
नेपालगन्ज, २७ बैशाख – कशौधन बैश्य समाज युवा मञ्चले आज मंगलबार अवधी पत्रकार संघ नेपाल बँँके शाखालाई केएन९५ मास्क ४० थान, सर्जिकल मास्क १०० पि., भेपोराईजर १ थान सहयोग गरेको छ ।
युवा मञ्चका अध्यक्ष आदित्य गुप्ताले बाँके शाखा कोषाध्यक्ष भरतकिशोर वैश्यलाई बोलाएर उक्त सामाग्री हस्तान्तरण गर्दै अगामी दिनमा समेत अवधी पत्रकार संघ नेपाललाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसैगरी कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले अवधी पत्रकार संघ नेपाल बाँके शाखालाई ५०० पिस सर्जिकल मास्क व्यक्तिगत सहयोग गरिएको शाखा कोषाध्यष वैश्यले बताउनुभयो ।
यसैगरी समाजसेवी तथा वाटर बैंकका संयोजक ललित रौनियारद्वारा अवधी पत्रकार संघ नेपाल बाँके शाखालाई १ प्याकेट सेनिटाईर र १५० पिस सर्जिकल मास्क सहयोग गरिएको समेत कोषाध्यक्ष वैश्यले बताउनुभयो ।
सहयोगीहरुबाट उठाईएको सहयोगलाई अवधी पत्रकार संघ नेपालमा आबद्ध सक्रिय पत्रकारहरुलाई १–२ दिनमा वितरण गरिने बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।

यसैगरी युवा मञ्चद्वारा नेपालगन्ज उपमहानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरिएको थियो । युवा मञ्चका अध्यक्ष गुप्ताको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई सामग्री हस्तान्तरण गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखालाई लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन ९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष गुप्ताले बताए ।
