Monday, April 27सत्यम खबर
Shadow

अन्जनी माता रसोईलाई गुप्ताद्वारा नगद सहयोग

नेपालगन्ज, २९ बैशाख – कोरोना संक्रमित तथा उनका कुरुवाहरुको लागि भेरी अस्पताल प्राङ्गणमा सञ्चालन गरिएको अञ्जनी माता रसोई घरलाई हाल सहयोगी मनहरुले खुलेर सहयोग गर्न शुरु गरेका छन् ।
दैनिक रुपमा एक–दुई जनाले खाद्यान्न, नगद, पानी, स्याउ लगायतको सहयोग गर्दै आईरहेको रसोईमा कार्य गर्ने एकजना सहयोगले बताउनुभयो ।


सोही अनुसार आज बुधबार नेपालगन्जका अगुवा समाजसेवी घनश्याम गुप्ताले कोरोनाको संकटमा मानवता सम्बन्धी सेवा उपलब्ध गराउँदै आईरहेको अञ्जनी माता रसोईलाई नगद २५ हजार सहयोग गर्नु भएको छ ।
समाजसेवी गुप्ताका अनुसार थोरै भएपनि यस रकमबाट भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोईका केही सहयोग हुने उद्देश्यले कोही कसैलाई यस निषेधाज्ञाको बेलामा भोकै बस्न नपरोस् भनी सहयोग गरिएको बताउनुभयो ।

श्री घाटे मेहंदीपुर बालाजी सेवा समिति नेपालगन्जद्वारा मानवीय कार्यको लागि भेरी अस्पताल भित्र सञ्चालनमा रहेको अञ्जनी माता रसोई घरलाई प्रदान गरिएको नगद २५ हजारको सहयोग रकम घनश्याम वैश्यको सहकार्यमा रसोईका सञ्चालकलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *