
नेपालगन्ज, २९ बैशाख – कोभिड–१९ को मारमा बाँके जिल्ला हाल कराई रहेको पाईन्छ । सोही कोभिड–१९ कोरोना भाईरसको संक्रमण थप वडामा नफैलियोस् भनी वडाअध्यक्ष समिरप्रताप सिंह र सुधिरप्रताप सिंह आफै खटि वडालाई सेनिटाईजर गर्ने गरेका छन् ।
मंगलबारदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ लाई कोरोना संक्रमणबाट रोक्न श्रद्धा ईट्टा उद्योगको लगानीमा वडा नं. ६ का वडाअध्यक्ष दाजु–भाइ वडालाई संक्रमण मुक्त गर्न सेनिटाईजर गर्न खटिएका छन् ।
विगत वर्षमा नेपाल सरकारद्वारा लकडाउन गरिएको बेलामा समेत विभिन्न सामाजिक दायित्व निर्वाह गर्दै मास्क वितरण, वडालाई सेनिलाईटर गर्ने, वडामा कम आय भएका गरिब मजदुर वर्गलाई खाधान्नलगायत सामाग्री वितरण गरेका थिए ।
सोही सामाजिक दायित्व निर्वाह गर्दै यसपटक पनि अन्जनी माता रसोई घरलाई नगद २१ हजारको सहयोग गरि वडा नं. ६ का वडाअध्यक्ष सिंहले शुरूवात गर्दै मंगलबारदेखि वडा नं. ६ मा सेनिटाईजर गर्ने कार्य जारी राखेका छन् ।
वडाअध्यक्ष सिंहका अनुसार हाल वडामा ७० जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको लागि गर्नुपर्ने सम्पूर्ण कार्यको थालनी हामीले गरिसकेका छौं । यस वार्डका फोकलपर्सन गणेश केसीको नेतृत्वमा संक्रमितहरुको अवस्थालाई जानकारी लिने गरिएको छ ।
वडाअध्यक्ष सिंहले भन्नुभयो– “हामीलाई हाम्रो वडाबासीहरुको सुरक्षाको चिन्ता छ, व्यक्तिगत र वडाको लगानीबाट गर्नुपर्ने कार्यहरु जस्तै आईसोलेसन बनाउनु, संक्रमितहरुको अवस्था बारे जानकारी राख्नु, आवश्यकता अनुसार स्वास्थ्यकर्मी उपलब्ध गराउनुलगायतको कार्य थालनी गरिएको बताउनुभयो ।”



