Thursday, May 22सत्यम खबर
Shadow

CoVid19

राप्तीसोनारी गाउँपालिकामा एन्टीजेन परीक्षण

राप्तीसोनारी गाउँपालिकामा एन्टीजेन परीक्षण

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख –राप्ती सोनारी गाउँपालिकाले सोमबारदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको छ । राप्ती सोनारीको वडा नम्बर १ र ३ बाट शंकास्पद बिरामीको एन्टीजेन परीक्षण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।सोमबार १७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७ जनालाई पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिए । प्रमुख शर्माका अनुसार वडा नम्बर १ मा एक जना र वडा नम्बर ३ मा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै सामान्य अवस्थामा रहेकाले उनीहरुलाई होम आइसोलेसनमा उनले राखिएको बताए ।भेरी अस्पतालले पीसीआरका लागि स्वाब लिन नमानेको र स्वाब लिए पनि रिपोर्ट ढिला आउने भएकाले कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको प्रमुख शर्माको भनाइ रहेको छ। कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वर...
कोरोना रोकथाम र नियन्त्रणका लागि वडास्तरमा कार्यक्रम

कोरोना रोकथाम र नियन्त्रणका लागि वडास्तरमा कार्यक्रम

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगन्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ ।उपमहानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । उपप्रमुख मगरका अनुसार वडा नम्बर १ र १८ ले चिकित्सक सहित कोभिड संक्रमित विरामीहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा दिएका छन् ।वडा नम्बर १३ र १४ मा समेत चिकित्सक सहित कोभिड संक्रमितलाई घरदैलो मै पुगेर सेवा दिइएको छ । वडा नम्बर ३ र ७ मा सेनिटाईजर गरिएको छ । वडा नम्बर २ ले स्वास्थ्यकर्मी माग गरेको छ । केहीदिन मै स्वास्थ्यकर्मी सहित घरदैलो कार्यक्रम गरिने भएको छ ।...
कशौसन बैश्य समाजको सहयोग

कशौसन बैश्य समाजको सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगन्ज उपमहानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई सामग्री हस्तान्तरण गरिएको हो । लंग्स एक्सरसाईजर ४० थान, स्ट्रिम १५० थान, केएन ९५ मास्क २०० थान, अक्सिजन मास्क ६० थान र फेसशिल्ड १०० पिस हस्तान्तरण गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताउनुभयो । उहाँले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गर्नुभयो ।...
नगर प्रमुख राणा विरामी भेट्न अस्पताल र आईसोलेसन

नगर प्रमुख राणा विरामी भेट्न अस्पताल र आईसोलेसन

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा पुग्नुभएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन सेन्टरको स्थलगत अनूगमन गर्नुभयो । सो क्रममा नगर प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग छलफल गर्नुभयो ।...
महासंघ बाँकेद्धारा डा. योगी परामर्शदाता नियुक्त

महासंघ बाँकेद्धारा डा. योगी परामर्शदाता नियुक्त

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ ।सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो । सम्झौता अनुसार डा. योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनुहुने छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहरले चारैतिर आक्रान्त पारेको छ । कोरोनाबाट नेपाल मै बाँके जिल्ला बढी प्रभावित बनिरहेको छ । यसै परिपेक्षलाई मध्यनजर गर्दै आफ्ना पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा.सुभाष योगीलाई क...
अन्टाद्वारा एक सय थान पि.पि. किट र एक हजार जनालाई निःशुल्क भोजनको सहयोग

अन्टाद्वारा एक सय थान पि.पि. किट र एक हजार जनालाई निःशुल्क भोजनको सहयोग

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट विश्व आक्रान्त भएको बेला बाँके पनि कहाँ अछुतो रहन सक्नु हो । खास गरी बाँकेको केन्द्र मानिएकाे नेपालगन्ज उपमहानगरपालिका भित्र हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट अवस्था भयावाह रहेको पाईन्छ ।यस्तो भयावाह अवस्थामा भेरी अस्पतालमा दैनिक ३ सय ५० थान अक्सिजन ग्यास खपत भईरहेको छ भने भेरी अस्पताल कै प्राङ्गणमा सञ्चालन रहेको अन्जनी माता रसोईमा दैनिक ३–४ सय जनाले बिहान र साँझको खाना खाने गरेका छन् । भेरी अस्पतालमा दैनिक ३ सयको हाराहारीमा रहेका बिरामीहरुको चापलाई ध्यानमा राखी उनीहरुको सेवामा दिनरात नभनी सेवारत रहेका डाक्टर र नर्सहरुको सुरक्षाका लागि अन्टाद्वारा १ सय थान पि.पि.ई. किट अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाको समन्वयमा हस्तान्तरण गरिएको छ ।पि.पि.ई. किट उपलब्ध गराईएकोप्रति अन्टालाई धन्यवाद ज्ञापन गर्दै प्रमुख जिल्ला अधिकारी शिव...
पुर्वमन्त्री राईकाे परिवारका १४ जना काेराेना संक्रमित

पुर्वमन्त्री राईकाे परिवारका १४ जना काेराेना संक्रमित

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख - काेराेना भाईरस संक्रमितहरूकाे हटस्पटकाे रूपमा स्थापित रहेकाे नेपालगन्जमा एकपछि अर्काे दुखद खबर सुन्दै दिन बित्ने गरेकाे छ । केही समय अगाडि मात्र नेपालगन्जका नेता तथा पुर्वमन्त्री एवम् संघीय सांसद माेहम्मद ईस्तियाक राईकाे परिवारकाे सदस्यहरूमा काेराेना संक्रमण देखिएकाे छ । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा संघीय सांसद राईको परिवारका १४ जना सदस्यहरूमा एकैपटक काेराेना संक्रमण पुष्टि भएको केही समय अगाडि स्वयं स्टाटस लेखी पुर्वमन्त्री राईले जानकारी गराउनु भएकाे छ । काेभिड-१९ काेराेना भाईरसकाे संक्रमितहरूकाे ‘हटस्पट’ बनेको नेपालगन्जमा रहेका उनका बुबा, श्रीमती, छोरी, छोराहरु, भाई, भतिज, भतिजी, बुहारीलगायतलाई संक्रमण भएको पुर्वमन्त्री राईले जानकारी गराउनु भएकाे छ । उनको संयुक्त परिवारमा रहेका १७ जनाको परीक्षण गर्दा तीन जनाको रिपोर्ट मात्र नेगेटिभ आएको देखिएकाे छ ...
कोभिड बिरामीहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराउन वाटर बैंकको स्थापना

कोभिड बिरामीहरुलाई निःशुल्क खानेपानी उपलब्ध गराउन वाटर बैंकको स्थापना

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – बाँके जिल्लामा हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमितहरुको बढ्दै गईरहेको अवस्थालाई ध्यानमा राखी सम्बन्धित पक्षहरुले आ–आफ्नो स्तरबाट केही न केही गरिरहेको दैनिक सुन्न र देख्न पाईन्छ ।यसै सन्दर्भमा आज शनिबार नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका आईसोलेसन वार्डहरुका लागि वाटर बैंकको स्थापना गरिएको छ । नेपालगन्जका सफल व्यापारी तथा समाजसेवी ललितकुमार रौनियारको संयोजकत्वमा वाटर बैंकको स्थापना गरिएको नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले बताउनुभयो । रौनियारको संयोजकत्वमा स्थापना गरिएको वाटर बैंकले नेपालगन्ज उपमहानगरपालिका उपमेयर ऊमा थापामगरको अगुवाईमा नेपालगन्ज भित्र रहेका आईसोलेशन वार्डहरुलाई दैनिक आवश्यकता भएजति पानी नेपाल मानव सेवा धर्म समितिबाट उपलब्ध गराउनुको साथै भेरी अस्पताल भित्र रहेको अन्जनी माता रसोई घरलाई चाहिएको पानी समेत निःशुल्क उपलब्ध गराईने ...
राप्तीसोनारीमा सर्वदलीय/सर्वपक्षीय बैठक

राप्तीसोनारीमा सर्वदलीय/सर्वपक्षीय बैठक

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको संक्रमणपछि उत्पन्न विभिन्न समस्या समाधानका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ ।गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको बैठकमा अहिलेको जटिल परिस्थितिमा उत्पन्न समस्यालाई समाधानका लागि सबैजना एकजुट भएर लाग्ने र महामारी रोगको संक्रमणबाट बच्न उच्च सावधानी अपनाउनु पर्नेमा जोड दिइएको छ । सर्वदलीय बैठकले दोस्रो लहरको कोरोना भाइरसको प्रभाव कम गर्ने उद्देश्यले विभिन्न १२ बुँदे निर्णय गरिएको अध्यक्ष लाहुराम थारुले बताए । अध्यक्ष थारुका अनुसार आइसोलेसनमा अक्सिजनको आवश्यकता पूरा गर्न अक्सिजन सिलिन्डर संख्या थप गर्ने, हाल तीन ठाउँमा सञ्चालन भएका आइसोलेसनमा बेड संख्या थप्ने र आवश्यकता अनुसार आइसोलेसन केन्द्र थप गर्ने, संक्रमितहरुबाट अन्य व्यक्तिलाई संक्रमणबाट बचाइने तथा संक्रमितलाई थप समस्या हुन ...
स्वास्थ्यकर्मीप्रति सकारात्मक व्यवहार गर्न सबैको दायित्व

स्वास्थ्यकर्मीप्रति सकारात्मक व्यवहार गर्न सबैको दायित्व

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ बैशाख – हालको अवस्था धेरै नै भयावाह रहेको छ । भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितहरुको चाप थामी नसक्नु अवस्थामा भए पनि त्यहाँ कार्यरत डाक्टर, नर्सहरुले अहोरात्र नभनी आम सर्वसाधारण जनताहरुको सेवामा दिनरात खटिरहेको पाईन्छ ।बिरामीहरुको चाप धेरै र कार्यरत नर्स, डाक्टरहरु थोरै भएर पनि हाल बिरामीहरुको जनगुनासो आउने गरेको कुरुवाहरु बताउँछन् । तर सलाम छ सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यस्तो अवस्थामा समेत हामी सबैले देखाउनु पर्ने संयमता र मानवीयता हराउनु हुँदैन भनी कुरुवाहरुको भनाई रहेको छ ।हालको महामारी नियन्त्रणमा संक्रमितहरुको सेवामा दिनरात नभनी खटिने स्वास्थ्यकर्मीहरु रोगबाट मात्र नभई कतिपय अवस्थामा संक्रमितका आफन्तहरुबाट पनि असुरक्षित बन्ने गरेको तथ्य आजको घटनाले देखाएको छ ।भेरी अस्पताल नेपालगन्ज हाल केही समयदेखि कोरोना संक्रमितको उपचारमा अत्याधिक चाप खेपिरहेको भेरी अस्प...