
अवधी भाषी पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने
नेपालगन्ज, ३० बैशाख – कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले चौतर्फी असर पारेको छ । कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । बाँके जिल्लामा सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन स्वास्थ्य सामाग्री वितरण गर्न लागिएको हो ।
पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न नेपालगन्ज हेल्थ क्याम्पसले आज विहीबार मास्क तथा हेण्ड सेनीटाइजर हस्तान्तरण गरेको छ । क्याम्पसका अध्यक्ष तथा पुर्ब सभासद मैकुलाल बाल्मिकीले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ५०० थान सर्जिकल मास्क र ४ दर्जन हेण्ड सेनीटाइजर हस्तान्तरण गर्नुभएको छ ।त्यस अवसरमा क्याम्पसका सञ्चालक प्रभाकर मिश्र, नेपालगन्ज वडा नंं २ का अध्यक्ष सुनिलसिंह हमाल, नेपाली काँग्रेश ...