Thursday, May 22सत्यम खबर
Shadow

CoVid19

नेपालगन्जको सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

नेपालगन्जको सबै वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले नेपाल चिकित्सक संघ भेरीको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ । उपमहानगरपालिकाको वडामा रहेका स्वास्थ्य फोकलपर्सनहरुले सुरुमा होम आईसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनेछन् । आवश्यकता अनुसार उनीहरुको विरामीको बारेमा वडामा जिम्मेवारी पाएका चिकित्सकहरुसँग सम्पर्क गर्ने छन् । शनिबार चिकित्सक र स्वास्थ्य फोकलपर्सनहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले वडाका स्वास्थ्यकर्मीहरुलाई नियमित चिकित्सकसँग सहकार्य गर्न आग्रह गर्दै सहयोगका लागि चिकित्सक संघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।यसबारे समुदायस्तरमा स्वास्थ्य से...
शाहीको निधनले अवधी पत्रकार संघ स्तब्ध

शाहीको निधनले अवधी पत्रकार संघ स्तब्ध

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ जेष्ठ – अवधी पत्रकार संघ नेपालले आफ्नो एक कुशल नेतृत्वकर्ता गुमाएको छ । कोरोनाका कारण संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ ।लामो समयदेखि संचार संस्थामा आवद्ध रहनुभएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनुभएका शाहीको ७ वर्षीया छोरी र ४ वर्षको एक छोरा रहेका छन् । संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ । बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्राले एक योद्धा गुमाएको साथै शाहीको निधनको खबरले संघ स्तब्ध भएको जनाउनु भएको छ ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर...
नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि पिसिआर र एन्टिजिन परीक्षण गरिनेछ । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन लागिएको हो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार नगरभित्र कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरिएको छ । समूहमा रहेका स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीसहित शुक्रबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ अति आवश्यक रहेको बताउनुभयो ।...
अञ्जनी माता रसाेईलाई उपाध्यायद्वारा सहयाेग

अञ्जनी माता रसाेईलाई उपाध्यायद्वारा सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख - काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे हटस्पाेट बनेकाे नेपालगन्जका धेरै संक्रमितहरू भेरीमा रहेकाे तथा उनीहरूकाे सेवामा साँझ-बिहान खाने खानाकाे व्यवस्था गर्दै आईरहेकाे अञ्जनी माता रसाेईलाई थाेरै भएपनि आर्थिक गर्नेहरू सहयाेग गर्ने कार्य जारी राखेका छन् ।आज शुक्रबार अक्षय तृतीया एवम् प्रशुराम जयन्तीकाे शुभ अवसरमा समाजसेवी सुर्यप्रसाद उपाध्यायले नगद पाँच हजार एक सय सहयाेग गरेकाे छन् ।उपाध्यायद्वारा गरिएकाे सहयाेग रकम स्थानीय घनश्यामकुमार वैश्यमार्फत अञ्जनी माता रसाेई सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई हस्तान्तरण गरिएकाे छ ।...
नेपालगन्जबासी दैनिक लास गन्ती गर्दैै……….

नेपालगन्जबासी दैनिक लास गन्ती गर्दैै……….

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – मृत्युको शैय्यामा भएकाहरुको लागि मात्र नभएर सिंगो बाँकेबासीहरुले नै हाल दैनिक लाश गनी बसेको देखिन्छ । हाल विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त भएको बेला सबले आ–आफ्नो स्तरबाट केही नकेही रोकथामका उपाय गरिएको छन् ।तर नेपालको हकमा भने सत्ता र कुर्चीको छिनोफानो मै दिन बितिरहेको छ । के यसकै लागि दुई तिहाईको मत दिएर जनताले सत्ता हन्तान्तरण गरेका थिए ? होईन भने अब लाश गन्ती गन्न बन्द हुनुपर्छ भन्ने बुझाई आम जनमानसको रहेको पाईन्छ । नेपालगन्जबासी दैनिक लाख गन्ती गर्दैै भगवानलाई गुहारिरहेका छन् । मध्य तथा सुदुरपश्चिमको एक मात्र स्वास्थ्यको हबको रुपमा रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्जका स्वास्थ्य संस्थाहरुको पोल अब मात्र खुलेको बुझिन्छ । नेपालगन्जमा रहेका ठूलो अस्पतालहरुमा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कालेज, कोहलपुर मेडिकल कालेजलगायत सम्पूर्णमा हालको म...
कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकहरुसँग परामर्श गर्नुभएको हो ।छलफलका आधारमा नेपालगन्ज उपमहानगरपालिकाले २३ वटै वडामा चिकित्सकहरुको सहयोग लिने भएको छ । वडाका स्वास्थ्य फोकलपर्सनहरुले वडाभित्रको विरामीको अवस्थाका बारेमा चिकित्सकसँग परामर्श गर्नेछन् । रामलिला मैदानस्थित आईसोलेसन सेन्टरमा अक्सिजनसँगै अन्य उपचार पनि प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।छलफलमा सहभागी चिकित्सकहरुले वडाभित्रका स्वास्थ्य संस्थाहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभए...
आमा–बुवाको जन्मदिनमा अध्यक्ष रेग्मीद्वारा अञ्जनी माता रसोईलाई सहयोग

आमा–बुवाको जन्मदिनमा अध्यक्ष रेग्मीद्वारा अञ्जनी माता रसोईलाई सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ बैशाख – “जहाँ ईच्छा हुन्छ, त्यहाँ शक्ति हुन्छ” मानवताप्रेमी कार्यमा कसैले केही गर्न चाहना मात्र राख्छ भने उसले जे भएपनि सो कार्यलाई पुरा गरिहाल्छ भनेको कुरा आज देखिएको छ ।भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अञ्जनी माता रसोई घरलाई नेपाल शिक्षक महासंघ डुडुवाका अध्यक्ष भुपेन्द्र रेग्मी (नारायण) ले खाद्यान्न सहयोग गरेका छन् ।अध्यक्ष रेग्मीको बुवा–आमाको जन्मदिनको शुखद अवसर पारी भेरी अस्पताल प्राङ्गणमा सञ्चालित अञ्जनी माता रसोई घरमा आफै सम्पूर्ण व्यवस्था गरि रसोई सञ्चालक जितेन्द्रसिंह ठाकुरलाई खाद्यान्न हस्तान्तरण गरेका छन् । अध्यक्ष रेग्मीले “आफ्नो आमा–बुवाको जन्मदिनको उपलक्ष्यमा सुन्दरकाण्ड मित्र मण्डलद्वारा सञ्चालित अञ्जनी माता रसोईलाई आर्थिक सहयोग उपलब्ध गराई करिब २०० जना बिरामी कुरुवाहरुलाई निःशुल्क खाना खुवाउने ब्यवस्था गरिएको जानकारी गराउ“दै यस मावनताप्रेमी कार्यले...
अञ्जनी माता रसाेईलाई शिक्षक संघकाे सहयाेग

अञ्जनी माता रसाेईलाई शिक्षक संघकाे सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख - नेपाल शिक्षक संघले अाफ्नाे ३२ स्थापना दिवसको उपलक्ष्यमा सुन्दरकाण्ड मित्र मण्डलद्वारा सञ्चालित अञ्जनी माता रसोईलाई सहयाेग उपलब्ध गराईएकाे छ ।काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे हटस्पाेट बनेकाे नेपालगन्जका धेरै संक्रमितहरू भेरीमा रहेकाे तथा उनीहरूकाे सेवामा साँझ-बिहान खाने खानाकाे व्यवस्था गर्दै अाईरहेकाे अञ्जनी माता रसाेईलाई थाेरै भएपनि अार्थिक सहयाेग गर्न पाएकाेमा संघका अध्यक्ष विरेन्द्र यादवले खुशी व्यक्त गरेका छन् ।अध्यक्ष यादवले नगद २ हजार ५ सय सहयाेग गरेकाे जानकारी गराउँदै यस्ताे मानवताप्रेमी कार्यमा सबैले हातेमाले गर्नुपर्ने बताउनुभयाे ।...
बी–ग्रुप र केयर नेपालद्धारा नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

बी–ग्रुप र केयर नेपालद्धारा नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ३० बैशाख – बाँकेमा कोरोना भाईरसको संक्रमण बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर बाँके जिल्लामा कार्य गरिरहेको छ ।भेरी बाताबरणीय बिशिष्ठता समुह (बी–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा बाँके जिल्लामा सञ्चालन भएको कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत ४ लाख सत्ताईस हजार पाँच सय रुपैया बराबरको विभिन्न स्वास्थ्य सुरक्षा सामानहरु उपलब्ध गराएको छ । बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, केएन नाइटी फाइभ माक्स, ग्लोब्स, पिपिई सेट, गन थर्मोमिटर, पल्स अक्सिमिटर, निबुलाईजर सेट, डिजिटल थर्मोमिटर र हेण्ड वासिङ्गलिक्वीड र सोडियम हाईडूोक्लोराइट गरी ४ लाख सत्ताईस हजार पाँच सय रुपैया बराबरको सामाग्री जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेमार्फत स्थानीय विपत ब्यवस्थापन समिति, नरैनापुरग...
राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

राजकुमार रौनियारको संयोजकत्वमा खाद्यान्न बैंकको स्थापना

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट आक्रान्त रहेको बेला नेपाल पनि अछुतो नरहेको कुरा सबैमा जानकारी भएको छ । त्यसमाथि विपदको समयमा मानवताप्रेमी कार्यमा सहयोगी मनकारी मनहरुले खुलेर सहयोग आदान–प्रदान गर्ने गरेका हुन्छन् ।यस्तै सहयोगी मनकारीहरुको रुपमा छुट्टै पहिचान बनाई सकेको नेपाल शिवसेनाले आज खाद्यान्न बैंकको स्थापना गरी मानवताप्रेमी कार्यका अग्रणी स्थान हासिल गरेको छ ।नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको संयोजकत्वमा रहेको खाद्यान्न बैंकमार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका कम आयु भएको गरिब मजदुर वर्गका लागि खाद्यान्न सहयोग गरिने बताईएको छ । नेपाल शिवसेनाका केन्द्रिय कोषाध्यक्ष मदनराज शर्माका अनुसार यस कोभिड–१९ कोरोना भाईरसको महामारीमा महिनौ हुन लाग्दा मजदुरी गरी बसेकाहरुका लागि कोहीले कुनै पाईला नचाल्दा आफैबाट शुरुवात गरौं भनी आज केन्द...