...
चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

चन्दननाथ नगरपालिकाले खोप अभियानलाई तिब्रता दिने

CoVid19, आस्था, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जुम्ला, १२ पाैष - चन्दननाथ नगरपालिका जुम्लालाई कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणा गर्न खोप अभियानलाई तिब्रता दिइनेभएको छ । चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापासँगको भेटघाट तथा छलफलको क्रममा कोभिड १९ बिरुद्धको खोप लगाउन छुटेका सबै नागरीकहरुलाई खोप लगाउन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । हाल सम्मको प्रगति आकलन गरि छुटेका ब्यक्तिहरुलाई सहज रुपमा खोप लगाउनेगरी तयारी गर्ने निमित्त प्रमुख प्रशासकिय अधिृकत क्षेत्र बहादुर बुढ्थापाले जनाएका छन् । नगरपालिकाले सञ्चालन गर्ने शत प्रतिशत अभियानलाई प्रभावकारि बनाउन आवश्यकता अनुसार युवाहरु परिचालन गर्ने समेत छलफलले निष्कर्ष निकालेको छ । छलफलको क्रममा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले नगरपालिकाले सञ्चालन गर्ने अभियानमा स्वयम् सेवक परिचालन व्यवहारका लागि सञ्चार कार्यक्रम अन्तरगत गर्ने जनाए...
दोश्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

दोश्रो गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
माेहित मिश्राजानकी, १२ पाैष - बाँकेको जानकी गाउँपालिका वडा १ मा आज साेमबार दोस्रो जानकी गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त प्रतियाेगिताको उद्घाटन पूर्व सहरी विकास मन्त्री इस्तियाक राईले आईतबार गर्नु भएको थियो । उद्घाटन समारोह कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो. रजा राई र संस्था अध्यक्ष सकिल अहमद राई तथा जसपा जानकी गाउँपालिकाका युवा नेता राजीव बर्माको सहभागिता रहेकाे थियो । कार्यक्रममा मन्त्री राईले- "अब जानकी १ नं. मा खेल मैदानमा मेरो पनि प्रतिबद्धता रहनुका साथै खेलका विकास एवम् स्थानिय युवा खेलाडीहरूकाे प्रतिभालाई चिनाउन जिल्ला स्तरीय क्रिकेट गराउन आवश्यक रहेकाे बताउनुभयाे ।" आयोजकका अनुसार क्रिकेट खेलमा जानकी गाउँपालिका बाट ५ टिम दर्ता भएको थियो । जसमा आज पहिलो मैच बुढीया गाउँ, पठन पल्टन टिम र एमएस स्पोर्ट क्लब रमुवापुर संग सम्पन्न ...
सामाजिक ब्यवहार परिवर्तनका लागि युवा परिचालन गरिने

सामाजिक ब्यवहार परिवर्तनका लागि युवा परिचालन गरिने

CoVid19, आस्था, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जुम्ला, १२ पाैष - चन्दननाथ नगरपालिका जुम्लामा सामाजिक ब्यवहार परिवर्तन तथा कोभिड १९ बिरुद्ध सचेतना अभियान सञ्चालनका लागि युवा परिचालन गरिने भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सञ्चार कार्यक्रम अन्तर्गत आज साेमबार युवा समुह गठन गरि क्षमता अभिबृद्धीका लगि एक दिने अभिमुखिकरण गरिएको छ । चन्दननाथ नगरपालिकाले सञ्चालन गरिरहेको शतप्रतिशत कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा बिद्यालयहरुमा ब्यवहार परिवर्तनका लागि अभियान सञ्चालन गर्ने, मास्क अभियानलाई तिब्रता दिने, बालवालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गने उद्धेश्यले युवा समुह गठन गरिएको हो । अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न बिषयमा युनिस...
चिनियाँ उइगर मुस्लिममाथि दमन बन्द गर

चिनियाँ उइगर मुस्लिममाथि दमन बन्द गर

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ पौष १२ गतेसकिल अहमद राईचिनियाँ नागरिक उइगर मुस्लिममाथि छिमेकी देश चीनले दमन कार्य तिव्र पारेकोले यसको अब विश्वभरी नै विरोध हुन शुरु भएको छ । चीनको जिजियांग सिक्यांग लगायत प्रान्तमा उइगर मुस्लिमको बसोबास रहेको छ ।विगतमा यी उइगर मुस्लिमले स्वतन्त्रताको लागि आवाज उठाएका थिए जसको कारण यो उइगर मुस्लिम चीनको लागि आँखाको कसिंगर झैं बनेका छन् । अहिले चीन सरकारले यिनीहरुमाथि दमनको नीति अख्तियार गरेको छ सबै भन्दा पहिले त्यसले प्रमुख इस्लामी ग्रन्थ पढ्नमा प्रतिबन्ध लगाउँदै घर घरबाट सो ग्रन्थ जफत गरेर टूकमा हाली जलायो सो पछि उइगरले गर्ने नमाज, रोजा लगायत धार्मिक कार्य रोक्यो । अब त्यहाँ कोही उइगर मुस्लिमले मोहम्मद, सद्दाम जस्तो नाम राख्न मनाही गरिएको छ । अहिले त हदैको दमन बढेको छ । उइगर मुसलमानको सुधार गर्ने आडमा उनीसँग कडा परिश्रम गराउने गरिएको छ । जुन खाना इस्लाममा हराम भनिएको छ सोलाई जबर...
निर्मला कुर्मी घटनाको छानबीन गर्ने गठित समितिको भूमिका संदिग्ध बन्दै

निर्मला कुर्मी घटनाको छानबीन गर्ने गठित समितिको भूमिका संदिग्ध बन्दै

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, १२ पौष – नेपालगन्जको बहुचर्चित निर्मला कुर्मी बेपत्ते घटना प्रकरणको छानबीन गर्न गृहमन्त्रालयका सहसचिव हिरा रेग्मीको अध्यक्षतामा बनेको छानबीन समितिले जनसाधारणको ध्यान अर्काेतर्फ आकर्षित पार्न र छानबीन कार्यलाई अन्यौलमा पार्ने प्रयासमा जुटेको देखिन्छ ।समितिले निर्मला कुर्मीको मृत्युपछि उनीको ४ बिघा ८ का जग्गा र २ का जग्गामा बनेको पक्की घर समेत नेपाल सरकारको नाउमा आउने उल्लेख गरेको छ । यसको कारण छ कि उनीको अपुताली खाने व्यक्ति कोही पनि जिउँदो छैन । नेपाली काँग्रेसका नेता बादशाह कुर्मी लगायत मिलेर अनेकौं षडयन्त्र गरी भारतमा निर्मलाले विवाह गरेको र त्यहीं कालगतिले मरेको कागजात देखाएर केही व्यक्ति समेत खडा गरेर प्रहरी मार्फत सरकारी वकीलको कार्यायमा अन्य विभिन्न सरकारी कागजात तयार गराएर पहिले करोडौंको सम्पत्ति आफ्नो व्यक्तिको हात पारे । यो करोडौंको सम्पत्तिको लागि बादश...
नेपालगन्जमा सिख समुदायको शहीदी सप्ताह

नेपालगन्जमा सिख समुदायको शहीदी सप्ताह

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– शुभम् शर्मानेपालगन्ज, १२ पौष – सिख समुदायले वीपी चोक सुर्खेतरोडस्थित श्री गुरुनानक देव सिंह सभा गुरुद्वारामा शहीदी सप्ताह मनाएका छन् ।मुगलकालमा आतंकी औरंगजेबले श्री गोविन्द सिंहजी महाराजका ४ जना शहजादे र पंच प्यारेको निर्मम ढंगले हत्या गरेका थिए । तर वैदिक सनातन धर्मको संरक्षणको लागि गुरु गोविन्द सिंहजी आजीवन उनी मुगलकालका तानाशाह विदेशी आतंकीसँग संघर्ष गर्दै रहे । सिख समुदाय र मुगलकोबीच विभिन्न समयमा भएको युद्धमा हजारौं हजार खालसा पन्थका सिखले आफ्नो शहादत दिएका थिए । औरंगजेबको कालमा क्रूरता यति थियो कि त्यसले वैदिक सनातनी धर्मावलम्बीले धारण गरेको सवा मन जनेउ शरीरबाट उतार्न लगाउँथ्यो जो व्यक्ति जनेउ उतार्न मान्दैनथ्यो त्यसको हत्या गराउँथ्यो अनि मात्र त्यसले खाना पानी खान्थ्यो । यस्तो अत्याचार त्यसले आफ्नो शासनकालमा गरेको थियो । सिख समुदायका तमाम व्यक्तिको शरीरमा कपास बेर्ने...
उच्च शिक्षामा आर्कषण बढाउन छात्रालाई गाउँपालिकाको निःशुल्क साइकल

उच्च शिक्षामा आर्कषण बढाउन छात्रालाई गाउँपालिकाको निःशुल्क साइकल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राप्तीसोनारी, १२ पौष – छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन राप्ती सोनारी गाउँपालिकाले निःशुल्क रुपमा साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आईतबारबाट साइकल वितरण सुरु गरेको हो ।गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताउनु भयो । ‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिदै गर्दा साइकलको पनि हामीले महसुस् गरिम, बिद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जाान्छ, तब छात्राको संख्या घट्दै जान्छ,’ उहाँले भन्नुभयो ‘शिक्षामा अझै राम्रो सहज होस् भन्नका लागि राप्ती सोनारी गाउँपालिकाले साइकल वितरण कार्यक्रम राखेको हो ।’ गाउँपालिकाले चालु आर्थ...
जेष्ठ नागरिकमैत्री नेपालगन्ज बन्दैं

जेष्ठ नागरिकमैत्री नेपालगन्ज बन्दैं

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ पौष – नेपालगन्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिक मैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठना लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ ।मस्यौदामाथी सुझाव संकलनको काम समेत सुरु भएको छ । प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा सुझाव संकलन कार्यक्रमबाट वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमालको संयोजकत्वमा जेष्ठ नागरिकका प्रतिनिधी सम्मिलित मस्यौदा तयारी कार्यदल गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले जेष्ठ नागरिकको सवालमा उपमहानगरपालिका सधै गम्भिर रहेको बताउँदै जेष्ठ नागरिकले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।उपप्रमुख उमा थापा मगरले नेपालगन्जलाई जेष्ठ नागरिक नगर बनाउन काम थालिएको बताउनुभयो । उपमहानगरपालिकाले जेष्ठ नागरिकको सेवा सुव...